म्याट्रिकदेखि एसइईसम्म

म्याट्रिकदेखि एसइईसम्म

बसन्त कुमार उपाध्याय  |  दृष्टिकोण  |  चैत्र १८, २०७५

पहिले पहिले एसएलसी परीक्षा उत्तीर्ण भएपछि मात्र उच्च शिक्षामा सहभागी हुन पाइन्थ्यो । उच्च शिक्षाको प्रवेशद्वार भएका कारण यसलाई अभिभावक र विद्यार्थीले समेत भविष्यसँग जोडेर हेर्ने गर्दथे । तर ऐन शिक्षा ऐन (आठौं संशोधन), २०७३ मार्फत यसको नाम र ढाँचामा परिवर्तन भएको छ । हाल यो सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसइई) नामले चिनिन्छ । 

एसइईमा पहिलो पटक ५ लाख ३८ हजार परीक्षार्थीले सहभागिता जनाएका थिए । यो वर्षकोे एसइई परीक्षाको नतिजा प्रकाशनसँगै उच्च शिक्षा अध्ययनका लागि धेरै विद्यार्थीको ढोका खुले पनि उज्यालो भविष्यकोे लागि भने अझ धेरै मेहनत जरुरी देखिन्छ । 

यसपटकको एसइई परीक्षा चैत १० देखि प्रारम्भ भएर २१ गते समापन हुनेछ । 

यसपटकको एसइई परीक्षा चलिरहँदा प्रश्नपत्र बाहिरिँदा कतिपय स्थानमा परीक्षा स्थगित पनि भएका छन् । यसरी कुनै बेला ‘आइरन गेट’ भनेर चिनिने एसइईको महत्व, संरचना र सरकारले अख्तियार गरेको प्रणालीलाई उचित व्यवस्थापन गर्ने पाटोमा सरोकारवाला निकायको असक्षमताले उच्च शिक्षाका लागि प्रयासरत लाखौं विद्यार्थीको भविष्यमा कहीं खेलवाड त भइरहेको छैन भन्ने अभिभावकको चिन्ता स्वभाविक पनि छ ।

एसइई परीक्षा सञ्चालन भइरहँदा परीक्षार्थीले सहज वातावरणमा परीक्षा दिन पाउनुपर्छ । 

कतिपय परीक्षा केन्द्रमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उच्च पदस्थ पदाधिकारीबाट सरकारले निर्धारण गरेको आचारसंहिता उल्लंघन भएका गतिविधिले अभिभावकलाई चिन्तित बनाएको छ । 

फर्केर हेर्दा :

धीरशमशेरको पहलमा नेपालमा कक्षा १० सम्मको अध्यापन गर्ने परिपाटी बस्यो । नेपालको माध्यमिक तहदेखि विश्वविद्यालयको स्नातकोत्तर तहसम्मको परीक्षामध्ये एसएलसी परीक्षालाई सबैभन्दा गाह्रो र फलामे ढोकाका रूपमा लिइने गरे पनि एसइईसम्म आइपुग्दा परीक्षा केही सहज भएको मानिन्छ । माध्यमिक तहसम्मका प्रायः सबै विषय समान रहनु र देशभरि एकैखाले शिक्षा प्रणाली लागु हुनाले पनि अन्य तहभन्दा एसएलसी तहको परीक्षा उच्च शिक्षा अध्ययनका लागि महत्वपूर्ण खुडकिलो हो ।

नेपालमा प्रवेशिका परीक्षा लिन प्रारम्भ गरिएपछि परीक्षा दिने सम्पूर्ण विद्यार्थीमध्ये सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘बोर्डफस्ट’को उपाधि दिने परम्पराको थालनी भएको पाइन्छ । यो परीक्षामा सबैभन्दा बढी विद्यार्थी दरबार हाइस्कुलबाट ‘बोर्डफस्ट’ हुन सफल भएको एक तथ्यांकबाट देखिन्छ ।

एसएलसी परीक्षामा समावेश हुने पहिलो विद्यालय दरबार हाइस्कुल हो । जुन वि.सं. १९९० मा जंगबहादुरले दरबारभित्र आफ्ना सन्तानलाई शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका थिए । 

