केही हाइकु

केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  माघ ३, २०७७

फाल्ने बेला भो
मै राज्य भन्नेलाई
पिलो निचोरी

वार कि पार
महायुद्ध जारी छ
भाइ भाइमा

विधि पद्धति
ठूलालाई लाग्दैन
ठालुले भने

आगो ताप्दै छ
हाम्रो घर जलाइ
अपराधीले

कमिला उड्यो
देख्नेलाई रमिता
झर्‍यो नालीमा

मित्र हुँ भन्दै
छुरा धस्यो छलीले
मिठो बोलेर

अपच भ छ
जनताको विश्वास
मार्‍यो बीचैमा

को माथि होला
विधि विधान भन्दा
लोकतन्त्रमा

ऊ पछारियो
टुकुचा किनारमा
दम्भले गर्दा 

लोक रुवायो
वाचा कबुल बिर्सी
पन्पक्ष गरी