मूर्खता ,अज्ञान र अहङ्कार बियरले पखाल्ने उद्देश्य : दद्दाजीको नाम गुरुमा थप्दै महत्त्वपूर्ण पाठ ग्रहण
कार्तिक ७, २०७७

सन  १९७७-७८ मा ६ अथवा ७ क्लासमा पढ्दाको कुरा हो, मैले त्यस बेलाका भगवान्  रजनीशको  आचार्य  रजनीशका नामबाट प्रकाशित पहिलो पुस्तक पढेको थिंए, अझै सम्झना छ पुस्तकको नाम 'ज्योतिष अद्वैत'को विज्ञान।  छात्र जीवनदेखि ओशोका किताब पढ्न थालेको क्रम सन् २००८ सम्म नै निर्बाध रुपले जारी रह्यो । बेलामौकामा आर्थिक कठिनाईबाट गुज्रिदां  पनि मैले उनका पुस्तक किन्न  र पढ्न छाडिन । मैले कुनै एउटा व्यक्तिलाई सबैभन्दा बढी पढेको ओशोलाई नै हो।  मैले जानीजानी व्यक्तिलाई पढेको उल्लेख गरेको हुँ,सन्दर्भ अनुसार त व्यक्तिका पुस्तक पढेको सुहाउँदो हुन्थ्यो।

मेरो व्यक्तिगत मान्यता के छ भने जब हामी कुनै व्यक्तिको पुस्तक पढी रहेका हुन्छौ त्यों बेला फगत पुस्तक मात्रै पढ़ी रहेका हुन्नो वरन त्यस व्यक्ति अर्थात लेखकलाई पनि पढी रहेका हुन्छौ।  मैले जीवनमा सबैभन्दा बढी पढेको नै ओशोलाई हो । र, मैले ओशोलाई उहाँ जीवित छदै पढन शुरू गरेको हो।  पढन त मैले रवीन्द्रनाथ  टैगोर , बंकिमचन्द्र  चटोपधयाय, शरतचन्द्र  चटोपध्याय , गुरुदत्त,  प्रेमचन्द्र  ,लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला लगायत अन्य थुप्रैलाई पढेको छु।  ।  धेरथोर  दुबै कृष्णमूर्ति (दुबै प्रख्यात  स्प्रिचुअल   मास्टर ) , प्रभुपाद  लगायत अन्य आध्यात्मिक मास्टरहरुलाई पनि पढेको छु।

 साहित्य र दर्शन अध्ययनमा केही तात्विक भिन्नता हुन्छ,त्यो के हुन्छ मलाई थाहा छैन।  हो, भेद हुन्छ भन्ने स्पष्ट छ।  तर ओशोका सामु अन्य कसैको  प्रभाव परेन म माथि ।  युजीलाई ओशोको निधन पछि झन्डै २०१० मा  आएर मात्रै पढेको थिंए ।  उनीबाट प्रभावित त होइन  तर उनी मेरा लागि 'इरेजर' झै चाहि साबित भए।  'इरेजर' यस अर्थमा कि उनलाई पढ्दा पहिला देखि पढेर मस्तिष्कमा प्रभाव जमाई बसेका थुप्रै कुरा 'डिलीट' भए।  लेखिएको मेटाउनेलाई 'इरेजर' भनिन्छ यस अर्थमा मस्तिष्कमा घरजम गरी बसेका अनेकौ  वांछित / अवांछित प्रभावलाई  मेटाउने युजीलाई पनि म 'इरेजर' कै संज्ञा  नै दिन्छु।

ओशोसँग मेरो सम्बन्ध सधै झगडालु दम्पत्ति झै रह्यो अन्तत: २००८ सम्म आउँदा सम्बन्ध विच्छेद भयो । मलाई उनको धर्म दर्शन, जीवन दर्शनमा कहिल्यै पत्यार लागेन । नेपालका प्रख्यात ओशो सन्यासी अरुण स्वामी पनि विस्तारै ‘गरुडम’ मा ओर्लिदै जानु भयो, विस्तारै उहाँसँग पनि सङ्गत छुट्यो । उहाँको शालीनता र सौम्यताको भने म सधै कायल रहे, एक पटक भारत प्रवासमा रहँदा फोन गरेकै भरमा उहाँ मलाई भेट्न हरिद्धार कनरवल स्थित पाइलट बाबा आश्रम पनि आउनु भएको थियो ।

