मित्रताको कसीमा नेपाल-भारत सम्बन्ध: नेपाली स्वाधीनता माथि धावा

मित्रताको कसीमा नेपाल-भारत सम्बन्ध: नेपाली स्वाधीनता माथि  धावा

मनिष केएस भट्टराई  |  दृष्टिकोण  |  मंसिर ७, २०७७

भारत र नेपालको सम्बन्धलाई पुरानो मानिन्छ । आजको नभई अङ्ग्रेज शासनकालदेखि नै भाइचारा सम्बन्धका रुपमा लिइँदै आएको छ। अङ्ग्रेजको भारत शासन कालमा समेत नेपाल भूमिप्रति  अङ्ग्रेजको विस्तारवादी  गिद्धे दृष्टि राख्यो ।  तर साहसी नेपालले अङ्ग्रेजलाई युद्धको मार्फत घुँडा मात्र टेकाएन आफ्नो जमिनबाट लखेट्न सफल भएका थिए ।

यद्यपि आज अङ्ग्रेजले भारत छोडेर गएको बर्षौ बितेको भए पनि भारत सरकारको विस्तारवादी नीतिमा खासै परिवर्तन हुन सकिरहेको छैन । बेला बेलामा नेपाली भूभागमा हुने गरेको भारतीय अतिक्रमण र राजनीतिक हस्तक्षेपका कारण देश गहिरो सङ्कटमा पर्दै आएको छ । हालसालै लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपाली भूभागमा भारतले अतिक्रमण गरी जसरी बाटो निर्माण कार्यको शुरुवात गर्‍यो ।  नेपालमा उक्त कार्यलाई विस्तारवादी नीतिको निरन्तरता रुपमा लिइयो र लिइँदै आएको छ । 

भारतीय सेना प्रमुख नर वाणे बार् ताको लागि सकारात्मक हुँदा नेपाली उत्साहित भएका छन् । यसरी नै हामी दुबै राष्ट्र निकै घनिष्ठ र आत्मीय ढङ्गबाट एक अर्कासँग जोडिएकोले हामीबिच सौहार्दको सम्बन्ध कायम रहनु नै हामी दुवैको भलाई छ र यसबाट नै हामी र आउने पीढीको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ । 

यस विषयलाई लिइएर नेपाल सरकार पनि केही  कठोर रुपमा  प्रस्तुत भयो र त्यस विरुद्ध कदम चालेको  भएता पनि अमेरिकी षड्यन्त्रमा चीनसँग मिलीभगत गरी भारतलाई तर्साउने खेल मात्र त होइन ? भनी प्रश्न उठेका छन् । 

जसले कम्युनिस्ट सरकार प्रति निराशा र वितृष्णा उत्पन्न गरिरहेको छ । निसान छाप संसदबाट पास गराउँदा जुन लोकप्रियता केपी ओली सरकारले प्राप्त गरेको थियो ।  त्यो लोकप्रियता रअ प्रमुख सामन्त गोयलसम्म आइपुग्दा पूर्णतया अन्त्य भएको महसुस गरिएको  छ । यसले राष्ट्रिय अखण्डता मात्र नभएर राष्ट्रिय स्वाधीनता माथि पनि गम्भीर प्रश्नहरू उठी रहेको छ । गणतन्त्रमा राजनीतिक उच्च नेतृत्व पार्टीका नेता विदेशी खुफिया एजेन्सीका प्रमुखको भेटघाट र परिवर्तित कुरा गर्नुले के नेपाली स्वाधीनता माथि गम्भीर धावा बोलेको प्रस्ट छ । 

नेपाल-भारत अन्तर सम्बन्ध

नेपाल-भारत कूटनीतिक सम्बन्ध सन् १९४७ मा भारत स्वतन्त्र हुँदादेखि नै स्थापित भएको थियो ।नेपाल-भारतले तीन तिर सिमाना जोडिएको मुलुक हो । नेपाल-भारत भौगोलिक, धार्मिक, सांस्कृतिक, राजनीतिक हिसाबले अत्यन्तै नजिक र प्रगाण सम्बन्ध रहेको दुई छिमेकी राष्ट्र हो । हाम्रो सम्बन्ध आजको मात्र नभएर परापूर्व कालका ऋषीमुनीदेखि नै निकै मजबुत त नजिकको सम्बन्ध रहँदै आएको छ । आज पनि अध्ययनको सिलसिलामा हजारौँ विद्यार्थी र कामदार काम गर्न भारत जानुलाई सामान्य मानिन्छ । 

