भेन्ट्रिकलमा रगत फर्कन नदिने रोग अर्थात् एवर्टिक रिगर्जिटेसन : पहिचानदेखि उपचारसम्म

भेन्ट्रिकलमा रगत फर्कन नदिने रोग अर्थात्  एवर्टिक रिगर्जिटेसन : पहिचानदेखि उपचारसम्म

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  आश्विन ११, २०७७

एवर्टिक रिगर्जिटेसन भनेको के हो ?

मुटुको वाँया तिरको कक्षलाई लेफ्ट भेन्ट्रिकल भनिन्छ । मुटुको यो कक्षबाट एवर्टा नामक महाधमनी निस्कन्छ । एवर्टाबाट लेफ्ट भेन्ट्रिकलमा रगत फर्कन नदिने भाल्भलाई एवर्टिक भाल्भ भनिन्छ । एवर्टिक भाल्भमा रोग लाग्दा डायस्टोलिक पिरियडमा एवर्टाबाट रगत फर्केर लेफ्ट भेन्ट्रिकलमा रगत पुग्नुलाई एवर्टिक रिगर्जिटेसन भनिन्छ । एवर्टिक रिगर्जिटेसन भएका व्यक्तिहरुको मुटु प्रभावित भएर पछि कमजोर हुदैं जान्छ ।

लेफ्ट भेन्ट्रिकल खुम्चिदा एवर्टिक भाल्भ खुल्छ र रगत एवार्टिक भाल्भ हुँदै एवर्टामा जान्छ । यो समयलाई सिस्टोलिक पिरियड भनिन्छ । एवर्टिक भाल्भ बन्द भएर लेफ्ट एट्रियम र लेफ्ट भेन्ट्रिकलको विचमा भएको माइट्रल भाल्भ खुलेर लेफ्ट एट्रियमबाट लेफ्ट भेन्ट्रिकलमा रगत जान थाल्छ । मुटुको यो समयलाई डायस्टोलिक पिरियड भनिन्छ ।

एवर्टिक रिगर्जिटेसनमा एवर्टिक भाल्भ रोगग्रस्त हुन्छ र डायस्टोलिक पिरियडमा राम्ररी बन्द हुँदैन जसको फलस्वरुप एवर्टाबाट रगत फर्केर लेफ्ट भेन्ट्रिलकल भित्र पस्छ । यसरी डायस्टोलिक पिरियडमा लेफ्ट भेन्ट्रिकल भित्र एवर्टाबाट फर्केको र लेफ्ट एट्रियमबाट आएको रगतले लेफ्ट भेन्ट्रिकललाई ठूलो बनाइदिन्छ ।

डायस्टोलिक पिरियडमा एवर्टाबाट फर्केर लेफ्ट भेन्ट्रिकलमा रगत पस्दा स्ट्रेथसकोपद्वारा सुनिने आवाजलाई एवर्टिक डायस्टोलिक मरमर भनिन्छ । यो मरमरले एवर्टिक रिगर्जिटेसनमा भएको कुराको संकेत गर्छ । एवर्टिक रिगर्जिटेसन भएको यकिन गर्न भने एकोकार्डियो ग्राफीको आवश्यक पर्छ । लामो आवधिको मरमरले कडा खालको एवर्टिक रिगर्जिटेस संकेत गर्छ ।

सुरुमा मामुलि किसिमको रिगर्जिटेसनले लक्षण देखाउँदैन । एवर्टिक रिगर्जिटेसन गम्भिर हुन थालेपछि हिडडुल गर्दा सास फेर्न गाह्रो हुन थाल्छ । सास फेर्न गाह्रो हुनु नै यो रोगमा पाइने मूख्य लक्षण हो । छाति दुख्नु र मुटुको धड्कन बढ्नु यो रोगका अन्य लक्षण हुन् ।

