शरीर तथा समस्त इन्द्रिय नै स्त्री हुन्

शरीर तथा समस्त इन्द्रिय नै स्त्री हुन्

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र ३०, २०७५

    यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः ।
    कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।। ३७ ।।

    कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम ।
    कुलक्षयकृतं दोषं प्रपश्यद्मिर्जनार्दन ।। ३८ ।।

भावार्थ – यद्यपि लोभले गर्दा आफ्नो चेतना शक्ति गुमाएका यी दुर्योधनादिहरू आफ्नो वंशनाश गरेको दोष र मित्रद्रोह जनित पापलाई देख्दैनन्, किन्तु हे जनार्दन ? हामीहरू त कुलक्षयकृत दोषलाई देख्दछौं, यस पाप कर्मवाट किन निवृत्त नहुने ?

विशिष्टार्थ – छैठौं अध्यायको पाँचौ श्लोकमा आत्मैव ह्यात्मनो बन्धु रात्मैव रिपु रात्मनः अर्थात् आत्मानै आफ्नो बन्धु हो,  आत्मा नै आफ्नो शत्रु हो भनिएको छ । यस शरीररूपी राज्यमा मनुष्य जब वासनाधीन हुन्छ तब ऊ–आफैं कहिले भोगी, कामी कहिले चोर यस्ता अनेकरूपहरू धारण गर्दछ । यस अवस्थामा असल भावले उसको मनलाई छुन सक्दैन, मनमा असल भाव आइ हाल्यो भने पनि असह्यकर संझेर त्यस भावलाई मनबाट हटाइदिन्छ । फेरि जब त्यही मनुष्यको कुनै सत् कामकाज वा सत् चिन्तन गर्ने समय आउँछ तब पनि त्यस मन्दभावलाई उसको मनले छुन सक्दैन् । मन्दभाव मनमा उठ्दा त्यसलाई शत्रु संझेर मनबाट भगाइदिन्छ । आफै आफ्नो उपदेष्टा, आफैं आफ्नो शिष्य बन्छ । मनुष्यमात्रलाई यो अवस्था ज्ञात हुन्छ । साधना पनि यस्तै हो । एक साधक नै एक पटक धृतराष्ट्र, एक पटक दुर्योधनादि बन्छ, अनि भीष्म, द्रोण, कर्ण आदि बनेर पनि देखा पर्छ । वासनाको वशवर्ती मनमा जस्तो भाव उत्पन्न हुन्छ त्यसले त्यही रूप लिन्छ । जब वासनालाई क्षय गर्ने समय आउँछ वा क्षय गर्ने चेष्टा गर्छ, त्यस बेला पनि मनमा जुन जुन भावहरू उत्पन्न हुन्छन् तत् तत् भाव अनुसार आपूmलाई त्यसै भावको भावुक आकारमा परिणत गर्छ । यसको फलले पनि आपूmलाई कहिले कर्ता, कहिले उपदेष्टा त कहिले आत्मज्योतिको पूर्ण विकासमा परेर कूटस्थ चैतन्यमा मिलेर गुरु बन्छ । फेरि कूटस्थबाट तल ओर्लेर जीवरूप अर्जुन बनेर प्रश्न गर्दछ । एउटै साधक साधनाक्रममा जस्तो जस्तो अवस्थामा पुग्दछ तिनै तिनैमा भावापन्न भएर कार्य गर्दछ । यो सबैमा आफू बन्ने प्रवृत्ति नै गीताको मूल तत्व हो । 

यी ३७।३८ श्लोकहरूको अन्तर्गत भाव पनि ठीक यसै अनुरूपको छ । साधक आफ्ना प्रतिकूल वृत्तिहरूलाई चेतना सम्पन्न मनमा निश्चय गरेर स्वयं बोलिरहन्छन् – एउटै अन्तः करणबाट समुदायवृत्तिहरू उत्पन्न भएका हुन्, अतः यी सबै एउटै कूलसम्भुत हुन् । यी सबैको काम हो आब्रम्हस्तम्ब पर्यन्त विश्व ब्रम्हाण्डको ज्ञानलाई ल्याएर चित्तपटमा पुर्‍याइदिनु । अतएव यी सबै (एकक्रिय) मित्र हुन् । प्रभेदको विषय यो हो कि – यी सबैको मित्र एक अंशले केवल मात्र ब्रम्हज्ञानलाई ल्याएर चित्तलाई प्रकाशमान् बनाई दिन्छ भने दोस्रो अंशले केवल मात्र विषय ज्ञानलाई ल्याएर चित्तलाई अभिभुत गर्दछ । साधक ब्रम्हज्ञान तिरको एक अर्जुन बनेर  आपूmले  बनाएका गुरुस्वरूप  आपूmलाई  अर्थात् कूटस्थ  चैतन्य (जनार्दन) लाई भन्दछन् – यी विषयज्ञानका दलहरू लोभमा परेर हतबुद्धि भएका छन् । यो युद्ध प्रारम्भ भएपछि दुबै पक्षको क्षय हेतु कुलक्षयको दोष र मित्रबधको पाप त लाग्छ नै, यी सबै कुरा तिनीहरूका दृष्टिमा आउँदैनन्, किन्तु हामीहरूलाई त थाहा छ, अतः यी पापहरूबाट निवृत्त किन नहुने ?

