नासा पनि झुक्यो

नासा पनि झुक्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडौ । भारतले २७ मार्चमा गरेको ‘एन्टी स्याटेलाइट मिसाइल’ परीक्षणको अमेरिकन स्पेश एजेन्सी नासाले विरोध गरेको थियो ।

नासा प्रमुख जिम ब्रिडेनस्टाइनले स्पेश एजेज्सी ‘इसारो’ का प्रमुख के सिवनलाई पत्र लेखि ‘नासा इसारो हयुमन स्पेश फ्लाइट वर्किग ग्रुप’ कार्यक्रम अन्तर्गतका सबै गतिविधि खारेज गरिएको जानकारी गराएका थिए । नासा प्रमुखले भारतको परीक्षणलाई भयाबह र भयानक भन्दै यसले अन्तरिक्षलाई फोहोर वनाएको र खतरा बढाएको टिप्पणी गरेका थिए । 

तर अमेरिकी रक्षा सचिव प्याट्रिक शनाहन तथा पेन्टागनले भारतीय परीक्षणबाट अन्तरिक्षमा फोहोर बढेको वा खतरा बढेको स्वीकार गरेनन् ।  दुबैका अनुसार ‘लो अर्थ आर्बिट’ मा भएको यस परीक्षणले बनेका ४०० भन्दा बढी टुक्रा ४५ दिन भित्रै जलेर नष्ट हुन्छन ।

नासा प्रमुख तथा अमेरिकी कार्याकारी रक्षा सचिव

४ अप्रिलमा नासा प्रमुखले इसरो प्रमुखलाई दोस्रो पत्र लेख्दै आफ्नो निर्णय सच्चयाइको जानकारी गराएका छन । 

पत्रमा उनले अमेरिकी राष्ट्रपति कार्यालयको निर्देशन अनुसार आफ्नो पूर्ववत निर्णय फेरेको उल्लेख गर्दै लेखेका छन ‘हवाइट हाउसको निर्देशन अनुसार हामी (नासा) भविष्यमा तपाईसँग (इसारो) काम गर्न इच्छुक छौं ।’ उनले ‘नासा–इसारो ह्युमन स्पेश फ्लाइटस वर्किगं ग्रुप’ ‘प्लनेटरी साइन्स वर्किगं ग्रुप’ युएस–इण्डिया अर्थ साइन्स वर्किगं ग्रुपै, र ‘हेलियो फिजिक्स वर्किगं ग्रुप’  जस्ता सबै कार्यक्रममा आपसी सहयोग कायम रहने प्रतिबद्धता जनाएका छन ।  

याे पिन 

भारतले स्याटेलाइट खसाल्यो,बन्यो संसारको चौथो महाशक्ति

नासाले स्याटेलाइटका टुक्रा गनिसक्यो, नेपाली पत्रकारिता विश्वास गर्दैन