सुुरुवातमा कोलकता विश्वविद्यालयसँग सम्बन्धन कायम गरी सञ्चालित कक्षा १० को अन्तिम परीक्षा दिन नेपाली विद्यार्थी कोलकता जानुपर्ने बाध्यता थियो । नेपालमै कक्षा १० सम्मको औपचारिक कक्षा पूरा गरेपछि परीक्षा दिएर उत्तीर्ण हुने विद्यार्थीलाई राणाहरूले प्रमाणपत्र दिए पनि अन्य विदेशी शैक्षिक संस्थाहरूले त्यसलाई मान्यता दिएनन् । त्यसैले कोलकाता विश्वविद्यालयसँग सम्बन्धन कायम गर्नुपर्ने बाध्यता थियो । सर्वप्रथम १९३६ सालमा कोलकाता गएर एसएलसी (म्याट्रिक) परीक्षा दिने व्यवस्था मिलाइएको थियो  । वि.सं. १९३६ देखि १९७९ सम्म (४४वर्ष) कोलकाता विश्वविद्यालयबाट नै एसएलसी दिने परम्परा कायम थियो । त्यसबेला कोलकाता गएर परीक्षा दिने सम्मको खर्च तत्कालीन राणा सरकारले नै बेहोर्नु पथ्र्यो । 

विद्यार्थीको संख्या निरन्तर वृद्धि हुँदै गएपछि सरकारलाई आर्थिक भार बढ्न गई खर्च धात्र नसकेपछि वैकल्पिक व्यवस्था खोज्न सरकार बाध्य भयो । त्यसपछि यसै प्रयोजनका लागि वि.सं. १९८० देखि नेपाल सरकारले पटना विश्वविद्यालयसँग सम्बन्धन कायम गरेको पाइन्छ । छ वर्ष जति पटना विश्वविद्यालयबाट परीक्षा सञ्चालन भयो तर त्यो पनि सम्भव नभएपछि नेपालले बाध्य भई नेपालमै परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । 

पटना विश्वविद्यालयले प्रश्नपत्र तयार गरी नेपालमा आएर परीक्षा लिने र उत्तर पुस्तिका पटनामा नै लगेर जाँची परीक्षाफल प्रकाशित गर्ने कार्य वि.सं. १९८६ देखि हुन थाल्यो । 
तर वि.सं. १९९० मा एसएलसी परीक्षा बोर्डको स्थापना गर्दै नेपालमा नै परीक्षा लिने व्यवस्था गरियो ।  

नेपालमा प्रवेशिका परीक्षा लिन प्रारम्भ गरिएपछि परीक्षा दिने सम्पूर्ण विद्यार्थीमध्ये सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘बोर्डफस्ट’को उपाधि दिने परम्पराको थालनी भएको पाइन्छ । यो परीक्षामा सबैभन्दा बढी विद्यार्थी दरबार हाइस्कुलबाट ‘बोर्डफस्ट’ हुन सफल भएको एक तथ्यांकबाट देखिन्छ । 

प्रवेशिका परीक्षा प्रारम्भ भएदेखि वि.सं. २०६९ सम्म ७९ वर्षको अवधिमा ८५ छात्रछात्राले प्रवेशिका परीक्षामा सबैभन्दा बढी अंक ल्याई ‘बोर्डफस्ट’को सम्मान पाए । तर, सरकारले वि.सं. २०६२ देखि यो परम्परालाई खारेज गर्‍यो । 

वि.सं.२००७ को राजनीतिक परिवर्तन सँगै राणाकाल र प्रजातन्त्रपछि प्रवेशिका परीक्षा वर्षको दुईपटक सञ्चालन हुन थाल्यो । दुईपटक परीक्षा सञ्चालन गरिए पछि अलगअलग रूपमा ‘बोर्डफस्ट’ घोषणा गरियो ।  साथै २०२८ देखि नेपालमा नयाँ शिक्षा लागू गरिएपछि नयाँ शिक्षा र पुरानो शिक्षाको प्रवेशिका परीक्षा २०३२ देखि २०३४ सम्म छुट्टाछुट्टै रूपमा सञ्चालन गर्न थालियो । साथै दुवै परीक्षा प्रणालीबाट छुट्टाछुट्टै रूपमा ‘बोर्डफस्ट’को घोषणा पनि गरियो । २०३४ को प्रवेशिका परीक्षामा चार विद्यार्थी ‘बोर्डफस्ट’ घोषित भएका थिए । जसमा पुरानो शिक्षा पद्धतिबाट एक जना तथा नयाँ शिक्षा पद्धतिमा सहभागी भएका विद्यार्थीमध्ये तीन जनाले बराबरी अंक ल्याएका थिए । 

