सुसन कर्माचार्य : आवरणमा मन्त्रीद्वयको स्वकीय सचिव, मुख्य धन्दा हाइड्रोपावरहरु (!?)

लोकसंवाद टिप्पणी

सुसन कर्माचार्य : आवरणमा मन्त्रीद्वयको स्वकीय सचिव, मुख्य धन्दा हाइड्रोपावरहरु (!?)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३०, २०७७

०६४ वैशाख १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन जनमोर्चाबाट गिरिराजमणि पोखरेललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नियुक्त गरे । मन्त्री भएपछि २००६ सालमा नेकपाका संस्थापक सदस्य रहेका नरबहादुर कर्माचार्यको भतिजी पाटन निवासी सुसन कर्माचार्यलाई पोखरेलले आफ्नो सचिवालयमा नियुक्त गरे । संविधानसभा निर्वाचन पछि ०६५ साउन ३२ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए । प्रचण्डले पोखरेललाई यस मन्त्रिपरिषद्मा समेत निरन्तरता दिए । पोखरेलले पनि आफ्नो सचिवालयमा कर्माचार्यलाई नै राखे । 

पोखरेलले स्वास्थ्य मन्त्रालय हाँकिरहदा उनको सचिवालयका सदस्यहरू कानेखुसी गर्दथे, मन्त्री पोखरेलभन्दा सुसन कर्माचार्यको निर्देशन कडा हुन्छ । ०६६ जेठमा माधवकुमार नेपाल प्रधानमन्त्री बनेको दिनसम्म पोखरेल मन्त्री र सुसन उनको सचिवालयमा कार्यरत थिइन । ०६७ माघ २३ गते प्रधानमन्त्री बनेका नेकपा एमालेका तत्कालीन अध्यक्ष झालनाथ खनालले ०६८ साउनमा आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरे । यस दिन खनालले तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा गृह मन्त्री नियुक्त गरे । 

०६६ भदौ १२ गते बाबुराम भट्टराई प्रधानमन्त्री भए । यसअघि प्रचण्डलाई गलाउन उनीहरूले धोबीघाट गठबन्धनमा मोर्चा कसिसकेका थिए । त्यसैले भट्टराई प्रधानमन्त्री बनेको ६ दिनपछि भदौ १८ गते श्रेष्ठले उपप्रधान र परराष्ट्र मन्त्रीको ‘तक्मा’ पाए । श्रेष्ठ उपप्रधान मन्त्री हुँदा पनि कर्माचार्यले उनको निजी सचिवमा निरन्तरता पाइन । जुन ०६९ चैत्र एक गतेसम्म कायम रह्यो । त्यही बिचमा घाँटीको उपचार गर्न भनेर श्रेष्ठ जापान गए । स्वकीय सचिवका रुपमा श्रेष्ठले सुसन कर्माचार्य पनि सँगै जापान लिएर गए। 

त्यसयता श्रेष्ठ राजकीय पदमा पुगुन् वा नपुगुन्, सुसन कर्माचार्य निरन्तर श्रेष्ठको सहयोगीका रुपमा कार्यरत छिन् । श्रेष्ठले आफ्नो निवासमा गर्ने कुनै पनि पत्रकार भेटघाटमा कर्माचार्य छुटेकी हुन्न । श्रेष्ठले पत्रकार सम्मेलन सकेपछि खाजा नै कर्माचार्यकै हातबाट आउँछ । श्रेष्ठ बाथरुममा भएको बेलाको फोन समेत कर्माचार्यले नै उठाउनुलाई समाने मानिन्छ । निजी सचिवका रुपमा । 

स्रोतका अनुसार श्रेष्ठ निवासबाट कर्माचार्य राती ९ देखि ११ बजे मात्र बाहिरिन्छिन् र आफ्नो घरमा आइ पुग्छिन् । बिहान ढिलोमा साढे ६ बजेभित्र श्रेष्ठको निवासमा छिरिसक्छिन् । सायद बडा बाको प्रभावले हुन सक्छ, सुसन कर्माचार्य सानै देखि नेकपा चौम निकट राजनीतिमा संलग्न भएकी हुन् । उनी अनेरास्ववियु र साँसांस्कृतिक फाँटमा कार्यरत थिइन् । नेकपा चौथो महाधिवेशनले बनाएको एउटा चर्चित नाटकमा पनि उनले प्रमुख भूमिका खेलेकी छन् । यस अर्थमा सुसन कर्माचार्य राम्रो कलाकार समेत हुन् ।

कर्माचार्य रुपमा उत्तिकै सुन्दर छिन् । पाटनमा जन्मे हुर्केकी, राजनीतिक परिवारकी सन्तान भएकाले उनको विवाह राजधानीकै सुरेशकाजी श्रेष्ठसँग भयो । यहाँ सबैभन्दा गम्भीर प्रश्न के हो भने सानै यस बेला सुसन कर्माचार्य तीन वटा हाइड्रोपावर कम्पनीको अध्यक्ष छिन् । पछिल्लो समयको मात्र हिसाब राख्ने हो भने कम्तीमा पनि १३ वर्षदेखि उनी मन्त्री, उपप्रधानमन्त्रीकै सचिवालयमा कार्यरत र सहयोगी छिन् । उनले कुन बेला हाइड्रोको नेतृत्व सम्हाल्न भ्याउलिन् ? 