न्यूयोर्क हार्ट एसोसियसनले एवर्टि रिगर्जिटेसनमा पाईने मुख्य लक्षणहरुलाई चार श्रेणीमा विभाजन गरेको छ । सामान्य किसिमको काम अर्थात सामान्य किसिमले हिड्दा सास फुल्ने लक्षणलाई दोस्रो श्रेणीको लक्षण मानिएको छ । सामान्य किसिमको परिश्रम भन्दा कम अर्थात बिस्तारै हिड्दा हुने लक्षणलाई तेस्रो श्रेणीको लक्षण मानिन्छ । परिश्रम नगरी आराम गरिरहँदा पनि सास फेर्न गाह्रो हुने लक्षणलाई चौंथो श्रेणीमा राखिएको छ । तेस्रो र चौंथो श्रेणीका लक्षण गम्भिर किसिमको एवर्टिक रिगर्जिटेसनमा पाईन्छ । औषधिहरु प्रयोग गर्दा पनि लक्षण कम भएन भने गम्भिर किसिमको एवर्टिक रिगर्जिटेसन हुने सम्भावना हुन्छ । 

लक्षण भएको कडा किसिमको एवर्टिक रिगर्जिटेसनमा कृत्रिम भाल्भ फेर्नु पर्छ । यो समूहका विरामीहरुको लेफ्ट भेन्ट्रीकलको सिस्टोलिक डायमिटर ५० मिलिलिटर भन्दा ज्यादा नै हुन्छ । लेफ्ट भेन्ट्रीकलको इजेक्सन फ्य्रयाक्सन ५० प्रतिशतभन्दा कम अथवा सामान्य पनि हुन सक्छ । 

एवर्टिक रिगर्जिटेसनमा सिस्टोलिक ब्लडप्रेसर ज्यादा र डायस्टोलिक ब्लडप्रेसर कम हुने गर्छ । विशेषज्ञहरुले यो रोगमा पाईने धेरै लक्षणहरु पत्ता लगाएका छन् । यो लक्षणहरुले एवर्टिक रिगर्जिटेसन हुन सक्ने संभावनालाई सङ्केत गर्छ । यी लक्षणहरु पत्ता लगाउने विशेषज्ञहरु र उनीहरुले पत्ता लगाएका लक्षणहरुको छोटो विवरण यहाँ प्रस्तुत गरिने छ । यी लक्षणहरु ऐतिहासिक र साथै रोचक भएकोले स्वास्थकर्मीहरुले थाहा पाइराख्नु पर्छ ।

१. कोरीगन पल्स (Corrigan Pulse) लाई कोल्याप्सिङ् पल्स 

(Collapsing Pulse)अथवा वाटरह्यामर पल्स (Water Hammer Pulse)पनि भनिन्छ । गर्धनमा क्यारोटिड आर्टरी चलेको देख्न सकिन्छ । यो रगतको नलीलाई छाम्न पनि सकिन्छ । वाटरह्यामर केटाकेटीहरुको खिलौना हो र यसलाई हातमा राख्दा अनुभव हुने चाल जस्तै क्यारोटिड पल्स छाम्दा हुन्छ । कोरिगन पल्स एवर्टिक रिगर्जिटेसनमा पाईने एउटा मुख्य लक्षण हो ।

२. डि मुसेट साइन (de. Musset's Sign)

डि  मुसेट फ्रान्सका प्रसिद्ध कवी थिए र उनलाई एवर्टिक रिगर्जिटेसन थियो । मुटुको चालसँगै उनको टाउको हल्लिने गर्दथ्यो । मुसेटले गर्धनको धमनी थिच्दा टाउको हल्लिन छाडेको थियो । गम्भिर किसिमको एवर्टिक रिगर्जिटेसनमा हल्लिन सक्छ ।

३.ट्रब साइन (Traubel's Sign_

काँधमा फेमोरल नामक धमनी हुन्छ । स्टेथसकोपद्वारा यसलाई थिच्दा सिस्टोलिक र डायस्टोलिक साउण्ड सुनिन्छ र यसलाई पिस्टोल सट (Pistol Shot) साउण्ड पनि भनिन्छ । यस्तो साउण्ड एवर्टिक रिगर्जिटेसनमा सुन्न सकिन्छ ।

४. डुरोजिज साइन् (Duroziez's  Sign)

