सलाम खलील जिब्रान

सलाम खलील जिब्रान

बसन्त कुमार उपाध्याय  |  समाज  |  चैत्र २७, २०७५

‘आउने पीढीले गरीबीबाट समानता र संकटबाट प्रेम सिक्नेछन् ।’ -Coming generations will learn equality from poverty and love from woes._

खलील जिब्रान का भनाइहरु अहिले कति सान्दर्भिक छन् हामी आफै मनन गर्न सक्छौं । 

अस्पतालको शैय्यामा चिकित्सक र नर्सले औषधी र इन्जेक्सन दिइरहँदा मैले खलील जिब्रानका रचना पढ्न शुरु गरेको थिए । भनौ आफ्नो आत्मबल कमजोर हुन नदिन उनको सहारा लिएको थिए ।
 द न्यूयोर्क सनले उनको मृत्युमा लेखेको थियो- 'A prophet is Dead.'

सन् १९३१ अप्रिल १० मा उनले भौतिक संसार छाडे पनि उनका कृति र चित्रकलाले कैयौं युगसम्म उनलाई  जीवित राखीराख्ने छन । आज उनै महान दार्शनिक, चिन्तक, लेखक र चित्रकार खलील जिब्रान को स्मृति दिवस हो । उनी फारसी, अरबी, अँग्रेजी र फ्रेन्च भाषका जानकार थिए ।

आम मानिसको स्वभाव नै यस्तो हुन्छ– अप्ठेरो पर्दा आफन्त गुहार्ने अनि कुनै उपाय नलागे पछि भगवानको नाम लिने । कुनै बेला अस्पतालका शैय्यामा जिन्दगीका लागि संर्घष गरीरहँदा  आसपास आप्mना भन्ने कोही हुँदैनन । हुन्छन त केवल चिकित्सक र नर्सहरु ! जसले जिन्दगी फर्किने आशा देखाउँदै उपचार गरिरहन्छन् । त्यसबेला खलील जिब्रानका पक्तिंले मानिसलाई आशाको सम्बल प्रदन गर्छ । 

उनी भन्ने गर्थे –‘मन्दिरको द्धारमा हामी सबै भिखारी हौं ।’ जब म नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा भर्ना थिएँ, म उनै जिब्रानका पंक्तिहरु सम्झन्थे –‘ तिम्रो मित्र तिम्रो आवश्यकताको उत्तर हो’ -Your friend is your needs answered. _
६ जनवरी १८८३ मा लेबनानको बथरीमा जन्मिएका खलील जिब्रानलाई औपचारिक शिक्षा बाल्यकालमा सहज भएन । उनी १२ वर्षको हुुँदा बल्लतल्ल विद्यालय जान पाएका थिए । १९१२ मा उनको परिवार वेल्जियम, फ्रान्स हुँदै अमेरीका बसाँई सर्‍योे । संसारभरी अहिलेसम्मका लेखकहरुमध्ये सबैभन्दा बढी विक्रीहुने लेखक मध्ये तेस्रोमा पर्छन उनका रचना । यस क्रममा पहिलो Shakespeare   हुन चने   दोस्रोमा Lao-Tze को नाम आउँछ । 

उनका फुटकर कविता, निवन्ध र आलेखहरु प्रायः सबै नै चर्चित भए । उनले लेखेको एउटा कृति ‘द प्रोफेट’  विश्वभरी तरगं ल्याउने कृति मध्येको एक हो । ३० भन्दा बढी भाषामा उल्था भएको उक्त कृतिमा जिब्रानले विवाह, प्रेम, मृत्यु, आत्मज्ञान, अपराध, दण्ड, कर्म, बाल्यकाल र जीवन लगायत २६ वटा विषयलाई समावेश गराएका थिए । उक्त कृतिको अँग्रेजी ओरीजिनल भर्सन ९ लाख भन्दा बढी विक्री भइसकेको छ ।

उनका अन्य चर्चित कृतिहरुमा Forerunner; His Parables and poem's -1920, The Mad Man-1918, Sand and Foam-1926, Twenty Drawings -1919, Jesus The Son of Man-1928, The earth Gods-1931, Prose Poems-1934, Secret of  the Heart-1947.सहित उनको कविता ऋजष्मिचभल निकै चर्चित रहेका कृति हुन ।

मानिससँग अनेकौ प्रकारको स्वभाव हुन्छ । हरेक व्यक्तिका आनीबानी र स्वभाव एकै हुँदैनन तर  सबैमा उत्कण्ठा भने हुन्छ  । त्यही उत्कण्ठालाई जिब्रान ले ज्ञानको शुरुवात भनेका छन् । जिब्रान  भन्थे  Perplexity the beginning of Knowledge .

चित्रकलामा समेत निपुण रहेका जिब्रान को १९०४ को चित्रकला प्रर्दशनीले निकै ख्याति कमाएको थियो । उनले १९०८ मा पेरिस गएर २ वर्षसम्म चित्रकलाको अध्ययन गरेका थिए । 

मानिसले सबै कुरा सोचेर मात्रै पुग्दैन सायद समय र परिस्थितिलाई बुझन सक्नु पर्छ । अस्पतालका बेडमा प्रतिूुलताबीच अनुकुलता खोजिरहँदा जिब्रानका कृति मेरा लागि सञ्जीवनी बुटी झैं भए । जीवन निर्वाहका लागि प्रति लेख २ अमेरिकी डलर पाउने शर्तमा जिब्रान ले The Emigrant – Al-Mouhajir पत्रिकाका लागि लेख लेख्ने गर्थे । अस्पतालको शैय्यामा रहँदा जिब्रानलाई पढ्दै मेरो लेखन यात्र शुरु भएको म विर्सन सक्दिन । 

उनका संर्घषका गाथा निकै लामा छन्, संघर्षको बाटो हिंडदा जिब्रानले आफ्नो जीवनमा निकै उत्कृष्ट कृति छाडेर गए । उनलाई भौतिक रुपमा देख्न नपाएपनि मलाई अस्पतालका बेडमा दायाँ र बाँया कोल्टे फर्कदाउनै जिब्रानका कृतिले जीवनप्रति प्रेम जगाएको अझै मेरो स्मृतिपटलमा ताजै छ । 

आज उनको स्मृति दिवसमा  भन्न मन लाग्यो सलाम खलील जिब्रान ।