सुसन कमानसिंह लामाले बैङ्कमा आफ्नो सम्पत्ति राखेर सबैभन्दा बढी लगानी गरेको याम्बालि¨ हाइड्रोपावर प्रा.लि., इन्ट्रन हाइड्रोपावर प्रा.लि. र मादमे खोला हाइड्रोपावर प्रा.लि.को अध्यक्ष छिन् । यो लोकसंवाद डटकमले लगाएको आरोप नभएर २०७७ सालमा सुसनकै नामबाट प्रकाशित शुभकामना कार्डले  यो कुरालाई प्रमाणित गर्छ । त्यसैले बुझ्न के कठिन छैन भने सुसनलाई पर्दामा देखाएर अर्थात् नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलहरूले निकै ठुलो व्यापार गरिरहेका छन् । त्यतिमात्र होइन सुसन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चाहेको समय  लिन र घण्टौँ गफ गर्न पाउने पात्र हुन पुगेकी  छन् । 

रुपमा सादगी सिद्धान्तनिष्ठ देखिए पनि सारमा नारायणकाजी श्रेष्ठको व्यवहार निकै सन्दिग्ध रहँदै आएकाे समकालीन नेताहरुले आराेप लगाउँदै आएका छन् । ०७४ को निर्वाचनमा गोरखाबाट बाबुराम भट्टराईसँग प्रतिस्पर्धामा पराजित भएपछि श्रेष्ठले संसद्मा नछिर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यो प्रतिबद्धता कुल्चँदै उनी चोर बाटाेबा राष्ट्रियसभाका सदस्य भइसकेका छन् । कमानसिंह लामाले अढाई करोड रुपैयाँ दिलाई पाउँ भनेर प्रधानमन्त्री ओली, नेकपाका द्धितिय अध्यक्ष प्रचण्ड, स्वयं नारायणकाजी श्रेष्ठसँग हारगुहार गरेको विषय पनि सार्वजनिक भइसकेको छ । 

आफू अन्यायमा नपरी कोही पनि मान्छे ‘ठुला बडाहरुसँग नुरु गिराउन जाँदैनन्’ । त्यसैले सुसन र नारायणकाजीले जतिसुकै सफाई पेश गर्दै हिडुन्, उनीहरुले कमानसिंह माथि शोषण गरेकै प्रमाणीत हुन्छ ? सुसनको संदिग्ध शैलीले पनि त्यसलाई पुष्टी गर्छ ? गोरखा जौबारीका नारायणकाजी त यसै पनि संदिग्ध हुन भन्न अब थप शब्द खर्च गर्नु नपर्ला ?  भनी उनका समकालीनकाे आराेप रहेकाे छ । 

कमानसिंह लामाको एउटा बेइमानी के भने उनले रामेछाप गुन्सी भदौरेकी इन्द्रमाया तामाङलाई दोस्रो श्रीमती बनाएर घर भित्रयाए । इन्द्रमाया पनि नेकपा चौथो महाधिवेशन निकट सांस्कृतिक समूहकै कार्यकर्ता थिइन । जानकारहरुका अनुसार पर्दापछि रहेर कमानसिंहले नारायणकाजीहरुलाई गर्नुसम्म सेवा गरेका थिए । त्यही सेवा बापत पछिल्लो समयमा कोरियाको राजदूत पद समेत थमाइएको हो । तर, शोषण गर्ने क्रममा अन्त्य नभएपछि उनी उच्च जिम्मेवारीमा रहेका सबै नेताहरूको दैलो ढकढकाउन  पुगेका थिए । 

तर, कमानसिंहको आवाज मधुरो बनाइयो र उनको जीवन नै लुटियो । सायद यसको पाप पर्दा पछाडिका खेलाडी नारायणकाजी श्रेष्ठ, सुसन कर्मचार्यहरुले बेहोर्नु पर्ने छैन । किनकि उनीहरूलाई प्रधानमन्त्री केपी ओलीले समेत करिब दुई घण्टा समय समय दिने  पात्रका रुपमा आफुलाई स्थापित गरिसकेकी छन् ।   

यो पनि 

कुरी कुरी काजी सा’ब ! ढोँगीपनको पर्दाफास हुँदा पनि नेता इमानदार छन् भनेर भनी दिनुपर्ने !?

सांसदहरूको 'सस्तो लोकप्रियता', 'ढोँग' र 'पाखण्ड' ! तलब, भत्ता नलिने र दसैँ भत्ता फिर्ताको 'भद्दा मजाक' !!