तीनैजना राष्ट्राध्यक्षको मस्तिष्कमा नेपाली भाषा 'एक्टिभेट': सेकेण्डमै कुनै भाषा जान्न सकिन्छ र ?

विज्ञान कथा भाग-७

तीनैजना राष्ट्राध्यक्षको मस्तिष्कमा नेपाली भाषा 'एक्टिभेट': सेकेण्डमै कुनै भाषा जान्न सकिन्छ र ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  मंसिर २२, २०७७

गताङ्कबाट निरन्तर

प्रधानमन्त्री मोदी - यो सम्भव भयो भने यो नरेन्द्र दामोदर दास मोदी तपाईंले भनेको सबै कुरा अक्षरशः पालना गर्छ । 'अरे, यह दो लोग कहाँ चले गए' ?

ज्ञानमित्र- उहाँहरु तपाईंको ‘डिमाण्ड’ पुरा गर्न जानुभयो । २-३ मिनेटमै दुबै राष्ट्राध्यक्षलाई लिएर आउनु हुुन्छ ।

प्रधानमन्त्री-यदि यस्तो भयो भने यो मेरो जीवनको अभूतपूर्व दिन हुन्छ ।

ज्ञानमित्र - आजको दिन मात्रै होइन, तपाईंको बाँकी रहेको सम्पूर्ण जीवन नै अभूतपूर्व हुन्छ । तपाईंको आयु थप्न बाहेक म तपाईंलाई संसारको सारा वैभव दिन सक्छु

प्रधानमन्त्री मोदी- मलाई आफ्नो लागि केही  चाहिँदैन।  मेरो एउटा मात्रै चाहना छ मेरा देशबासी सुखी हुन, समृद्ध हुन, कसैले अभाव, भोक, बेरोजगारी झेल्नु नपरोस । म आफ्ना सबै देशवासीको अनुहार हँसिलो,उज्यालो ,निष्फ़िक्री  भएको हेर्न चाहन्छु।

ज्ञानमित्र - म तपाईंको यो चाहना भोलि नै पूरा गरिदिन्छु । भोलिदेखि तपाईँको देशका जनतालाई कुनै कुराको अभाव हुँदैन ।

आगन्तुक - 'ज्ञानमित्र व्हाट यू प्रमिस टू हिम ? हाउ इट विल  पोसिबल इन फ्यू आवर्स ?  अफकोर्स वी क्यान मेक मिलियन्स टनस  अफ मैटेरियल इन फ्यू आवर्स ,बट हाउ टू डिस्ट्रीब्यूट इट इन बिलियन्स अफ पीपुल' ?

ज्ञानमित्र -डोन्ट वरी।  फर इट वी नट नीड तो प्रोड्यूस  एनीथिंग एन्ड नट नीड टू डिस्ट्रीब्यूट बिटवीन पीपुल ।  मी एन्ड  मिस्टर  मोदी विल डु इट विदइन टुमारो मोर्निंङ्ग।

 प्रधानमन्त्री  मोदी- के यो सम्भव हुन सक्छ ?

ज्ञानमित्र- अवश्य पनि । भोलि बिहान दस  बजे भित्र नै  तपाईंले  यसबारे  घोषणा गर्नुहुन्छ ।

प्रधानमन्त्री मोदी - तपाईँले के भन्नु भएको हो ,मैले त केही बुझ्न सकिन ?

ज्ञानमित्र-हामीभन्दा लाखौं गुना बुद्धिमान अर्को 'ग्यालेक्सी' बाट आएका मेरा परग्रही साथीहरुले त बुझ्न सक्नु भएन।  तर मेरो विश्वास गर्नुस भोलीदेखि भारतमा  सबैजनालाई सबै कुरा पुग्छ।

प्रधानमन्त्री मोदी - तपाईँले यस्तो गरी दिनु भयो भने म तपाईँलाई भारतको राष्ट्रपति बनाई दिन्छु।

ज्ञानमित्र -(हाँस्दै) मोदीजी मैले चाहे भने मेरा यी परग्रही साथीहरुले मलाई भोली नै संसारभरी कै  राष्ट्रपति बनाई दिन्छन। तर म अब बाँकी रहेको जीवन यिनीहरु कै साथमा रहेर बिताउछु।  मैले केही पाउनु छैन ,केही बन्नू छैन। बाहिरिएका दुबैजना आगन्तुक  अमेरिकी राष्ट्रपति र चिनिया राष्ट्रपतिका साथ  शयनकक्षमा आइपुगे ।

अमेरिकी राष्ट्रपति - यो सब के हो  प्रधानमन्त्री  मि. मोदी ? यो कुन ठाँउ हो, म यहाँ कसरी आइपुगें ?