एक साधक नै एक पटक धृतराष्ट्र, एक पटक दुर्योधनादि बन्छ, अनि भीष्म, द्रोण, कर्ण आदि बनेर पनि देखा पर्छ । वासनाको वशवर्ती मनमा जस्तो भाव उत्पन्न हुन्छ त्यसले त्यही रूप लिन्छ । जब वासनालाई क्षय गर्ने समय आउँछ वा क्षय गर्ने चेष्टा गर्छ, त्यस बेला पनि मनमा जुन जुन भावहरू उत्पन्न हुन्छन् तत् तत् भाव अनुसार आपूmलाई त्यसै भावको भावुक आकारमा परिणत गर्छ । यसको फलले पनि आपूmलाई कहिले कर्ता, कहिले उपदेष्टा त कहिले आत्मज्योतिको पूर्ण विकासमा परेर कूटस्थ चैतन्यमा मिलेर गुरु बन्छ । फेरि कूटस्थबाट तल ओर्लेर जीवरूप अर्जुन बनेर प्रश्न गर्दछ । एउटै साधक साधनाक्रममा जस्तो जस्तो अवस्थामा पुग्दछ तिनै तिनैमा भावापन्न भएर कार्य गर्दछ । यो सबैमा आफू बन्ने प्रवृत्ति नै गीताको मूल तत्व हो । 

    कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः ।
    धर्मेनष्टे कुलं कृत्स्नमधर्मो ऽ भिमवत्युत ।। ३९ ।।

भावार्थ – वंश नाश भएपछि परम्परा देखि चलिआएका कुल धर्महरू पनि नाश हुन्छन्, धर्म नष्ट भएपछि समस्त कुल नै अधर्मले परिपूर्ण हुन्छ ।

विशिष्टार्थ – कुल–कु = शव्द स्पर्शादि विषय, ल = भोग वासना । विषय भोग वासनाको नाम कुल हो । विषय दुई प्रकारका हुन्छन् – बाह्य आँखा, कान, नाक आदिबाट जुन शव्द स्पर्शादि भोग हुन्छ त्यो पनि विषय हो, सर्वद्वार संयम गरेर आत्ममुखमा जुन रूप रस शव्दादि उपभोग गरिन्छ त्यो पनि विषय हो । पहिलो बहिर्बिषय हो, अतः स्थूल; दोस्रो अन्तर्विषय हो, अतः सूक्ष्म हो । बहिर्विषय भोगले विषयमा लट्पटिन्छ भने अन्तर्विषय भोगले विषय त्यागका लागि विषयबाट अलग हुनु पर्दछ । यो स्थूल–सुक्ष्म विषय भोग सप्तदश कलाद्वारा नै हुन्छ । दश इन्द्रिय, पञ्च प्राण, मन र बुद्धि यिनै सप्तदश कला हुन् । वासना, वैराग्य प्रभृति जुन वृत्तिहरू छन् ती सबै सप्तदश कलाद्वारा नै उत्पन्न हुन्छन् । यही समुदय  कुल हो । आत्म–युद्धमा यी सबै क्षयलाई प्राप्त हुन्छन् । यी सबैका प्रत्येकको एक एक गुण वा धर्म छ, जस्तो आँखाको धर्म देख्नु, कानको धर्म सुन्नु, मनको धर्म संकल्प विकल्प गर्नु इत्यादि । यी धर्महरू शरीरसंगै जन्मेर शरीरान्त पर्यन्त सर्वकाल विद्यमान रहन्छन् । अतः सनातन अर्थात् चिरन्तन छन् । त्यो कुल क्षय भएपछि सनातन धर्म नष्ट हुन्छ, जस्तो – आँखा निस्तेज भयो भने राम्ररी दर्शन हुँदैन, कान निस्तेज भयो भने राम्ररी सुनिदैन, मन दुर्वल भयो भने संकल्प विकल्पको लहर घट्दै जान्छ इत्यादि ।

