रविशंकरको आर्ट अफ लिभिङ र नेताहरूको आर्ट अफ गिभिङ

रविशंकरको आर्ट अफ लिभिङ र नेताहरूको आर्ट अफ गिभिङ

ज्ञानमित्र  |  दृष्टिकोण  |  चैत्र २५, २०७५

संसदीय व्यवस्थामा प्रत्येक पाँच वर्षमा चुनाव आउँछ, सम्पन्न हुन्छ र पाँच वर्षका लागि पुनः बिदा हुन्छ । चुनाव आउँछ जान्छ भन्दैमा राजनीतिक दलले सन्तोष र संयम अपनाएर बस्ने कुरा हुन्न । राजनीतिमा होमिएका दल वा व्यक्तिका लागि चुनाव जित्नु सर्वोपरि हो, यसका लागि यिनले जुनसुकै पाइला चाल्न पनि किञ्चित लाज सरम र संकोच मान्दैनन् । 

हाम्रै देशको कुरा गरौं, २०४६ पछिकै कुरा गरौं । राजनीतिक दल र हाम्रा नेताले के–के घोषणा गरेनन् चुनावताका ! मुलुक सिंगापुर पनि बनाए ! शिक्षा, स्वास्थ्य, रोजगार, बाटोघाटो, पानी, बिजुली, रेल, पानीजहाज, सबै चुनावी मुद्दा बने र आगामी निर्वाचनमा पनि बन्नेछन् । 

छिमेकी मुलुक भारत अहिले चुनावमा होमिएको छ । हामी नेपाली जनताजस्तै भारतीय जनताले पनि आफ्ना नेताहरूको मुखबाट तमाम आश्वासन सुनेर सुनौलो भविष्यको कल्पना गरिरहेका छन् । यो क्रम आउँदो मे १९ सम्म चल्नेछ । त्यसपछि जनताले यस्ता सपना र कल्पना गर्न फेरि पाँच वर्ष पर्खिनुपर्ने हुन्छ । 

भारतमा एउटा राजनीतिक दलले देशको जिडिपीको ६ प्रतिशत शिक्षामा खर्च गर्ने चुनावी घोषणा गर्यो । अब सामान्य जनतालाई के थाहा, जिडिपी के हो ? देशको कुल वार्षिक बजेट कति छ ? जिडिपीकोे ६ प्रतिशत भनेको कुल वार्षिक बजेटको झण्डै ५० प्रतिशत हुन आउँछ । जनतालाई यो थाहा भएको भए त्यस पार्टीसँग अथवा त्यस पार्टीका आफ्नो क्षेत्रमा रहेका उम्मेदवारसँग पक्कै सोध्ने थिए, ‘नेताजी बजेटको ५० प्रतिशत हाम्रो शिक्षामा खर्च गर्नुहुन्छ, अनि बाँकीको देश कसरी चलाउनुहुन्छ ?

श्री श्री रविशंकरले ‘आर्ट अफ लिभिङ’ सिकाउँछन् । कतिले सिके ? त्यसको अनुमान गर्न छोडेर रविशंकरका भक्तहरूले आफ्नो घरमा श्रीमती, दाजुभाइ, छोरीछोरी र नजिकको छिमेकीसँगको आफ्नो सम्बन्ध नियालेर हेरुन्, ‘आर्ट अफ लिभिङ’को हवाई ताजमहल तत्काल घूल घूसरित हुन पुग्छ । 

भारतीय चुनावमा ‘आर्ट अफ गिभिङ’को तीव्र प्रतिस्पर्धा चलिरहेको छ । सबैको दाउ जित्नु नै छ, सरकार बनाउनु मै केन्द्रित छ । भारतमा मुख्य राजनीतिक दल भारतीय जनता पार्टी र इण्डियन नेसनल कांग्रेस मात्रै हुन् । अन्य दलको उपस्थिति क्षेत्रीय पार्टीको रूपमा मूलतः एउटा राज्यमा मात्रै सीमित छ । कांग्रेसको बहुमत आएमा राहुल गान्धी निर्विवाद प्रधानमन्त्री बन्नेछन् । यसैगरी भाजपाको बहुमत आएमा नरेन्द्र मोदी प्रधानमन्त्रीका एक्लो उम्मेदवार छन् । तर, कसैको बहुमत नआएको खण्डमा कुनै पनि क्षेत्रीय दलको नेता प्रधानमन्त्रीको दौडमा विजयी हुन सक्छ

रविशंकर र नेताहरूमा समानता छ, रविशंकरको ‘आर्ट अफ लिभिङ’ जस्तै चुनावका बेला नेताहरूले ‘आर्ट अफ गिभिङ’को प्रतिस्पर्धा गर्छन् । कुनै पनि दलको चुनावी घोषणापत्र पल्टाएर हेर्नुस् ‘आर्ट अफ गिभिङ’का अनेकौं घोषणा पाउनुहुन्छ । 

