तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए

विज्ञान कथा- भाग २

तपाईँ जस्तो  शिक्षक  पाएको  भए म  सम्पादकको सट्टा वैज्ञानिक हुने थिए

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  कार्तिक १७, २०७७

गताङ्कबाट निरन्तर

 तपाईंको ग्रहका लागि हामी ‘ऐलियन’ हौं र हामी तीनैजनाका लागि समस्त पृथ्वीवासी ‘ऐलियन’ हुन '।

'गजब सम्प्रेषण शक्ति छ तपाईंसँग ! कति सजिलो पाराले विषयलाई छर्लङ्ग बनाई दिनु हुन्छ' , सम्पादक जिवेन्द्रले अचम्भित स्वरमा भन्नु भयो।

'हाम्रो ग्रहका प्रत्येक मानिससँग यस्तो क्षमता छ । कारण त्यही हो,  हाम्रो भाषा ‘स्फीयर’ भएको हुनाले मस्तिष्कको विकास नै तपाईंहरु भन्दा फरक किसिमले भएको हो।मस्तिष्क फरक भएकाले शरीरको विकास पनि  फरक भयो । इन्द्रियहरुको विकास र क्षमता पनि तपाईंहरु भन्दा हजारौं गुणा  समृद्ध,  समुन्नत र शक्तिशाली भयो । हामी प्रकाश  'स्पेक्ट्रम' का जुन पनि तरङ्गमा हेर्न सक्छौं । गामादेखि रेडियो तरङ्गसम्मका  आवृतिमा हामी  हेर्न सक्छौं । तपाईहरुको आँखा र मस्तिष्क भने प्रकास 'स्पेक्ट्रम' अति सानो भाग  जम्माजम्मी  मध्यभागको तरंग दृश्य प्रकासको (भिजुअल लाइट) ‘फ्रीक्वेंसी'मा मात्र देख्न सक्छ '।

'कुरै बुझ्न सकिन, भाषाले मस्तिष्कमा फरक पार्छ र मस्तिष्कले इन्द्रियहरुको क्षमतालाई प्रभावित गर्छ र ' ?

'निश्चय पनि, तपाईंलाई थाहा  भएकै कुरा हो । तपाईंको शहर बुटवलमा एउटा बालक छ । उसले आँखा छोपेर छोएकै भरमा रंग, गन्ध, फोटोमा भएको मानिस  र  औलाले छोएरै पढ्न सक्छ । पृथ्वीका मानिसलाई ‘डिटेल’ मा त अहिले बुझाउन सकिदैन किन भने यसबारेको विज्ञान एवम् शब्दावली नै प्रथ्वीवासीको संज्ञानमा आएका  छैनन  ।

अहिलेलाई तपाईं यत्ति नै बुझ्नुस- प्रत्येक रंग, गन्ध, फोटो, अक्षर, आकृति अथवा जुनसुकै पदार्थ एवम् संरचना हुन, सबै नै एनर्जीका ‘फ्रीक्वैन्सी’ हुन । त्यस बालकको मस्तिष्कले त्वचाले छोए कै भरमा,  नासिकाले सुंघेर नै ‘फ्रीक्वैन्सी’ पढ्न सक्छ । सबै रंगका, सबै गन्धका, सबै आकृतिका ‘फ्रीक्वैन्सी’' फरक फरक हुन्छन  । पृथ्वीका मानिसका आँखाले ३८० देखि ७४० नैनोमीटर सम्मको तरङ मात्रै हेर्नसक्छ ।

यो वर्गमा पर्ने तरङको ‘फ्रीक्वैन्सी’ ४३० देखि ७७० टेराहर्ट्ज़  सम्मका हुन्छन् । यसभन्दा तल अथवा माथीको तरङ पृथ्वीका मानिसको आँखाले हेर्न सक्दैन । उदाहरणका लागी पहेंलो रंगलाई लिउ, पहेंलो रंगको तरंग दैधर्य (WAVE  LENGTH   ) ५६५ देखि ५९०  नैनीमीटरसम्म हुन्छ।  यी तरङको ‘फ्रीक्वैन्सी’ ५१० देखि ५३०  टेराहर्ट्ज़  हुन्छ । तपाईं भन्न सक्नुहुन्छ, यस 'रेन्ज'मा आउने सबै रंग पहेँलो  हुन्छन् । यस 'रेंज'लाई 'क्रास' गर्ने बित्तिकै पहेँलो तंग पहेँलो रहदैन अर्कै रंगमा परिवर्तित हुन्छ।

 त्यस  बालककोे त्वचाले छोएर मस्तिष्कलाई ‘वेभलेन्थ’ र  ‘फ्रीक्वैन्सी’बारे सन्देश दिन्छ र मस्तिष्कले यसलाई पहेंलो रंग भनी ‘डिकोड’ गर्छ । गन्ध र अन्य आकृति सबैका सम्बन्धमा झण्डै यसै प्रक्रियाले काम गर्छ' ।

'मस्तिष्कको विकास भाषा बने पछि भएको हो । यहाँ मस्तिष्करुपी  प्राकृतिक र प्राथामिक अंगको कुरा होइन, त्यस अंगको विकास भाषाले भएको हो भनी बुझ्नुस आगन्तुकले एकै सांसमा भन्यो'।

'हो, तपाईंका कविज्यूले भनेको ठीक हो । प्राकृतिक रुपमा पृथ्वीको उमेर तपाईंको सूर्यको इन्धन समाप्त हुनुभन्दा २ अर्ब  वर्ष पहिलासम्म हो । सूर्यको हाइड्रोजन दहन भएर कम हुँदै जान्छ, हीलियमको मात्रा बढ्दै जान्छ । यस चरणको प्रारम्भ हुनासाथ सूर्यले बुध, शुक्र, पृथ्वी, मंगल आदि सबै ग्रहलाई नीलेर आफ्नो जीवन धान्छ । तर अब हामी तपाईँहरुको सौर्यममण्डलको भाग्य   बदलिन गइरहेको छौं । तपाईको सौर्यमण्डल अब केही दिनको पाहुना मात्रै हो' ।

'तपाईं जस्तो बुझाउने शिक्षक विद्यार्थी कालमा पाएको  भए म पनि सम्पादकको सट्टा वैज्ञानिक हुने थिए', जिवेन्द्रले हाँस्दै भन्नु भयो।

वैज्ञानिक त भन्न सक्दिन । प्राविधिक अथवा विज्ञानलेखक अथवा ‘इन्टरप्रेनर’ निश्चय पनि बन्न सक्नु हुन्थ्यो । वैज्ञानिक बन्नलाई मस्तिष्कमा एक किसिमको ‘भिजुलाईलेसन् पावर’ हुनुपर्छ जुन सिकाईले  विकसित हुदैंन । यो जन्मजात प्राकृतिक रुपमै मतिष्कमा रहेको हुन्छ । यस्तो क्षमता लिएर जन्मिएका बच्चाहरुले शिक्षा पाउन अथवा नपाउन अथवा विज्ञान र गणितको सट्टा धर्मशास्त्र नै पढेका हुन । तिनले आफ्नो जीवनमा आविष्कार गर्छन र वैज्ञानिक कहलिन्छन् । पृथ्वीमै यस्ता थुप्रै उदाहरण छन् । कैयन व्यक्ति वैज्ञानिक हुनु पुर्व  पुजारी, मौलवी, पादरी रहेको तपाईंलाई विदित नै होला' ।

'होइन, तपाईंको ग्रहका मानिसलाई थाहा नभएका पनि केही कुरा छन् ? तपाईं आफ्नो ग्रहको सबैभन्दा बुद्धिजीवी  मानिस त पक्कै होइन होला' !?