यसरी क्षय अर्थात् नष्ट भएपछि पनि जे जस्तो अवशिष्ट रहन्छ त्यो अधर्मद्वारा अभिभुत हुन्छ, अर्थात् सबै उल्टापल्टा हुन्छ; जस्तो – धान भन्दा कान सुन्नु, पित्तरोगग्रस्त रोगीहरूको आँखाले सेतो रंगलाई पहेंलो देख्नु इत्यादि ।

    अधर्माभिमवात् कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः ।
    स्त्रीषु दुष्टासु वाष्र्णेय जायते वर्णसंकरः ।। ४० ।।


भावार्थ– हे कृष्ण ! अधर्मको प्रादुर्भाव भएपछि कुलस्त्रीहरू दूषित हुनेछन् । हे वाष्र्णेय ! स्त्रीहरु स्वधर्माचरणमा नरहे पछि वर्णसंकर सन्तानको उत्पत्ति हुन्छ ।

विशिष्टार्थ – यसरी अधर्म अर्थात् विपर्यय हुनाले  कुल स्त्री दूषित हुन्छन् । जसको गर्भमा सन्तान उत्पत्ति हुन्छ उसलाई स्त्री भन्दछन् । चैतन्य संयोगद्वारा भित्र र बाहिरका इन्द्रिय समूहले सुख, दुःख, वासना, वैराग्य, राग, द्वेष प्रभृति विविध वृत्तिहरू उत्पन्न गर्दछन्, अतः यो शरीर तथा इन्द्रिय समूह सबै नै स्त्री हुन् । यी स्त्रीहरू सबै दूषित हुनेछन् अर्थात्् शरीर व्याधिग्रस्त हुनेछ । शरीर व्याधिग्रस्त हुनाले नै वर्ण दोष अर्थात् शरीरको रूप तथा लावण्य नष्ट हुनेछ,  तथा शारीरिक यन्त्रादिहरूको काम गर्ने शक्ति पनि बदलिनेछ, स्वरूपमा रहने छैन ।

    संकरो नरकायैव कुलध्नानां कुलस्य च ।
    पतन्ति पितरोह्येषां लुप्तपिण्डोदलक्रियाः ।। ४१ ।।

भावार्थ – वर्णसंकर कुलनाशक तथा आफ्नो कुललाई नरक लैजान्छन् । यिनीहरूका पितृहरू लुप्तपिण्डोदक भएर निश्चय नरकमा पर्नेछन् ।

विशिष्टार्थ – व्याधिग्रस्त (संकर) शरीरको मनोभाबमा ब्रम्हज्योतिले प्रकाश पाउनै सक्दैन । सर्वदा दुश्चिन्ता, मन्द दिशामा रति मति हुन्छ, अतः दश दिशामा शरीरको क्षय भैरहन्छ, सुस्थ (समृद्ध) अवस्थामा क्रिया गर्दा गर्दा अनुभव हुँदा (अणु हुनु) को बेला जुन सबै महापुरूषहरूका साथ साक्षात्कार हुन्छ अनि ब्रम्हज्योति (पिण्ड) को दर्शन हुन्छ तथा सहस्रारबाट जुन सुधा (उदक) क्षरण भएर सकलको पुष्टि साधना गर्दछ, त्यो लोप हुन्छ, ठीक मार्गमा प्राणायाम (क्रिया) हुँदै हुँदैन, त्यसकारण अनुभव नष्ट हुन्छ । यो अनुभवको बेला स्थूल शरीरको कुनै ज्ञान हुँदैन, केवल सूक्ष्म शरीरको क्रिया जाग्रत अवस्थाको जस्तै चलिरहन्छ । मृत्युपछि पितृहरू पनि तैजस आकार धारण गरेर छाँयाशून्य सूक्ष्म शरीरमा क्रियाफल भोगिरहन्छन्, प्रत्यक्ष हुन्छन् । पितृ अवस्था र यो अनुभवको अवस्था कार्यतः एउटै हो । केवल स्थूल शरीरको पात नभएको हुनाले केही अन्तर मात्र रहन्छ । त्यो अनुभव अवस्थाको उदय बन्द हुन्छ, त्यसकारण पितृहरूको पतन र पिण्ड, उदक तथा क्रियाको लोप भनिएको हो ।

   दोषैरेतैः कुलघ्नानां वर्णसंकरकारकैः ।
    उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्चशाश्वताः ।। ४२ ।।

भावार्थ – यसरी युद्ध गरेर आफ्नो कुलनाश गर्नेहरूका वर्णसंकर सन्तान उत्पन्न गर्ने दोषका कारण जाति धर्म तथा सनातन कुल धर्म पनि लोप हुन्छ । 