भारतमा बसोबास गर्नेहरू पनि विभिन्न अवसरको लागि नेपाल आउने गरेका छन् । सार्थक सम्बन्धका अलावा नेपाली राजनीतिमा पनि ठुलै हलचल भारतले ल्याउन अदम्य क्षमता समय समयमा गर्दै आएको छ । भूगोलका रुपमा हामी सानो राष्ट्र भएता पनि भारतसँग जोडिएको कारण हामी विभिन्न कुराहरूमा आज पनि भारतसँग निर्भर हुँदै आएको छ । भारत पनि नेपाली सहयोगको भरपुर फाइदा लिइरहेको छ । १९४७ को गोर्खा रेजिमेन्ट भर्ती सम्झौतादेखि लिएर विभिन्न क्षेत्रबाट हामीले लाभ उठाइरहेका छौ । तसर्थ नेपाल-भारत सम्बन्ध निकै नै महत्त्वपूर्ण र आवश्यकता अनुरूप एक अर्कालाई सम्मान गर्ने सद्भाव पूर्ण रहिरहन आवश्यक छ । 

नेपाल-भारत मित्रता र राजनैतिक अन्तर्द्वन्द्व 

१९५० मा राणा शासन कालमा राणाहरूले नै सुरु गरेको मित्रता सम्झौताबाट भारत-नेपालको सम्बन्ध बिस्तारको नीति अघि बडेको हो । आज त्यसैले विशेष मित्रताको रूपमा  लिने गरिएको छ ।

नेपाल भारतको नाका सिमाना खुल्ला गर्नेदेखि लिएर व्यापारिक सहमतिमा भएको सम्झौताले भारतसँगको सम्बन्धको अझ प्रगाढ बनाउने थियो । १९९० मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र भारतीय प्रधानमन्त्री पिभि नरसिङ्ग बिच भएको व्यापारिक हस्ताक्षरले नेपाल-भारत बिचको मित्रतामा नयाँ आयाम थपेको थियो । पञ्चायत कालमा १९५०-१९५१ मा राजनीतिक अस्थिरताका बाबजुद राजा त्रिभुवन भारतमा राजनीतिक शरण लिन पुगेको थियो । यसबाट पनि के सिद्ध हुन्छ भने नेपाली अस्थिर राजनीतिका कारण उत्पन्न समस्याबाट बच्न पनि भारत कै मित्रता खाँचो रहने रहेछ । गणतन्त्रको स्थापनादेखि पछि पनि भारत सरकारबाट विभिन्न रुपमा नेपाललाई सहयोग प्राप्त भै नै रह्यो यसबाट पनि के सिद्ध गर्न सकिन्छ भने जस्तो सुकै परिस्थिति भएता पनि असल मित्रता कायमा राख्न भारत हर कदम तत्पर नै छ । 

भारतको नेपाली राजनीतिमा प्रत्यक्ष प्रभाव रहेको छ । चाहे त्यो संवैधानिक पाटोमा होस वा राज्य व्यवस्थामा । भारतले नेपाली राजनीतिमा गहिरो चासो व्यक्त गर्दै आफ्नो प्रस्तुति दिँदै आइराखेको कुरो हामी प्रत्यक्ष रुपमा देख्न र भोग्न सक्छौ ।                                                                           

नेपाल-भारत मित्रता सम्भावित भविष्य 

कूटनीतिक रुपमा विभिन्न रुपमा नेपाल-भारत सम्बन्धलाई कसरी अझ सुध्रिन बनाउन सकिन्छ भनेर दुबै देशको तर्फबाट बेला बखत भ्रमण र विशेष दूतहरूको आउने जाने हुन्छ । विभिन्न विवाद र समस्या हुँदा नेपालको तर्फबाट भारतसँग वार्ता गर्न मन्त्री प्रतिनिधि पठाइन्छ भने भारतको तर्फबाट नि नेपालमा कूटनीतिक व्यक्तित्वको भ्रमण समय समयमा हुने गर्दछ । दुई पक्षीय नै समस्या समाधानमा गम्भीर नै हुन आवश्यक छ किन भने एक अर्का प्रति दुवैको निर्भरता कायम छ ।

 हालसालै भारतीय सेना प्रमुखको नेपाल भ्रमण पनि विशेष महत्त्व दिइएको छ । गम्भीर विषय रहेको लिपुलेक र कालापानी समस्या वार्ता अघि बढाउने र दुई देशबिच केही समय अघि बिग्रिएको सम्बन्धलाई मजबुत बनाउने मौका पनि हो । 

भारतीय सेना प्रमुख नर वाणे बार् ताको लागि सकारात्मक हुँदा नेपाली उत्साहित भएका छन् । यसरी नै हामी दुबै राष्ट्र निकै घनिष्ठ र आत्मीय ढङ्गबाट एक अर्कासँग जोडिएकोले हामीबिच सौहार्दको सम्बन्ध कायम रहनु नै हामी दुवैको भलाई छ र यसबाट नै हामी र आउने पीढीको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ ।