बीस बाछिटाहरू

बीस बाछिटाहरू

रमेश भट्टराई ‘सहृदयी’  |  साहित्य  |  कार्तिक १५, २०७७

१. 
दिवस 
दिलमा रङ 
कलश ।

२. 
आकाश 
रसिलो खास 
प्रकाश ।

३. 
सानामा 
मादलु राम्रो 
घरमा ।

४. 
उडन्ते 
कुरा काटेर 
फिरन्ते ।

५.    
पहाड 
सोचको हावा 
अत्यास ।

६.    
रसिलो 
पानी गाउँको 
भो मीठो ।

७.    
भोकमा 
भज्दैन देव 
शोकमा । 

८.    
किसान 
हेपिन्छ श्रम 
के मान ! 

९.    
टोपीको 
के छ इज्जत 
खेतीको । 

१०.    
चाडमा 
घर दिलमा 
सम्झना । 

११.    
छोरीले 
पिङको आशा 
ढिपीले । 

१२.    
ओह्रालो 
मान्छे बग्दछ
छ पालो । 

१३.    
के दम्भ 
कर्कलो पानी 
जुनी छ । 

१४.    
वीरले 
के काम्छ खुट्टा 
धीरले । 

१५.    
चेली हो 
नजर मार 
गिद्देको । 

१६.    
के मान्छे 
लुटेर भोक
हाँस्छ रे ! 

१७.    
प्रकृति 
कला करिस्मा 
सुरभि । 

१८.    
आशाले 
बग्छ मानव 
पासाले । 

१९.    
जङ्गल 
दिलको फूल 
मङ्गल । 

२०.    
सुरमा 
लड्दै छ हेर 
पुरमा ।