विशिष्टार्थ – वर्णसंकरको उत्पादक शारीरिक विकारले शरीर काम लायक रहदैन । जुन जातिको, जुन कुलको, जुन सनातन धर्म हो त्यो पनि त्यस वर्णसंकर शरीरद्वारा संपादन हुन सक्दैन, अतः उत्सन्न हुन्छ ।

    उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन ।
    नरके नियतं वासो भवतीत्यनुशुश्रुमः ।। ४३ ।।

भावार्थ – हे जनार्दन ! जसका कुल धर्म नष्ट भएका छन् त्यस्ता मनुष्यको सदैव नरकमा वास हुन्छ भन्ने कुरा हामीले सुनेका छौं ।

विशिष्टार्थ – जनार्दन– जन = जन्म, अर्दन = पीडन, जन्मलाई जसले पीडित गर्दछ अर्थात् जसले मुक्ति दिन्छ उनैलाई जनार्दन भनिन्छ । यहाँ कूटस्थ चैतन्यलाई नै लक्ष्य गरेर भनिन्छ – हे जनार्दन ! सुनिन्छ कि जसका मनोधर्म छन् यदि ती सबैका सम्पूर्ण शरीर धर्म दूषित भएर जब शरीरपातको उपक्रम हुन्छ त ती सबैका मनमा उच्च चिन्ता अभिलाषादि अरू आउँदैनन्, कुनै प्रकार प्रायश्चित गर्ने (क्रिया विशेषद्वारा चित्तको शुद्धि सम्पादित गर्ने) शक्ति रहदैन । ती सबै निरन्तर दारुण कष्ट भोग्दै नीच चिन्ताद्वारा शरीर पात गर्दछन् ।

    अहो वत महत् पापं कर्तुं व्यवसिता वयम् ।
    यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ।। ४४ ।।

भावार्थ – बडो दुःखको कुरा हो, राज्यको सुख, ऐश्वर्य भोगको लोभमा परेर आफ्ना बन्धुबान्धवहरूलाई मार्न तयार भएका हामीहरू ठूलो पाप गर्ने उद्योग गर्दैछौं ।

विशिष्टार्थ – हरि ! हरि ! योगको कुहक जालमा परेर आप्mनो सहजात शरीरलाई नष्ट गरेर योग राज्य पाउनका लागि हात बढाइरहेको छु । हाय ! हाय ! । कस्तो महापाप गर्दैछु, आप्mनो  शरीरलाई  आपैm नष्ट गर्दैछु , आत्महत्या गर्दैछु । कस्तो सुखको लोभ हो, छिः ! छिः !  छिः ! !  शुरूशुरूमा साधक योगमा प्रवृत्त भएर पनि अज्ञानताले गर्दा योगको तत्वलाई वुभ्mन नसकेर जब अवसन्न तथा हतास हुन्छ त्यसबेला उसको मनभित्र स्वतः यस प्रकारको धिक्कार आउँछ ।

    यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
    धार्तराष्ट्रा रणे हन्यु स्तन्मेक्षेमतरं भवेत् ।। ४५ ।।

भावार्थ – यदि शस्त्र अस्त्रधारी दुर्योधनादिहरू युद्धमा विना हातहतियारको, कुनै प्रकारको प्रतिकार नगर्ने मलाई मार्छन् भने पनि त्यो मेरो लागि अत्यन्त श्रेयस्कर नै हुनेछ ।

विशिष्टार्थ – मनमा जब धिक्कार आउँछ तव साधकले सोच्न थाल्दछन्् अब म योगक्रिया गर्ने छैन । विषयवृत्तिको आकर्षणलाई नष्ट गर्नका लागि प्राणायाम रूप शस्त्र ग्रहण गर्ने छैन र कुनै प्रतिकार पनि  गर्ने छैन । यसमा यदि मलाई धार्तराष्ट्र वृत्ति अर्थात्् संसारमुखी वृत्ति समूहबाट आक्रान्त भएर ज्वालामय संसार यन्त्रणामा जन्म जन्म जलेर मर्नु परोस् तापनि त्यो मलाई सह्य हुनेछ, तर भोग त्याग गरेर तमाम इन्द्रियवृत्तिहरूलाई नष्ट गर्ने उपायद्वारा विकलाङ्ग भएर जिउँदै मरे जस्तो वनेर जीवनमुक्त नाम खरीद गर्नु राम्रो लाग्दैन । यसरी योगानुष्ठान गरेर प्राप्त ब्रम्हराज्यको मलाई कुनै प्रयोजन छैन ।