चीनिया राष्ट्रपति- मेरो पनि प्रश्न यही नै हो  प्रधानमन्त्री  मि. मोदी ?

प्रधानमन्त्री मोदी-  दुबै राष्ट्रपतिज्यु तपाईंहरु नयाँ दिल्लीको भारतीय प्रधानमन्त्री निवासमा हुनुहुन्छ । उहाँ चारजनाहरु १० मिनेट पहिला तपाईंहरु आए जस्तै यहाँ आईपुग्नु भएको थियो, यस बाहेक मलाई अन्य कुनै कुराको  ज्ञान छैन । उहाँहरुले तपाईंहरुलाई २ ( ३ मिनेटमै ‘टेलिपोर्ट’ गरेर ल्याएको हो । उहाँहरु हामीलाई कुनै विशेष सन्देश दिन आउनु भएको हो

अमेरिकी राष्ट्रपति- ‘व्हाट ननसेन्स यू अर टाकिङ्ग। टेलीपोर्टेशन इज नट पसिबल फार अवर साइन्स' ।  

ज्ञानमित्र-  ‘इट इज रियल मि. प्रेसीडेन्ट। फर अस नथिंङ इज इम्पसिबल'।  

अमेरिकी राष्ट्रपति-व्हाट यू मीन नथिङ इज इम्पसिबल ? क्यान यू मेक मी यङ्गर ,अ म्यान अफ  जस्ट २५ इयर्स ओल्ड ?

ज्ञानमित्र- यो त केही 'च्यालेन्जिङ'  कुरै भएन । २ मिनट को काम हो।  तपाईका 'बडी सेल'मा जेलीफिशका 'सेल' को एउटा गुण  'एक्टिभेट' गरी दिए पुग्छ मिस्टर प्रेसीडेन्ट।

अमेरिकी राष्ट्रपति - देन  व्हाट इज च्यालेन्जिङ फर यू ?

ज्ञानमित्र -' सिम्पली नथिंङ'।  

मि. ट्रम्प - ‘देन यू क्यान ब्रिङ हियर  रसियन प्रेसीडेन्ट मि. पुटिन टु’ ।

ज्ञानमित्र- ‘स्योर ईट विल टेक टु मिनेट’ भन्दै उनले आगन्तुकसँग मि. पुटिनलाई ल्याउन भने ।

चीनिया राष्ट्रपति-  हामीलाई यहाँ ल्याउनुको उद्देश्य के हो ?

धन्यवाद प्रेसिडेन्ट पुटिन, तपाईंको प्रश्नले विषयमा प्रवेश गर्न सजिलो बनायो । म नेपालको एउटा 'साइन्स फिक्सन'  लेखक हो । आज दिउसो उहाँहरुसँग भेट भयो । उहाँहरु हाम्रो सूर्यलाई 'किडन्याप  गरि लैजान आउनुभएको हो । र तपाईहरुलाई थाहै होला सूर्य नरहे हामी त के सौर्यमणडल का कुनै पनि ग्रह, उपग्रह पनि सलामत रहन सक्दैनन।

ज्ञानमित्र- त्यसको चर्चा प्रेसिडेन्ट पुटिन आएपछि गरौंला । तबसम्म एउटा काम गरौं । तपाईंहरु चारै जना राष्ट्रप्रमुखहरुलाई नेपाली बोल्न आँउदैन । वार्तालाप गर्न सबैलाई एउटै भाषा आए सजिलो हुन्छ । तपाईंहरु २ मिनेट पर्खिनुस्, हामी तपाईं तीनैजनालाई नेपाली भाषा सिकाई दिन्छौं । आगन्तुकले ज्ञानमित्रको मस्तिष्कमा विभिन्न भाषा 'एक्टिभेट' गरे झैं तीनैजना राष्ट्राध्यक्षको मस्तिष्कमा नेपाली भाषा 'एक्टिभेट' गरि दिए ।

आगन्तुक - अब तपाईँ तीनैजना नेपाली बोल्न सक्नुहुन्छ ।

अमेरिकी राष्ट्रपति- (नेपाली बोल्दै )  यो कसरी सम्भव भयो ? २ मिनेटमै कुनै नयाँ भाषा कसरी सिक्न सकिन्छ ? तपाईं के भन्नु हुन्छ प्रेसिडेन्ट मि.जिनपिङ ?