'ठीक भन्नु भयो तपाईंले, हामी आफ्नो ग्रहको सबैभन्दा बुद्धिजीवी  त के सामान्य बुद्धिजीवी  पनि होइनौं ।  हामी आफ्नो ग्रहको सर्वोच्च बुद्धिजीवी  परिषदले खास अभियानमा  पठाएका सैनिक सरहका व्यक्ति हौं । तपाईको अर्को कुरा पनि ठीक छ- पृथ्वीको तुलनामा हाम्रो ग्रहका मानिसले नजानेको कुरा केही छैन । हामी ‘ब्लैक  होल’को पनि समुचित उपयोग गर्छौं । तर हाम्रो ग्रहको दुर्भाग्य ! हामीले एउटा कुरा बनाउन जानेका छैनौं । त्यही कुरा लिन हाम्रो ग्रहको सर्वोच्च परिषदले हामीलाई यहाँ पठाएको हो '।

'ओहो पृथ्वीमा त्यस्तो केही कुरा छ जुन तपाईको ग्रहमा छैन र तपाईंहरुलाई त्यो बनाउन पनि आउँदैन । र त्यो लिन तपाईंहरुले ‘इन्टर ग्यालेक्सी’  यात्रा गरी पृथ्वीमा आउनु पर्‍यो ।  मैले त सुनेको छु हाम्रै 'ग्यालेक्सी  मिल्की वे' को विस्तार नै एक लाख प्रकाशवर्ष भन्दा बढी छ । नजीकको अर्को  'ग्यालेक्सी लोकल ग्रुपको कैनिस मेजर’ हो।  ‘कैनिस मेंजर कान्स्टीलेसन'मा रहेको यो 'ग्यालेक्सी'  हाम्रो ‘मिल्की वे ग्यालेक्सी' देखि ४२ हजार प्रकाशवर्ष टाढा छ । तपाईं ‘कैनिस मेजर ग्यालेक्सीबाट आएको भए पनि पृथ्वीसम्म पुग्न तपाईंले लाख प्रकाशवर्ष भन्दा  बढी यात्रा गर्नु पर्यो । होइन पृथ्वीमा त्यसतो के कुरा छ जे लिन तपाईले कल्पनातीत यात्रा गर्नु पर्यो' ?

‘ओह सो नाइस’, तपाईंलाई ‘कान्स्टीलेसन’ र अन्य 'ग्यालेक्सी'बारे ज्ञान रहेछ , खुशी लाग्यो ! हामीले ठीक व्यक्ति रोजेका रहेछौं । तपाई हाम्रो कुरा बुझ्नु  हुन्छ , आगन्तुकले जिवेन्द्रको प्रशंसा  गर्दै भन्यो।

एकजना साथीले हाम्रो अनलाइनमा विज्ञान विषयक लेख लेख्नु हुन्छ ।एउटा लेखमा उहाँले २० औं अरब प्रकाशवर्ष टाढाको ग्रहमा पुगेको र त्यहाँबाट हेर्दा हाम्रो सौर्यमण्डल नै बनी नसकेको ‘फिक्सन’ लेख्नु भएको थियो । त्यही र उहाँका अन्य लेख एवम् उहाँसँगको गफगााफमा 'ग्यालेक्सी' र ‘कान्सटीलेसन’ बारे अलि अलि थाहा पाएको हुँ । उहाँ कै कुराले दिमागको फ्युज उड्छ र अब त  जहाँ तपाईहरुको कुरा सुन्दा दिमागमा ‘सर्ट सर्किट’ नै भइरहेको छ ।

'हाम्रो असली कुरा र उद्देश्य थाहा पाँउदा त तपाईंको दिमागको ‘ट्रान्सफर्मर’नै पड्किन सक्छ । त्यसैले हामी अन्य अन्य कुरा गरेर तपाईको सहन शक्ति बढाइ रहेका छौ' ।
'हत्तेरिका तपाईहरुसँगको कुराकानी रेकर्ड गर्न पाएको भए हाम्रो पाठकहरुका लागी गजबको सामग्री हुन्थ्यो' !