सन्यासमा हिड्नु अगाडिसम्म ओशोलाई पढिन्थ्यो, नेपाल स्थित ओशो केन्द्र  तपोवन  पनि  गइन्थ्यो । ओशोका ध्यान  विधिमा मलाई कहिल्यै आकर्षण भएन, मेरा लागि  ती सबै  जिम्नास्टिक थिए, नाचगान थिए, त्यो भन्दा बढी केही थिएनन् तर उनको पुणे कम्युन पुग्ने भने धोको हुन्थ्यो । त्यो इच्छा पूर्ण भयो सन्यासको पहिलो यात्रामा नै, नासिक कुम्भबाट म सोझै पुणे गएर कम्युन मित्रको गेस्टहाउस ३ दिनसम्म बसे । ओशो कम्युन भने सबै कुरामा पूर्ण 'परफेक्ट', ध्यान कक्ष, भान्सा घर, स्विमिङ पुल, साउना बाथ, जकुजी, खेल मैदान, टी शप, पुल साइड क्याफे, पार्क सबैको खुल्ने निर्दिष्ट समय । अति सुन्दर व्यवस्था, खोट लाउने कही, कतै, केही थिएन । तर तीनको बसाइमा मलाई सबै कुरा कृत्रिम लाग्न थाले, मानौ त्यो कुनै आश्रम नभएर अति व्यवस्थित संग्रहालय -रिसोर्ट थियो । ओशोमार्गीहरुको व्यवहार, मुस्कान, अंकमाल सबै नक्कली देखावटी लाग्यो मलाई । मेरो साथी भने प्रतिदिन कम्युन जानु हुन्थ्यो, म भने पुणे वरिपरिका तीर्थस्थल घूमनेगर्थे ।

जे तपाई अनाहकको  चेष्टा गर्दै हुनुहुन्छ । आश्रम नासियोस, मासियोस मलाई त यसको  किञ्चित  चिन्ता छैन,  तपाई किन यो चिन्ता किन बोक्नु हुन्छ ? संसारको गति ऊध्र्वगामी होइन, अधोगामी  छ । तपाई यहाँ आफुलाई ऊध्र्वगामी बनाउन आउनु भएको हो, आश्रमलाई  ऊध्र्वगामी बनाउन  आएको होइन ।

२००६ को पुणे बसाइमा फेरी एकपटक कम्युन गइ रहने अवसर मिल्यो, महिनामा दुई तीन पटक हामी चर्को शुल्क तिरेर त्यहाँ पुग्यौ । २००७ को जनवरी महिनामा जर्मनीबाट ओशो सन्यासी मित्र  यात्रा पुणे आइन । उनी १९८० दशककै ओशोगामी, ओशोको पछि लागेर घर परिवार क्यारिएर सबै छाडेर अमेरिकाको रजनीशपुरम्सम्म पुग्नु भयो । अमेरिकाले ओशोलाई निष्कासित गरे पछि उहाँ जर्मन फर्केर तन्त्रमास्टर बन्नुभयो । ओशोको निधन पछि उहाँको यो पहिलो  पुणे भ्रमण थियो ।

कम्युन, आफ्नो गुरुस्थल नजाने कुरै थिएन । हामी सबै कम्युन गयौ । गेटमै बनाइएको ‘वेलकम सेन्टर’ मा कार्ड नबनाइसम्म भित्र जाने अनुमति थिएन, हामी सबैसँग कार्ड थियो, यात्रोको  कार्ड बनाउन हामी भित्र पस्यौं । डेस्कमा बसेको व्यक्तिसँग उहाँले आफु पुरानो ओशोको सन्यासी भएको र धेरै पटक पहिला नै कम्युन आइ सकेको भनी कार्ड  बनाउन अनुरोध गरिन । उसले ठाडै नयाँ कार्ड बनाउन भन्यो, यात्रोले एक पटक कम्प्युटरमा हेर्न अनुरोध गरिन उसले करले हेरे जस्तो गरेर ‘छैन तपाईको नाम यहाँ छैन’ ओशोमार्गी पाराले जवाफ फर्कायो । योत्रले नयाँ कार्ड बनाउने सबै प्रक्रिया पूरा गरिन । कार्ड भोलि मात्र हुने भएकाले त्यस दिन हामी फर्कियौं ।