चीनिया राष्ट्रपति- (नेपालीमा) यो मेरो जीवनका सबैभन्दा ठूलो चमत्कार हो, मलाई पत्याउनै गाह्रो भइरहेको छ । तर कसरी नपत्याउनु,  म नेपाली बोली रहेको छु , बुझ्न सकीरहेको छु ।

अमेरिकी राष्ट्रपति - कतै यो सपना त होइन, सपनामा त जे पनि पुरा हुन्छ !

ज्ञानमित्र- मि. प्रेसिडेन्ट तपाईं यही बुझ्नुस हाम्रो लागि सपना  विपनामा फरक छैन । सपनामा हुने सारा कुरा हामी विपनामा गर्न सक्छौं । आगन्तुकका साथ  रसियन प्रेसिडेन्ट पुटिन आईपुग्छन् ।

रसियन राष्ट्रपति- ‘व्हाट दिस हेल ! मे आई एम ड्रीमिङ ? थ्री स्टेट पर्सन इन वैन प्लेस ,एन्ड आई ज्वाइन देम'।  

प्रधानमन्त्री मोदी- ‘नो मि. पुटिन, दिस अल इज रियल'।

रसियन राष्ट्रपति- 'बट हाउ आई केम  हियर  इन सेकेन्ड ? आई क्यान नट बिलीभ'।  

ज्ञानमित्र- यू विल बिलीभ मिस्टर प्रेसीडेन्ट (ज्ञानमित्रको इशारामा आगन्तुकले पुटिनको मस्तिष्कमा पनि नेपाली भाषा ‘ऐक्टिभेट’ गरी दिए' । डु यू नो नेपाली ल्याङग्वेजु ?

रसियन प्रेसिडेन्ट -'नो ,आई डोंट नो'।

ज्ञानमित्र- 'सो वी गेभ यू ए गिफ्ट ।  नाऊ  यू क्यान स्पीक एन्ड अन्डरस्टैन्ड नेपाली ल्यावङ्गेज' ।

रसियन राष्ट्रपति- 'व्हाट ननसेन्स' ?  कुनै भाषाको ज्ञान पनि कसैले कसैलाई 'गिफ्ट' गर्न सक्छ ?

अमेरिकी राष्ट्रपति- तर तपाईँले अन्तिम वाक्य नेपाली भाषामै बोल्नु भएको हो मिस्टर प्रेसीडेन्ट ?

रसियन राष्ट्रपति- हो र ? ऐ, मैले मात्र कहाँ हो र तपाईले पनि त नेपाली भाषामै बोल्नु भएको हो।

चीनिया राष्ट्रपति- हो उहाँहरुले हामी चारैजना राष्ट्राध्यक्षलाई नेपाली भाषा बोलने, बुझने क्षमता प्रदान गर्नु भएको हो।

रसियन राष्ट्रपति- यो कसरी हुन सक्छ।  सेकेण्डमै कुनै भाषा जान्न सकिन्छ र ? यो केही 'ब्लैक म्याजीक' हो , अथवा कुनै 'हाइयर डायमेन्सन' हो। मलाई लाग्छ म सपना हरी रहेको छु। सपनामै तपाईहरुलाई भेटी रहेको छु।

ज्ञानमित्र-सबै राष्ट्राध्यक्षज्यूहरुसँग क्षमा माग्दै यस भेला गराउनुको  उद्देश्य भन्न चाहन्छु ।तपाईंहरु एउटै अनुहारका जुन तीनजना व्यक्तिलाई हेर्दै हुनुहुन्छ, उहाँहरु पृथ्वीको बासिन्दा होइन, हाम्रो 'ग्यालेक्सी'को बासिन्दा पनि होइन । उहाँहरु अर्बौ  प्रकाशवर्ष टाढाको 'ग्यालेक्सी' बाट आउनु भएको हो । उहाँहरु पृथ्वीमा  विशिष्ट उद्देश्य लिएर आउनु भएको छ,  जसले गर्दा पृथ्वी समेत समस्त सौर्यमण्डल नष्ट हुन्छ । तपाईंहरुलाई यहाँ भेला गराउनुको आशय यत्ति नै हो- सक्नुहुन्छ भने उहाँहरुलाई रोक्नुस, कैद गर्नुस, मार्नुस, जसरी हुन्छ पृथ्वीको रक्षा गर्नुस ।

रसियन राष्ट्रपति- उहाँहरु त्यस्तो के गर्नुहुन्छ जसले पृथ्वी समेत पुरा सौर्यमण्डल नष्ट हुन्छ ? यस्तो बाहियात कुरा गर्न हामीलाई यहाँ ल्याएको हो ?