'तपाईंका पाठकहरुको भाग्यमा यो वार्तालाप पढ्ने समय रहेन । अब पृथ्वीवासीसँग धेरै समय छैन । त्यै जानकारी तपाईँ मार्फत दिन हामी यहाँ आएका हौं' ।

न तर्साउनुस न यार, म बुढो मानिसलाई ! अस्ति भर्खर कविज्यूले हाम्रोे पृथ्वीको उमेर १ अर्ब  वर्षभन्दा बढी बाँकी छ भन्दै हुनुहुन्थ्यो, अनि तपाईंहरु....

'हो, तपाईंका कविज्यूले भनेको ठीक हो । प्राकृतिक रुपमा पृथ्वीको उमेर तपाईंको सूर्यको इन्धन समाप्त हुनुभन्दा २ अर्ब  वर्ष पहिलासम्म हो । सूर्यको हाइड्रोजन दहन भएर कम हुँदै जान्छ, हीलियमको मात्रा बढ्दै जान्छ । यस चरणको प्रारम्भ हुनासाथ सूर्यले बुध, शुक्र, पृथ्वी, मंगल आदि सबै ग्रहलाई नीलेर आफ्नो जीवन धान्छ । तर अब हामी तपाईँहरुको सौर्यममण्डलको भाग्य   बदलिन गइरहेको छौं । तपाईको सौर्यमण्डल अब केही दिनको पाहुना मात्रै हो' ।

'तपाईँहरुको यो कुरा चाहि मैले पत्याइन । सम्पूर्ण सौर्यमण्डललाई नष्ट गर्न कति एनर्जी  चाहिन्छ ? थाहा छ तपाईँहरुलाई ? पृथ्वीमा रहेका १५ देखि १६ हजार अणु बम एकै पटक पडकाउदा त पृथ्वी एक इन्च तलमाथि हुँदैन । तपाईं सारा सौर्यमण्डल केही  दिनमै नष्ट हुने कुरा गर्नु हुन्छ' ?

'तपाईँ आफ्नो नेवार साथीहरुलाई भन्नु हुन्छ नि, 'पासा बल होइन बुद्धि लगा' । हामी पनि बुद्धि र युक्ति लगाएर सम्पूर्ण सौर्यमण्डल नष्ट गर्नु गइरहेका छौं।  तर मान्नुस हाम्रो उद्देश्य यो नष्ट गर्नु होइन।  हामी जे कामका लागी आएका छौं त्यसको परिणामस्वरुप यो नष्ट हुन्छ' ।

'होइन, तपाईंले हेपेको हो कि मेरो धैर्यको परीक्षा लिएको  ? ल भन्नुस त तपाईं के लिन आएको , के कामले आएको हो पृथ्वीमा' ?

‘हामी ''किडनैपिंग'’गर्न आएको हो’ ।

‘ऐ यार ! सीरियस कुराकानीको बीचमा ठट्टा नगर्नुहोस न' ।

‘हो, साच्चै हामी तपाईंहरुको एउटा वस्तु ‘किड्नैप’गरी लैजान आएका हौं ’।

‘एउटा वस्तु मात्रै किन नि ! हाम्रो देशका सबै नेताहरुलाई ‘किडनैप’ गरेर लैजानुस न यार, हामी कसैलाई केही  आपत्ति हुन्न’।

‘ओह, तपाईंसँग पनि ‘सेन्स अफ हयुमर’ रहेछ’ ।

'यार जे जे लैजानु छ, लैजानुस । तपाईंले जे लैजादा पनि केही फरक पर्दैन । बरु तपाईं लैजाने सामानको लिस्ट दिनुस, म आफ्नो  पत्रिकामा समाचार हालीदिन्छु 'ऐलियन'ले पृथ्वीबाट यो यो समान लगे' ।

‘पृथ्वीमा एउटा बाहेक अन्य त्यस्तो कुनै सामाग्री छैन जुन हाम्रो ग्रहमा उपलब्ध छैन’।

‘पृथ्वीमा त्यस्तो के छ ’?

‘सूर्य’ ।

‘के रे, के रे’ ?

‘हो, हामी सुर्य ‘किडनैप’ गरी लैजान आएका हौं’।

याे पनि 

नेपाली सम्पादक एलियनको घेराबन्दीमा