 दोश्रो दिन काउन्टरमा जाँदा कार्ड तयार भइ सकेको थियो, डेस्कमा अर्कै व्यक्ति  थिए । यात्रोले एक पटक कम्प्युटरमा आफु पुरानो सन्यासी भएको विवरण छ कि हेरी दिन भनिन्। उनको नाम मात्र होइन फोटो समेत र ओशोबाटै संन्यास  ग्रहण गरेको  फोटो प्रमाण  पनि पाइयो । यात्रो खुशी भइन तर यो खुशी धेरैबेर टिकेन, ‘उनलाई ‘वेलकम टुर’ मा जान भनियो । त्यहाँ जाने नवागन्तुकलाई पहिलो दिन कम्यूनमा कार्यरत मानिसले के कुरा कहाँ छ, कुन समयमा, कुन हलमा के कार्यक्रम जानकारी हुन्छ भन्ने जानकारी दिदै कम्युन घुमाउने चलन छ ।

यात्रोले आपत्ति गरिन्न ‘वेलकम पनि कहिँ बाध्यताले हुन्छ, फेरी म नयाँ 'भिजिटर' होइन यस कम्यून निर्माणमै मेरो श्रम लागेको छ। तर ‘वेलकम सेन्टर’मा  रहेका मानिसले उनको कुनै कुरा सुन्न चाहेनन,  उनलाई एक दिन 'वेलकम टूर' मा जानू पर्ने रटान लगाई रहे। यात्रोले भर्खरै प्राप्त गरेको कम्यूनको कार्ड, पेपर मनी  काउन्टरमै सबैका अगाडी च्यातेर फ्याल्दै भनिन ‘डियर  ओशो, नो मोर फ्राम दिस मुमेन्ट ! हामी सबै हतप्रभ भयौ र उनका साथ फर्कियौ ।

उनी एक महिनाका लागि हामीसँग विदा मनाउन भारत आएकी थिइन,  अब उनलाई त्यहाँ बस्ने कुनै आकर्षण भएन, मैले उनलाई नेपाल घुम्न जाने प्रस्ताव गरे । यात्रोसँग नेपाल टेकेको दिन काठमाडौमा चालीस वर्ष पछी हिमपात भएको थियो । बौद्ध पुगेर होटलमा ब्याग थन्काई हामी  सबैभन्दा पहिला न्यानो लुगा किन्न  गएका  थियौं ।

यात्रो  घन्टौ बौद्ध स्तूपामा  बसेर ध्यान गर्थिन, एक साता जति हामी नगरकोटमा गई बस्यौ त्यसपछि मेरो परामर्शमा उनी बुढानीलकण्ठ स्थित विपासना केन्द्रको दस दिने ध्यान शिविरमा सहभागी भइन । विपासना पद्धति उनलाई औधी नै मन पर्‍यो र मनपर्‍यो उनलाई विपासना सेन्टर पनि । त्यस पछि पनि यात्रो दुई पटक नेपाल आइन र विपासना केन्द्रको ध्यान शिविरमा सहभागी बनिन् ।

लेखी रहेको  प्रसंग ओशोका पिताजीसँग सम्बधित छ।  एक पटक त विचार आयो यस प्रसंगलाई ओशो र ओशोका पितासँग उल्लेख नगरी  केही  परिवर्तिन गरी  अन्य कुनै पात्रसँग जोडेर लेखौ। तर मेरो लेखकीय इमान्दारीले यसो गर्न सहमति दिएन । मनको खेल पनि विचित्र ! मन पर्‍यो भने,  यसले मान्यौ भने प्रियपात्रका सबै कुरा, सबै दोष, सबै त्रुटि, सबै नालायकी, सबै कमजारीलाई लुकाउँदै गुणमान र यशोगानमा रम्ने र मन पर्न  छाड्यौ भने उसका असल कुरा, उसका गुण, उसका  ऐश्वर्य, उसका  विपुलता, उसका  विचार, उसका देशनामा पनि छिद्रान्वेशण गर्ने ! धन्य मन तिम्रो चपलता, चन्चलता, तार्किकतालाई कोटिशः अभिनन्दन !!

