जीवन अनि यात्राहरु

जीवन अनि यात्राहरु

चिरन ‘चिदानन्द’  |  साहित्य  |  मंसिर २७, २०७७

जीवनबाट फेरी जीवनहरु  हेर्दा 
अबिरल बग्छ भावनाका लहरहरु 
मन, चित्त र अहँकारहरुसंगै 
शुरु हुने गर्छन सपनाका यात्राहरु

विचार, बुद्धि अनि बिबेकसंगै 
समयहरु क्षण, पल र निमेषहरु हुँदै 
समयसंगै परिभाषा फेरिन्छन
जीवनका हरेक कदम कदममा 

निर्जीवहरुमा सजीवता  देख्छौ 
सजीबहरु पनि निर्जीव हुन्छन 
श्रृष्टी र दृष्टीको बेजोडको संगम
अध्यारोबाट घोर अध्यारोको यात्राहरुमा
अध्यारोबाट घोर अध्यारोको यात्राहरुमा