भारतमा पहिलो चरणमा वम्पर मतदान

३ बजेसम्म ५६ प्रतिशत भोटिंग सम्पन्न

भारतमा पहिलो चरणमा वम्पर मतदान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाण्डौ । भारतमा भइरहेको १७ औं लोकसभा निर्वाचनको पहिले चरणको मतदानमा वम्पर भोटिंग भएको छ । 

पहिलो चरण अन्र्तगत आज चुनाव भइरहेका २० राज्यका ९१ निर्वाचन क्षेत्रमा दिउँसो तीन बजेसम्म ५६ प्रतिशत भोटिंग भएको विभिन्न भारतीय समाचार एजेन्सीले जनाएका छन् । 

भारतमा लोकसभाको चुनाव सात चरणमा सम्पन्न हुने कार्यक्रम रहेको छ । आज भइरहेको ९१ सिटका लागि १४ करोड मतदाता रहेका छन् । 

दिउँसो तीनबजेसम्म उत्तरप्रदेशमा ५१ प्रतिशत, उत्तराखण्डमा ४६ प्रतिशत, पश्चिम बंगालमा ६० प्रतिशत, मिजोरममा ५५ प्रतिशत, त्रिपुरामा ६८ प्रतिशत, तेलंगानामा ४९ प्रतिशत, मेघालयमा ५५ प्रतिशत, नागाल्याण्डमा ६८ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । 

समग्रमा ९१ सिटका लागि भइरहेको निर्वाचनमा दिउँसो तीनबजेसम्म ५६ प्रतिशत मतदान भइसकेको छ । भारतमा यस पटक मतदान प्रतिशत ६० पुग्ने विश्वास गरिएको छ ।   

याे पनि

राहुल गान्धीको सुरक्षामा कमजोरी, अनुहारमा लेजर लाइट देखियो

भारतमा लोकसभा निर्वाचन सुरु