 अन्तमा बुद्धिले मनलाई शासित गर्‍याे र मूल पात्र र मूलभावमै  यो प्रसंग लेखियो । म र पुणेका ओशो सन्यासी मित्र ध्यानानन्द ओशो कम्युन पछाडिको पार्कमा बसेका थियौ, उनले ओशोको जीवनको एउटा घटना सुनाए । ओशोका पिताजी, उहाँलाई ओशो  दद्दाजी भनेर सम्वोधन गर्नुहुन्थ्यो।  दद्दाजी ओशोबाट शिष्यत्व ग्रहण गरी कम्यूनमै  बस्दै  आउनु भएको थियो । ओशो साहित्यमा धेरै पटक यसकुराको चर्चा गरिएको छ । आश्रमले उहाँलाई बस्न खान सारा सुविधा जुटाएको थियो ।

एक दिन दद्दाजी ओशोलाई भेट्न जानुभयो, उहाँले आफुसँग हस्तलिखित एउटा  लामो कागज बोक्नु भएको थियो । ओशोलाई भेटेर उहाँले  आश्रम परिसरमा कार्यरत अनेकौ व्यक्तिको कुरा लाउनु भयो, कसले  कहाँ, कुन बेला, के बदमाशी गर्छ, वृद्ध पुरुषले सबै टिपोट नै गर्नु भएको थियो । एक एक पात्रका कमी, कमजोरी, वदमाशी, चुहावट उहाँले विस्तरपूर्वक ओशोलाई सुनाउनु भयो । ओशोले बडो ध्यान दिएर उहाँबाट सारा वृतान्त सुनी राख्नु भयो।

 वृद्धलाई लाग्यो ओशोले यति ध्यानपूर्वक सुन्नु भएको छ अब पक्कै यसको निराकरण गर्ने दिशामा कार्य गर्नु हुन्छ, मेरो पनि आश्रममा महत्व बढ्छ आखिर आश्रममा सुधार गर्न

मैले नै परामर्श दिएको हूँ ।

 दद्दाजीको सम्पूर्ण वृतान्त सुनी सके पछि ओशोले उहाँसँग सोध्नुभयो, ‘दद्दाजी तपाई यस आश्रममा किन आउनु भएको हो ?

उहाँले निर्भीकताका साथ भन्नु भयो ध्यान गर्न आएको हो ।  म यहाँ आएर ध्यानमा रमेको छु  यहाँसम्म कि रात्रिमा पनि ध्यान गरी रहेको हुन्छु।  

ओशोले पुनः सोध्नु भयो - कसैले तपाईको ध्यानमा बाधा पुर्‍याई  रहेको छ ?

छैन बिल्कुलै छैन, ओशोको पिताजी भनेर मलाई सबैले सम्मान नै गर्छन, दद्दाजी  भनेर नै सम्बोधन गर्छन उहाँले सहज जवाफ दिनुभयो । अब ओशोको स्वर भने आफ्नो लयमा आयो, त्यसो भए तपाई नदुखेको टाउको किन दुखाइ राख्नु भएको छ, आश्रममा कहाँ कसले  के गर्छ त्यो हेर्नु तपाईको जिम्मेदारी हो र ? जे तपाई अनाहकको  चेष्टा गर्दै हुनुहुन्छ । आश्रम नासियोस, मासियोस मलाई त यसको  किञ्चित  चिन्ता छैन,  तपाई किन यो चिन्ता किन बोक्नु हुन्छ ? संसारको गति ऊध्र्वगामी होइन, अधोगामी  छ । तपाई यहाँ आफुलाई ऊध्र्वगामी बनाउन आउनु भएको हो, आश्रमलाई  ऊध्र्वगामी बनाउन  आएको होइन ।

संसारमा जे बनेको छ त्यो एक न एक दिन बिगरिन्छ।  तपाई सुधारको ठेक्का किन बोक्नु हुन्छ ? तपाईको खानपान रहनसहनमा केही बाधा छ भने, तपाईको ध्यानमा कसैले बाधा पुर्‍याउँछ भने त्यसको निराकरण हुनु पर्दछ।  आश्रमको समस्या निराकरण गर्ने पक्षमा म छैन , तपाई पनि नलाग्नुस ।