पछिल्लो तथ्यांक अनुसार ‘बोर्डफस्ट’ हुनेको संख्या ८५ भन्दा बढी पुगेको छ । वि.सं. १९९० देखि २०६९ सम्ममा एसएलसीमा बोर्डफस्ट हुनेमध्ये दरबार हाइस्कुलबाट १७ जना, सिद्धार्थ वनस्थली इन्स्टिच्युट काठमाडौँबाट ९ जना, जुद्धोदय पब्लिक हाइस्कुल काठमाडाँैबाट ६ जना, त्रिभुवन पब्लिक हाइस्कुल वीरगन्ज, आनन्दकुटी विद्यापीठ काठमाडौँ र लेबोरेटोरी माध्यमिक विद्यालय काठमाडौँबाट पाँच÷पाँच जना, बुढानीलकण्ठ माध्यमिक विद्यालय काठमाडौँ र गोरखा हाइस्कुलबाट दुई÷दुई जना तथा २२ वटा विद्यालयबाट एक/एक जना छन् । 

दरबार हाइस्कुल काठमाडौँबाट एसएलसीमा ‘बोर्डफस्ट’ हुने तथा १९९० देखि १९९५ सम्ममा क्रमशः पुष्पभक्त मल्ल, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, चन्द्रदेव ओझा, तीर्थप्रसाद प्रधान, १९९७ र १९९८ मा क्रमशः भुवनलाल प्रधान र रेणुलाल सिंह सुवाल, २००० देखि २००४ सम्म क्रमशः ज्ञानमणि आचार्य, विष्णुप्रसाद धिताल, रञ्जनराज शर्मा, उपेन्द्रमान मल्ल र भवानीशंकर राजवंशी, २००६ मा सैयदमोइन साह, २०१० मा पुरुषोत्तम नारायण श्रेष्ठ, २०११ मा पद्मलाल श्रेष्ठ र २०१६ मा शिवप्रसाद अधिकारी थिए । यसैगरी वनस्थली विद्याश्रम, बालाजु (हाल ः सिद्वार्थ वनस्थली इन्स्टिच्युट) काठमाडाँैबाट २००७ मा शंकरकृष्ण मल्ल, २०३४ मा सत्यनारायण राजभण्डारी र सतीश बजाज, २०४१ मा राजनलाल प्रधान, २०४६ मा नृपेन्द्र प्रधान, २०४८ मा प्रवीणदेव प्रधान, २०४९ मा प्रकाश थपलिया, २०५३ मा विश्वबन्धु बगाले र २०५६ मा सुम्निमा सिंह छन् । 

यसैगरी जुद्धोदय पब्लिक हाइस्कुल काठमाडौँबाट २०१३ मा आनन्दमान सिंह अमात्य, २०१५ मा प्रकाशचन्द्र जोशी, २०१७ मा रमेश शर्मा भट्ट, ०१८ मा प्रचण्डजङ्ग शाह, ०१९ मा रमेशनाथ वैध, ०२१ मा भेषराज कँडेल, त्रिजुद्ध पब्लिक हाइस्कुल वीरगन्जबाट २००५ मा दामोदर कयाल, ००७मा नन्दकिशोर अग्रवाल, ००८ मा बाबुलाल अग्रवाल, ००९ मा महावीरप्रसाद अग्रवाल, २०२९ मा राजेन्द्रकुमार काबरा छन् । आनन्दकुटी विद्यापीठ काठमाडौँबाट ०२३ मा प्रकाश मानन्धर, ०२५ मा भक्तबहादुर आले, ०२७ मा आङ्रिता शेर्पा, ०३० मा प्रमोद आचार्य, ०४२ मा दीपककुमार सिंह तथा लेबोरेटरी मावि काठमाडौँबाट ०३१ मा किशोर थापा, ०३४ मा विजयप्रकाश श्रेष्ठ, ०३५ मा उत्तमकृष्ण श्रेष्ठ, ०३८ मा सुश्री लुना भट्ट, ०३९ मा सुश्री निशा धौभडेल एसएसलसीमा बोर्डफस्ट भएका थिए । यस्तै एसएलसी परीक्षामा बोर्डफस्ट भई प्रतिष्ठा कमाउनेमा बूढानीलकण्ठ बोर्डिङ काठमाडाँैबाट ०३६ मा द्वारिका श्रेष्ठ, ०४० मा शम्भुशरण साह र २०४७ मा मानव भट्टराई छन् भने पाटन हाइस्कुल ललितपुरबाट १९९६ मा भरतबहादुर प्रधान र १९९९ मा तीर्थबहदुर प्रधान, पद्मोदय हाइस्कुल काठमाडौँबाट २०१४ मा दिब्यरत्न शाक्य, ०२८ मा द्रोणप्रकाश रसाइली तथा गोरखा हाइस्कुल हङकङबाट ०३२ रामचन्द्र शर्मा र ०३४ मा ईश्वर प्रधान छन् । 