भारतीय चुनावमा ‘आर्ट अफ गिभिङ’को तीव्र प्रतिस्पर्धा चलिरहेको छ । सबैको दाउ जित्नु नै छ, सरकार बनाउनु मै केन्द्रित छ । भारतमा मुख्य राजनीतिक दल भारतीय जनता पार्टी र इण्डियन नेसनल कांग्रेस मात्रै हुन् । अन्य दलको उपस्थिति क्षेत्रीय पार्टीको रूपमा मूलतः एउटा राज्यमा मात्रै सीमित छ । कांग्रेसको बहुमत आएमा राहुल गान्धी निर्विवाद प्रधानमन्त्री बन्नेछन् । यसैगरी भाजपाको बहुमत आएमा नरेन्द्र मोदी प्रधानमन्त्रीका एक्लो उम्मेदवार छन् । तर, कसैको बहुमत नआएको खण्डमा कुनै पनि क्षेत्रीय दलको नेता प्रधानमन्त्रीको दौडमा विजयी हुन सक्छ । 

२९ राज्य र ७ केन्द्र शासित प्रदेशमा कुन दलले कति सिट जित्ने हुन्, त्यो त भविष्यको गर्भमा छ । विभिन्न मिडिया तथा एजेन्सीले यस विषयमा सर्वेक्षण गरी पुर्वानुमान लगाइरहेका छन् । यस अनुसार मुुख्य राज्यमा दलहरूको स्थिति के कस्तो हुने पूर्वानुमान यस्तो छ । 


समग्रमा भारतमा रहेका दुई ठूला दल भाजपा र कांग्रेसले देशभरमा आफ्नो चुनाव चिन्हमा बहुमत ल्याउने देखिँदैन । कांग्रेसले ६५ सिट र भाजपाले २४० सिट जित्ने अनुमान गरिएको छ । 
अन्य सिटमा भने बंगालको तृणमूल कांग्रेसले ३४, आन्ध्रको वाइएसआरले २२, उत्तरप्रदेशको सपाले २० र बसपाले १८, महाराष्ट्रको शिवसेनाले १७, तेलंगानामा टीआरएसले १२, तमिलनाडुका दुई क्षेत्रीय दलले ३४, उडिसाको वीजू जनता दलले ६, महाराष्ट्रको एनसिपीले ६, विहारमा लालु प्रसाद यादवको दलले ६ र नीतिशको दलले १२, रामविलास पासवानको दलले ६ र पञ्जावमा अकाली दलले ३ सिट जित्ने अनुमान छ । बाँकीका ४२ सिटमा अन्य साना पार्टीले जित्ने सम्भावना छ । 

भाजापाका सहयोगी, शिवसेना (१७) नीतिश (१२) रामविलास पासवान (६) अकाली दल (३) र अन्यका १० सिट गरी बहुमत सजिलै पुग्ने देखिन्छ । कांग्रेस नेतृत्वको युपिए गठबन्धनमा कांग्रेसका ६५, ममता बनर्जीका ३४ एनसिपीका ६, लालु यादवका ६ र अन्य साना समर्थक दलका १० सिट जोडेर संख्या १२१ सम्म पुग्छ । 

आन्ध्रको वाइएसआर (२२), तेलंगानाको टीआरएस (१२), उत्तर प्रदेशको सपा (२०) र बसपा (१८), उडिसाको बीजु जनता दल (६) र वाम पार्टीका (बढीमा १० सिट) अहिले सम्म कुनै गठबन्धनमा छैनन् । 

यिनको भूमिका एनडिएको बहुमत नपुगेको खण्डमा मात्रै रहन्छ । चुनाव पूर्वको संकेत अनुसार वाइएसआर, टिआरएस, बसपा र बीजू जनता दल आवश्यक परे एनडिएको पक्षमा उभिन्छन्, युपिएसँग जादैनन् । 
भाजपा अध्यक्ष अमित साह एवम् प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकार बनाउने भन्दा पनि भाजपाकै बहुमत पुर्या‍उने ध्याउन्न छ । भाजपा आफ्नै बलमा ३०० सिट जित्न चाहन्छ । यो अपुग ६० सिट संख्या पुर्‍याउन भाजपा पश्चिम बंगालमा जोर लगाइरहेको छ । उसको प्रयास यस राज्यबाट २० सिटसम्म जित्नेमा केन्द्रित छ । साथै भाजपालाई उत्तर प्रदेशमाथि अझै विश्वास छ । सन् २०१४ को निर्वाचनमा विजय प्राप्त गरेका ७३ सिटमध्ये २० वटा सिटमा मात्रै सपा र बसपाको मत जोड्दा भाजपाभन्दा बढी हुन्छ । बाँकीका ५३ सिटमा भाजपाकै अग्रता देखिन्छ । भाजपाको लक्ष्य उत्तर प्रदेशमा ५५–६० सिट जित्ने छ । यसका साथै भाजपा गुजरात, मध्यप्रदेश, राजस्थान, छत्तिसगढ राज्यमा संभावित नोक्सानलाई रोक्न पनि कम्मर कसेर लागेको छ । 

भाजपा कांग्रेसलाई २०१४ कै सिट संख्यामा (४४) मा रोक्न चाहन्छ । केरल, पञ्जाव, छत्तिसगढमा कांग्रेसलाई भाजपाले रोक्न नसके पनि राजस्थान, मध्यप्रदेश, गुजरात, झारखण्ड, महाराष्ट्र, कर्नाटक, आसाममा भाजपा कांग्रेसलाई सीमित गर्न जुनसुकै दाउ अपनाउने मनस्थितिमा छ ।