दद्दाजी केही नबोली कोठाबाट बाहिरिनु भयो, त्यसपछि उहाँमा गजबको रुपान्तरण भयो।  कसैले उहाँलाई भोजनालय, ध्यान कक्ष र शयन कक्षभन्दा इतर ठाउमा भेटेन । उहाँ त्यस घटनापछि डेढ दुई वर्ष बाच्नु भयो तर दद्दाजीले ध्यान बाहेक आश्रमका कुनै गतिविधीमा सहभागिता गर्नु भएन ।

दद्दाजी यो प्रसङ्ग सुने पछि मैले आफुलाई फर्केर हेरे, मेरो स्वभाव पनि दद्दाजीकै माफिक थियो  । म आफ्नो वरिपरिको परिवेश आफु बमोजिम भएको हेर्न चाहन्थे।  त्यसका लागि निकै श्रम गर्नुका साथै परिणाममा सधै पीड़ा, विक्षोभ र असंतुष्टि  अर्जित गर्थे। अखण्ड चित्रकूट आश्रमका हरिद्वार एवं वृन्दावन शाखा , आनन्दमूर्ति आश्रम गन्नौर, हरियाणा, शब्द सूरत आश्रम,  संगम आश्रम ग्राम मललके  जिला मोगा पन्जाजाब, शारटी  साधना केन्द्र कुल्लू हिमाचल प्रदेश ,गणेश भारती आश्रम बडगांव औली  जोशीमठ उत्तराखण्ड, पाइलेट बाबा आश्रम नैनीताल, हरिद्वार, गंगोत्री, भटवाड़ी उत्तरकाशी आदि स्थानहरुमा रहदा मैले आफ्नो साधना भन्दा आश्रम व्यवस्थापनमा बढी ध्यान दिएको हठात अनुभूति भयो।  म त्यहाँ किन गएको थिए ? ओशोले दद्दाजीलाई सोधे झै मैले आफै आफुसँग सोधे ?

अन्तसमा मभित्र  दद्दाजी प्रस्फुटित हुनु भयो, ऐ मुर्ख तँ त्यहाँ केही दिनको साधनामय बसाईका लागि गएको थिँइस।  तेरो दायित्व र जिम्मामा यो भन्दा बढी केही थिएन। तैले बेकारको पचड़ामा लागेर आफ्नो साधनालाई कुन्द  मात्रै गरिनस वरन समय खेर फाल्नुका साथै अनाहकमा सित्तैको तनाव पनि बोकीस । पाइलट बाबा आश्रम लगायत सबै आश्रमलाई मैले धेरै पटक सुधार्ने असफल चेष्टा गरेको सम्झेर आफ्नो बुद्धि माथी खित्का छड़ी हाँसे।  जिउमा करेन्ट लागे जस्तै भयो 'म कुन बाटो हिडेको रहेछु' ! सोक्रटिस, प्लेटो अरिस्टोटलको जमानादेखि मानिसलाई सुधार्ने अवनरत प्रयास भएका छन् खै कहाँ सुध्रियो मानिस ? यो अनाहकको अहांकार र अज्ञानमय चेष्टा हो कि व्यक्ति समाज गलत छन यिनले यो बाटो र यो व्यवस्था अनुसार हिड्नु पर्छ।  जे छ, जे बनेको छ, यो नष्ट हुनु नै छ । रावण र रावणको स्वर्णिम लंका यदि अक्षुण्ण रहेंन  भने राम र उनको रामराज्य अयोध्याको पनि त पतन भयो !  

मनमनै सोचे जुनसुकै आश्रममा पनि मलाई ध्यान गर्ने त बाधा  थिएनन् । म उपलब्ध सुगमताको उपभोग  नगरी आफ्नो उद्देश्यबाट विमुख भइ जगत सुधार र जगत कल्याण गर्न पटी किन लागे ? जबाब सहजै आयो म भित्रको अहंकारले गर्दा - मै श्रेष्ठ, मै जान्ने , मेरै सोचाइ असल,  मेरै बुझाई उत्कृष्ट ।

मैले ध्यानानन्दलाई भने आज तपाई मसँग हिड्नुस।  आज राति एउटा यज्ञ गरौला।

'कस्तो यज्ञ' ?