काँधमा भएको फेमोरल आर्टरीलाई स्टेथस्कोपले माथितिर थिच्दा सिस्टोलिक र तल तिर थिच्दा डायस्टोलिक साउण्ड सुनिन्छ ।

५. कुइन्के साइन (Muller's sign)

नङलाई थिच्दा मसिना नलीहरु चलेको देखिन्छ ।

६. मुलर साइन (Muller's sign)
उभुला (uvula) अर्थात किलकिलेमा रगतका नलीहरु चलेको देखिन सक्छ ।

७. बेकर साइन (Beaker's Sign) 
आँखा भित्र रेटिनामा रगतका नलीहरु चलेको देखिन्छ ।

८. लेनडर्ल्फी साइन ( Landolfi's Sign)

प्रत्यक पल्ट मुटुको धड्कन हुँदा आँखाको नानीमा सानो ठूलो हुन्छ ।

९‍. हिला साइन (Hill's sign)

ओछ्यानमा सुतेर नापेको तिघ्राको सिस्टोलिक ब्लडप्रेसर भन्दा २० मिलीमिटर मर्करी ज्यादा हुन्छ ।

१०. मेन साइन (Maine's Sign) 

पाखुरा माथि उठाएर नापेको डायस्टोलिक ब्लड प्रेसस १५ मिलीमिटर मर्करी भन्दा कम हुन्छ । 

११. रोजेनब्याक साइन् (Rosen Bach's Sign)

कलेजोमा सिस्टोलिक रगतको चाल देखिन्छ ।

१२. गंहार्ड साइन् (Gerhard's Sign)

फियोमा सिस्टोलिक रगतको चाल देखिन्छ ।

१३. लाइटहाउस साइन् (Light House Sign) 

निधारमा रगतकम नली चलेको देखिन्छ ।

१४. पामर पल्सेसन् (Palmer Pulsation)

हतकेलामा रगतका नलीको चाल अनुभव गर्न सकिन्छ ।

१५. लिङ्कन साइन (Lincotn Sign)

अब्राहम लिङ्कनलाई मार्फान सिण्ड्रोमका कारण एवर्टिक रिगर्जिटेसन हुने सम्भावना भएको मानिन्छ । लिङ्कनले उपरखुट्टी लगाएर खिचेको फोटो धमिलो थियो । घुँडा पछाडिको रगतको ठूलो नलीको रगतको बेगले उपरखुट्टी लगाएर बस्दाको खुट्टा अली अली आफै चल्छ । त्यतिबेला फोटो खिच्दा केमराले केहि समय लिने भएकाले हल्लिरहेको खुट्टाको फोटो धमिलो देखिनु स्वभाविक थिए । उपरखुट्टी नजानिदो गरी हल्लिएको अब्राहम लिङ्कन आँफैले पत्ता लगाएका थिए । खुट्टा हल्लिनुको कारण घुँडा पछाडि रगतको नलीमा बगेको रगतको बेगले गराएको हुन सक्ने कुरा पत्रकार ब्रुकले (Brook)ले पत्ता लगाएका हुन । 

कतिलाई एवर्टिक रिगर्जिटेसन हुन्छ ?

सिङ (Sign JP) र उनका सहयोगीहरुले फ्रामिङ्घाममा गरेको अध्ययन अनुसार एवर्टिक रिगर्जिटेसन पुरुषमा १३ प्रतिशत र महिलामा ८.५ प्रतिशत पाइएको छ ।  कलर डप्लर प्रविधिबाट अलिकति एवर्टिक भाल्भ चुहेकोलाई पनि समावेस गर्दा पाइएको यो तथ्याङ्क हो । कडा किसिमको (Moderate to Severe)एवर्टिक रिगर्जिटेसन पुरुषमा २.२ र महिलामा २.३ प्रतिशत मात्र पाईन्छ । जति उमेर बढ्दै गयो त्यही अनुपातमा एवर्टिक  रिगर्जिटेसन पनि बढ्दै जान्छ ।