ज्ञनामित्र- धन्यवाद प्रेसिडेन्ट पुटिन, तपाईंको प्रश्नले विषयमा प्रवेश गर्न सजिलो बनायो । म नेपालको एउटा 'साइन्स फिक्सन'  लेखक हो । आज दिउसो उहाँहरुसँग भेट भयो । उहाँहरु हाम्रो सूर्यलाई 'किडन्याप  गरि लैजान आउनुभएको हो । र तपाईहरुलाई थाहै होला सूर्य नरहे हामी त के सौर्यमणडल का कुनै पनि ग्रह, उपग्रह पनि सलामत रहन सक्दैनन।

रसियन राष्ट्रपति -यस्तो  हावा कुरा गर्न हामीलाई यहाँ ल्याएको ? वाहियात, सूर्य पनि कसैले ’किड्न्याप’ गर्न सक्छ ?

ज्ञानमित्र-  १० मिनेटभित्रै संसारका शक्तिशाली राष्ट्रपतिलाई उनको इच्छा  बिना एकै ठाउमा भेला गराउन सक्नेले यो गर्नु असम्भव होइन मि. प्रेसिडेन्ट ! मैले तपाईँहरुलाई भेला गराउनुको उद्देश्‍य यति नै हो । तपाईहरु मिलेर उहाँहरूलाई रोक्न सक्नुहुन्छ भने रोक्नुहोस् । सूर्यलाई जोगाउनुस् । अन्यथा हामी सबै एक चिह्न हुन्छौ।

चीनिया राष्ट्रपति- यो लेखकले ठीक  भन्दैछ । यीनिहरु सूर्य लैजान सक्छन् या सक्दैनन् भन्ने चर्चाको सट्टा हामीले यिनीहरुलाई थुन्ने वा मार्नेमा आफ्नो ध्यान केन्द्रित गर्नु पर्छ ।
ज्ञानमित्र- धन्यवाद् प्रेसिडेन्ट जिनपिङ, तपाईँ मूल मुद्दामा आउनु भयो ।

अमेरिकी राष्ट्रपति- मि. मोदी आफ्नो सेक्युरिटी बोलाउनुस् । यी तीनै  जनालाई  'शुट’ गराइदिनुस् ।

आगन्तुक - हुन्छ यो गरी हेर्नुस् । हामीले तपाईहरुसँग चाहेको यत्ति नै हो।  हामी तपाईँको सूर्य सुटुक्क चोरेर लैजान चाहदैनौ।  तपाईँहरुले सूर्यको रक्षा गर्ने ,हामीलाई रोक्ने जून सुकै प्रयास गर्नुस।  हामी त्यसका लागि तैयार छौ। थैङक्स ज्ञानमित्र तपाईँले हाम्रो अभिलाषा पूरा गरी दिनु भयो।

मोदीले घण्टी बजाउनसाथ एकजना 'सेक्युरिटी कमाण्डाे  भित्र आए । भित्र विभिन्न राष्ट्रअध्यक्ष र अन्य मानिसलाई हेर्नसाथ उनले छक्क पर्दै भने-
'यस सर’।

रसियन राष्ट्रपति तपाईँ ३ जनामा पहिलाको मर्न चाहनु हुन्छ ?

आगन्तुक- (हाँस्दै) हाम्रो ग्रहमा १० हजार वर्षदेखि कोही मानिस मरेको छैन । तपाईँ एकैपटक हामी तीनै जनालाई गोली हान्ने आदेश दिन सक्नु हुन्छ । मि मोदी-  (सेक्युरिटीसँग) यह तीनो  एक ही  शक्ल  वाले बडे खतरनाक लोग है इन्हे ’शूट’ कर दीजिए । सेक्युरिटी  अफिसरले लगालग ३ पटक फायर गरे । अचम्म तीनै जना आगन्तुकले  मशीनगनबाट निकलिएको गोली हातले समाइ दिए ।

आगन्तुक- हामीले चाहेको भए मशीनगनबाट गोली नै निक्लने थिएन । तर, हामीले मशीनगन पड्कन दिएर गोली समाएर देखाएका हौँ । तपाईँहरु  चाहनु हुन्छ भने एकैजना माथि पूरा म्यागजिन पड्काएर हेर्न सक्नुहुन्छ ।

प्रधानमन्त्री मोदी- (सेक्युरिटीसँग) एक ही आदमी पे पूरी  म्यागजिन खाली किजिये  । सेक्युरिटी  अफिसरले एकजना आगन्तुक माथि गोली बर्साए । कुनै पनि गोलीले उनलाई छुन सकेन ।

अमेरिकी राष्ट्रपति- यसले कुनै किशिमको ’शील्ड’ लाएको छ ।

ज्ञानमित्र- तपाईँले ठिक भन्नु भयो मि। प्रेसीडेन्ट  । तर उसको 'शील्ड'  कुनै 'मैटेरियल' ले बनेको नभइ 'लाईट' का  विभिन्न 'प्रापर्टी' ले बनेको हो ।

रसियन राष्ट्रपति - 'लाइट रेज शील्ड’ !