यसका साथै २०१२ मा पब्लिक हाइस्कुल धरानबाट रामबाबु खनाल, २०२० मा शान्ति निकुञ्ज मावि काठमाडाँैबाट दीपक वज्राचार्य, २०२२ कमला मावि सिन्धुलीबाट महेन्द्रनाथ शर्मा, २०२४ परोपकार आदर्श हाइस्कुल काठमाडौँबाट डम्बरबहादुर नेपाली, २०२६ मा अमरज्योति जनता हाइस्कुल गोरखाबाट बाबुराम भट्टराई, २०३२ मा बालकुमारी मावि, चितवनबाट सुनिलरत्न कंसाकार, २०३३ लक्ष्मीचन्द्र मुरारका व्यवसायिक मावि जनकपुरबाट बलराम पाण्डेय, सोही वर्ष पशुपति मित्र मावि काठमाडौँबाट अनिलबहादुर तुलाधर, वि सं २०३७ मा जनकल्याण मावि लमजुङबाट अच्युत बाबुु तिवारी, २०४३ मा रत्नराज्य लक्ष्मी मावि काठमाडौँबाट प्रमोद आचार्य, २०४४ मा गण्डकी आवासीय मावि कास्कीबाट राजेन्द्र गुरुङ र २०४५ मा भानुभक्त मेमोरियल मावि काठमाडाँैबाट राजन शर्मा एसएलसीमा ‘बोर्डफस्ट’ भए । 

त्यस्तै २०५० मा ग्यालेक्सी पब्लिक स्कुल काठमाडौँबाट  गरिमा राणा, ०५१ मा आदर्श विद्यामन्दिर ललितपुरबाट पंकज अधिकारी, ०५२ मा वीरेन्द्र सैनिक आवासीय मावि भक्तपुरबाट आयाम लामिछाने, ०५४ मा सिद्वार्थ इङलिस मावि काभ्रेपलाञ्चोकबाट मदनकुमार बडाल, ०५५ मा विनायकसुधा उच्चमावि काठमाडाँैबाट वीरेन्द्र घिमिरे, ०५७ मा विदुर बोर्डिङ स्कुल झापाबाट स्वच्छन्द सोङमेन, ०५८ शिक्षा शिशु निकेतन इङ्लिस स्कुल पोखराबाट सुयोग भण्डारी, ०५९ मा न्यु होराइजन इङ्लिस स्कुल बुटवलबाट विशाल ज्ञवाली, ०६० मा एभरेस्ट इङलिस स्कुल बुटवलबाट विशाल खनाल, २०६१ मा काभ्रे मावि बनेपाबाट समिर श्रेष्ठ एसएलसीमा ‘बोर्डफस्ट’ घोषित भएका थिए । सरकारले एसएलसीमा ‘बोर्डफस्ट’ घोषणा गर्ने प्रणाली हटाएपछि २०६२ मा नाइटिङ्गेल उच्च मावि ललितपुरका स्वतन्त्र गौतम, २०६३ मा इडेन नेसनल सेकेन्डरी बोर्डिङ स्कुल मोरङ विराटनगरका सुजन सुवेदी र २०६४ मा विनायक शिक्षा निकेतन थिमी भक्तपुरकी सुश्री शिल्भिया बज्राचार्य ‘बोर्डफस्ट’ भएको उनीहरूका विद्यालयको दाबी रहेको थियो । त्यसयता पनि ‘बोर्डफस्ट’को लिस्ट लामै छ । तर, पछिल्ला केही वर्षयता ‘बोर्डफस्ट’ औपचारिक घोषणा हुने गरेको छैन । 
यो वर्षको एसइई परीक्षामा सामेल सबै परीक्षार्थीलाई सफलताको शुभकामना ।