एवर्टिक रिगर्जिटेसनका कारणहरु 

विकसित मुलुकहरुमा एवर्टिक रिगर्जिटेसन गराउने मूख्य कारणहरु ठूला एवर्टा, जन्मैदेखि हुने वाइक्ञ्पिड एवर्टिक भाल्भ र एवर्टिक भाल्भमा क्याल्सियम जम्नु हुन्न । कम आम्दानी हुने देशहरुमा एवर्टिक रिगर्जिटेसनको मुख्य कारण रुमाटिक हृदयरोग मानिन्छ ।

एवर्टिक रिगर्जिटेसनको निदान 

एवर्टिक रिगर्जिटेसन भएका व्यक्तिहरुलाई धेरै समयसम्म कुनै प्रकारका लक्षणहरु देखा पर्दैनन् । यो रोग गम्भिर भै सकेपछि हुने लक्षणहरुका विषयको विवरण माथि उल्लेख भइसकेको छ । 

एवर्टिक रिगर्जिटेसनमा सिस्टोलिक ब्लडप्रेसर ज्यादा र डायस्टोलिक ब्लडप्रेसर कम हुन्छ । स्टेथसकोपद्वारा विभिन्न किसिमका आवाजहरु सुन्न सकिन्छ । डायस्टोलिक प्रिरियडको सुरुमा सुनिने मरमर चाहि मुख्य मानिन्छ ।

अठारौं शताब्दीमा कडा किसिमको एवर्टिक रिगर्जिटेसनद्वारा पिडित बिरामीहरुमा सुन्न सकिने आवाजलाई अष्टिन फ्लिन्टको मरमर भनिन्छ ।

गम्भिर किसिमको एवर्टिक रिगर्जिटेसनमा एवर्टाबाट रगत फर्केर लेफ्ट भेन्ट्रिकल तिर जाँदा अघिल्तीरको (Anterior) माइट्रल भाल्भलाई थिचेर माइट्रल भाल्भलाई साँगुरो बनाइदिन्छ । यसरी माइट्रल भाल्भ साँगुरीदा उत्पन्न हुने आवाजलाई सर्ब प्रथम अस्टिन ल्फिन्टेल पत्ता लगाएका हुनाले यसलाई अस्टिन ल्फिन्टको मिड डायलस्टोलिक मरमर भनिन्छ ।

एवर्टिक रिगर्जिटेसन भएका बिरामीहरुलाई छातीको एक्सरे, र इसिजी र नियमित गरिने रगतका जाँचहरु एवर्टिक रिगर्जिटेसनको निदान गर्न आवश्यक पर्दैन । 

एको कार्डियोग्राफिद्वारा एवर्टिक रिगर्जिटेसन भएको एकिन गर्न सकिन्छ र साथसाथै रोग मामुली अथवा कडा भएको कुरा पनि पत्ता लगाउन सकिन्छ । 

निम्न एको कार्डियोग्राफि जाँचहरुले गम्भिर किसिमको (sever) वर्टिक रिगर्जिटेसन भएको देखाउँछ । एवर्टिक रिगर्जिटेसन गम्भिर किसिमको भए नभएको पत्ता लगाउन अति आवश्यक छ । एको कार्डियोग्राफी जाँचको नतिजा हेरेर कृत्रिम भाल्भ प्रत्यारोपण गर्नु पर्ने नपर्ने कुरा थाहा हुन्छ । लक्षण भएको कडा किसिमको एवर्टिक रिगर्जिटेसनमा भाल्भ फेर्नु पर्ने हुन्छ ।

1. Aortic Regurgitation volume: 60 ML 1 min or more.

2. Aortic Regurgitation fraction 55% or more.

3. LV Systolic dimuntur n 50 mm or more.

4. LVEF Less Than 50%

5. Vena contract 6mm more.

6. Effective Regurgitation orifice ERO 3cm2more.

7. Regurgitnat Width 1LVOT diameter ratio 60% or more. 

8. Aortic Regurgitation pressure Half time (AR PHT) less than 250 ms

9. Restrictive literal flow Pattern in acute Aortic regurgitation.

10. Diastolic flow reversal in the descending abdominal aorta.    

यी माथि उल्लेख गरिएको जाँचहरु एको काडियोग्राफी प्रविधिबाट गर्न सकिन्छ । चिकित्सकहरुले यी जाचहरुका विषयमा राम्रो जानकारी लिएर आफ्ना विरामीहरुलाई बुझाउनु पर्छ । 