ज्ञानमित्र-   'इलेक्ट्रोम्याग्नेटिक शील्ड’ ।

चीनिया राष्ट्रपति- त्यसो भए यसलाई  त मिसाइलले पनि छुन सक्दैन ।

ज्ञानमित्र-  ठीक  भन्नु भयो तपाईले राष्ट्रपति महोदय । उहाँहरुलाई कुनै पनि मिसाइलले छुन सक्दैन । हामी तपाईँहरुलाई एटम बम, हाइड्रोजन बम प्रयोग गर्ने अवसर पनि दिन्छौँ ।

प्रधानमन्त्री मोदी- '(सेक्युरिटीसँग) आपका काम हो गर्‍याे , आप जा सकते है । अब हमारी विशेष  मिटिङ होगी' । सेक्युरिटी अफिसर बाहिर गए ।

चीनिया राष्ट्रपति - तपाईँहरु हामीसँग के चाहनुहुन्छ ।

आगन्तुक- हामी तपाईहरुको सूर्य लैजान आएका हौं । हामीले सूर्य लैजादा तपाईहरुको सौर्य मण्डल ध्वस्त हुन्छ । तपाईहरू हामीलाई रोकेर सूर्य जोगाउन सक्नुहुन्छ भने जोगाउनु होस् ।  यो बाहेक तपाईहरुसँग हाम्रो केही भन्नु छैन ।

ज्ञानमित्र- पहिलाको मेरो योजना तपाईहरूलाई स्वदेश फर्काइ दिनु  रहेको थियो । तर, अब तपाईहरूलाई यही  दिल्लीमा  छाड्छु । कारण तपाईहरूसँग भर्खरै हामीले भनेको र तपाईहरूलाई देखाएको  सबै कुरा तपाईहरूलाई सपना लाग्न सक्छ । यहिँ छाडि दिए  भने सपना लाग्दैन होला तपाईहरुलाई  ? तपाईहरूसँग ७ दिनको समय छ । हामी गएर नेपालको हयात  होटलमा बस्छौँ । तपाईहरू यिनीहरूलाई कैद गर्न, मार्न अथवा जे  जे उपायले यिनीहरूलाई रोक्न सक्नुहुन्छ त्यो गर्नुस् । तपाईहरू आफ्ना सबै मिसाइल, अणुबम नेपाल माथि प्रहार गर्न सक्नुहुन्छ ।

अमेरिकी राष्ट्रपति- नेपाल माथि अणुबम प्रहार गर्दा नेपाल नै ध्वस्त हुन्छ ।

ज्ञानमित्र- तपाईँ नेपालको चिन्ता नगर्नुस्, पृथ्वीका सम्पूर्ण मानिस  मारेर भएपनि यदि तपाई यिनीहरुलाई सूर्य चोर्नबाट रोक्न सक्नुहुन्छ भने रोक्नुहोस् । तर, मलाई दुःख छ  राष्ट्रपति महोदय तपाईहरु  केही गर्न सक्नुहुन्न  ।

रसियन राष्ट्रपति-तपाईँले के भन्न खोजेको ? अणुबमले सारा  नेपाल ध्वस्त हुँदा पनि यिनीहरु बाच्छन्  ??

ज्ञानमित्र- हो राष्ट्रपति महोदय, यिनीहरुले चाहे भने नेपालमाथि तपाईँले प्रहार गरेका कुनै पनि मिसाइल र बम खस्नै दिदैनन् । सम्पूर्ण नेपाललाई 'इलेक्ट्रोम्यागनेटिक  शील्ड'ले  सुरक्षित गरिदिन्छन् । अथवा आफूहरू स्वयम सेकेण्ड मै 'इन्टरस्टेलर स्पेश'मा पुगी सुरक्षित हुन सक्छन् ।

आगन्तुक- ज्ञानमित्र हाम्रो काम भयो, हामी अब फर्कने कि ?

ज्ञानमित्र - म माथि मानवताका थुप्रै ऋण छन् । अन्तिम बेलामा एउटा ऋण तिर्ने इच्छा छ । उहाँ चारै जना राष्ट्रअध्यक्ष मार्फत यो गर्न-गराउने इच्छा  छ ।

आगन्तुक- ओके, तपाईलाई जे मन छ त्यो गर्नुस् ।