'मूर्खता समापन र अज्ञानरूपी अहंकार विसर्जन यज्ञ'।

उनले सहमति दिए।

मैले उनलाई एक दुइजना अन्य मित्रलाई पनि निमंत्रण दिन भने।

उनले ओशो सन्यासी ओमप्रकाश र बादल स्वामीलाई फोन गरे।  ओम प्रकाश मुंबईमा थिए सम्मिलित हुन सकेनन।  बादल स्वामीलाई बाटो मै पिकअप गरी  पुणेको चिन्चवड़ स्थित प्रथम सोसाइटीको आफ्नो निवासमा पुगे।  ड्राइभर सोमनाथलाई १०  मिनेट पर्खिन भनी हामी तीनै जना घर पस्यो।

घरभित्र पुगेर मैले दुबै ओशो सन्यासीलाई  रात भरी बियर खाएर ध्यान गर्ने प्रस्ताव गरे।  

मूर्खता ,अज्ञान र अहंकार बियरले पखाल्ने उद्देश्य हो तपाईँको ? ध्यानानन्दले हास्दै भने।

तपाईले ठीक बुझ्नु भयो।

तपाईँका अधिकांश कुरामा  सहमत नै हुन्छु ,यसमा पनि असहमति व्यक्त गर्दिन।

सोमनाथलाई दुई कार्टून बियर ल्याउन पैसा दिएर पठाए।

बादल स्वामी र ध्यानानन्द  स्नैक्सको प्रबन्ध  गर्न थाले।

८ बजे हामीले ओशोको कुण्डिलिनी ध्यान विधि गर्यौ।  धेरै बेर हामी शव आसानमा पलटी रह्यौ। दस बजेतिर उठेर हामीले बियर यज्ञ शुरू गर्यौ।  तीनैजनाको बियर खाने बानी न भएकोले झोल भन्दा स्नैक्स र कुराकानी कै खपत भइ रह्यौ। ओशो सन्यासीसँग गफको कुनै कमी हुँदैन।  दुबै मित्रले गफ मै २ बजाई दिए। त्यस पछि सुत्ने उपक्रम भयो।

म दुबैजनाको सुत्ने प्रबन्ध मिलाई आफ्नो कोठामा आए।  बाथरूम छिरेर बाघी प्रक्रियाद्वारा पेटमा हालियेको सारा पदार्थ निकाल्ने उपक्रम गरे, आधी घण्टा जति  घाँटीमा असजिलो अनुभव भइ रह्यो। त्यस पछि नुहाएर ध्यानमा बसे । दद्दाजीको 'भीजुलाइजेसन' गरे र संकल्प  लिए अब उपरान्त म आफु बाहेक कसैलाई सुधारने चेष्टा गर्दिन। म आफुलाई संसारकै सौभाग्यशाली मानिस मध्ये शीर्षकै सौभाग्यशाली ठान्छु।  जीवनमा अनेको बाट केही न केही सीके पनि कसैलाई गुरु थाप्नु परेन।  

अब दद्दाजी कै कुरा गरौ।  छोरासँग भएको सम्बादले उनी परिवर्तित भए पनि छोराको कुरा सुन्दै गर्दा पक्कै बूढ़ाको मन कुढ़ियो होला, आहत भयो होला।  र , मेरो भाग्य हेर्नुस मैले सित्तैमा कुनै प्रशिक्षण शिविर, अनुशासन व तपस्चर्या नगरी  नै जीवनको महत्वपूर्ण पाठ ग्रहण गरे।  मेरा गुरुको लिस्टमा एउटा नाम भने थपियो दद्दाजी अर्थात ओशोका पिताजी तेरापंथी जैन समुदायका बाबूलाल जैन पछि गएर ओशो सन्यासी  स्वामी देवतीर्थ भारती।

उहाँलाई मैले जीवनमा कहिल्यै भेटिन। उहाँ ८ सितम्बर १९७९ मै पृथ्वी बाट विदा हुनु भयो। तर कसैलाई गुरु मान्न उसलाई भेट्नु अथवा उ जिउदै हुनु आवश्यक हुन्न कम्तीमा मेरो लागि आवश्यक भएन।  उहाँको निधनमा ओशोले भन्नु भएको थियो - It was not a death at all. Or It was the total death. And both mean the same thing. I was hoping that he would die in this way. He died a death that everybody should be ambitious for: he died in samadhi, he died utterly detached from the body and the mind.


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।