एवर्टिक रिगर्जिटेसनको उपचार

लक्षण नभएको मामुली खालको एवर्टिक रिगर्जिटेसन भएका व्यक्तिहरुलाई औषधिको आवश्यकता पर्दैन । लक्षण भएका कडा किसिमको रिगर्जिटेसन भएकाहरुलाई चिकित्सकहरुको सल्लाहा अनुसार औषधि प्रयोग गर्नु पर्छ । यस्ता रोगीहरुलाई कृत्रिम भाल्भ प्रत्यारोपण गर्नु पर्ने हुन्छ । भाल्भ फेरेपछि आजीवन रगत पातालो पार्ने औषधि खानु पर्छ । मुटुको चाल कम गराउने औषधि प्रयोग गर्दा होसियारी अपनाउनु पर्छ । 

मुटुको धड्कन कम हुँदा एवर्टाबाट फर्केर रगतले लेफ्ट भेन्ट्रिकलमा जाने समय अर्थात डायस्टोलिक पिरियड ज्यादा हुन्छ । यो समय जति लामो भयो त्यही अनुपातमा एवर्टाबाट लेफ्ट भेन्ट्रीकलमा रगत ज्यादा जान्छ । यसर्थ एवर्टीक रिगर्जिटेसन ज्यादा हुन नदिन मुटुको धड्कन धेरै कम हुन दिनु हुँदैन । डिजोक्सिन र विटाब्ल्कर समूहका ओखतीहरुले हृदयगति कम गराउने भएकाले यी ओखतीहरु प्रयोग गर्दा होसियारी अपनाउनु आवश्यक छ । लक्षण नभएको कडा किसिमको एवर्टिक रिगर्जिटेसन हुनुको साथै लेफ्ट भेन्ट्रीकलको सिस्टोलिक डाएमेटर ५० मिलिमिटर भन्दा कम र लेफ्ट भेन्ट्रीकलको इजेक्सन फ्य्रयाक्सन ५० प्रतिशत भन्दा ज्यादा भएकाहरुलाई अन्य मुटुको रोगको शल्याक्रिया गर्नु पर्ने भएमा कृत्रिम भाल्भ प्रत्यारोपण गर्न सकिन्छ । 

लक्षण नभएको कडा किसिमको एवर्टिक रिगर्जिटेसनमा लेफ्ट भेन्ट्रीकलको सिस्टोलिक डायमेटर ५० मिलिमिटर भन्दा ज्यादा र लेफ्ट भेन्ट्रीकलको इजेक्सन फ्य्रयाक्सन ५० प्रतिशत भन्दा कम भएमा कृत्रिम भाल्भ फेर्न पर्छ ।

लक्षण भएको कडा किसिमको एवर्टिक रिगर्जिटेसनमा कृत्रिम भाल्भ फेर्नु पर्छ । यो समूहका विरामीहरुको लेफ्ट भेन्ट्रीकलको सिस्टोलिक डायमिटर ५० मिलिलिटर भन्दा ज्यादा नै हुन्छ । लेफ्ट भेन्ट्रीकलको इजेक्सन फ्य्रयाक्सन ५० प्रतिशतभन्दा कम अथवा सामान्य पनि हुन सक्छ । 

कुनबेला भाल्भ फेर्ने भन्ने विषयमा मुटुरोग विशेषज्ञसँग विरामी र अभिभावकले छलफल गर्नु अति आवश्यक छ । कडा किसिमको एवर्टिक भाल्भको रोग हुनेलाई यो रोगका लक्षणहरु पनि देखा पर्न थालेपछि भाल्भ फेर्नु नै बुद्धिमानी हुन्छ । भाल्भ फेर्नेबेला नहुन्जेल कृत्रिम भाल्भ प्रत्यारोपण गर्नु हुँदैन । 

यो लेखमा एवर्टिक रिगर्जिटेसनको विषयमा सजिलै बुझिने नेपाली भाषमा आवश्यक जानकारी दिने प्रयत्न गरिएको हो ।