हामी कुनै विशाल जीवशरीरको परजीवी हाै‌ !

हामी कुनै विशाल जीवशरीरको परजीवी हाै‌ !

ज्ञानमित्र  |  जीवनदर्शन  |  बैशाख ४, २०७६

सन् २००३ को शिवरात्रि पछि जीवनबारे बुझ्न फर्पिगंको रातो रिम्पोछे मोनास्ट्रीबाट प्रारम्भ भएको यात्राले मेरो जीवनशैली नै परिवर्तित गर्‍यो । योग, ध्यान, तन्त्र र अनेकौ धार्मिक ‘रिचुअल्स’बाट प्रारम्भ भएको यस अध्यात्मिक यात्रामा अनेकौं ‘चढाव’ आए ।

चढाव मात्रै उल्लेख गर्नुको स्पष्ट आशय के हो भने, हामी प्रचलित अर्थमा जसलाई ‘उतार’भन्छौ नि ! त्यो फगत हाम्रो ‘मिस कन्शेप्सन’ हो । जीवनमा ‘उतार’ र ‘चढाव’ जस्तो केही हुन्न ।

जीवन भन्नाले तपाई आफ्नो जीवन मात्रै बुझ्नुहुन्छ भने तपाई जे गर्दै हुनुहुन्छ त्यसमै रमाउनुस् । यो प्रकरण र सन्दर्भ तपाईको चेतनाका लागि होइन ।

अध्यात्म र विज्ञानका दृष्टिमा सम्पूर्ण ब्रह्माण्ड नै एउटा विशाल जीवन हो । हामी त्यस विशाल जीवनको एक कोशिका मात्रै हौं । निश्चय पनि अधिकांश पाठकले बुझ्नु भएन होला ! तपाईलाई बुझाउन सक्ने लियाकत र  दम्भ मसँग छैन, एउटा सानो प्रयास मात्र गर्छु ।

तपाईको शरीर माथि वर्णित १ सय ३७ ट्रिलियन जीवहरुको घर हो । तपाईले यस विश्व ब्रह्माण्डमा विचरण गरे जस्तै तपाईको शरीर भित्र रहेका १ सय ३७ ट्रिलियन जीवहरुका लागि तपाईको शरीर नै विश्व ब्रह्माण्ड हो । तपाईको शरीर नै यी जीवको प्रेम, युद्ध, जीवन, मरण, उत्पादन, संघर्ष लगायत यावत गतिविधिको क्रीडाभूमि हो ।

विज्ञान भन्छ जीवनको (जीवित प्राणीको) सबैभन्द सानो प्रारुप कोशिका हो । पृथ्वीमा जीवनको प्रारम्भ एक कोशिय जीवन (UNICELLULAR) बाट भएको हो । यिनै एक कोशिकीय बाट बहुकोशिकीय (MULTICELLULAR) जीवहरुको विकास भएको हो । तपाईको शरीरमा (मानिसको शरीर) ३७ ट्रिलियन कोशिका हुन्छन् । प्रत्येक कोशिका आफैमा स्वतन्त्र जीवन हो, जीवनको सबैभन्दा सानो र सबैभन्दा पहिलो प्रारुप नै कोशिका हो ।

के तपाईले कहिल्यै अनुभव गर्नु भएको छ, तपाई आफ्नो शरीरभित्र वा भनौ आफूभित्र ३७ ट्रिलियन जीवन बोकेर हिडिराख्नु भएको छ । एउटा तन्नेरी शरीरमा ९ करोड ६० लाख जीवन प्रत्येक मिनेटमा मरी रहेका हुन्छन् । र यति नै संख्यामा नयाँ जीवन हुर्की रहेका हुन्छन् । (हाम्रो शरीरमा रहेका कोशिका मर्ने गर्छन् र मर्नु पूर्व आफ्नो प्रतिलिपि कोशिका बनाउँछन् )।

यसैगरि एक मानव शरीरमा, एउटा अर्को प्रकारको जीवन पनि हुन्छ । हामीले माथि जुन कोशिकाबारे चार्चा गयौं, ती आफूभित्र ‘न्युक्लियस’ लिएका ‘युक्रायोटिक’ (EUKARYOTIC) कोशिका हुन् । कोशिकाको अर्को एउटा प्रकार ‘प्रोक्रायोटिक’ (PROKARYOJIE) पनि हुन्छ । हामीले भन्ने गरेको ‘ब्याक्टेरिया’ यही ‘प्रोक्रायोटिक’ कोशिकाबाट बनेको हुन्छ । विकासक्रममा सर्वप्रथम यिनै ‘प्रोक्रायोटिक’ कोशिका बनेका थिए । हाम्रो शरीरमा ‘ब्याक्टेरिया’को संख्या मानव कोशिकाभन्दा बढी हुन्छ । एक अनुमान अनुसार हाम्रो शरीरमा व्याक्टेरियाको संख्या झण्डै एकसय ट्रिलियन अर्थात कोशिकाभन्दा झण्डै तीन गुना बढी हुन्छ ।

अब भनौ तपाईको शरीर माथि वर्णित १ सय ३७ ट्रिलियन जीवहरुको घर हो । तपाईले यस विश्व ब्रह्माण्डमा विचरण गरे जस्तै तपाईको शरीर भित्र रहेका १ सय ३७ ट्रिलियन जीवहरुका लागि तपाईको शरीर नै विश्व ब्रह्माण्ड हो । तपाईको शरीर नै यी जीवको प्रेम, युद्ध, जीवन, मरण, उत्पादन, संघर्ष लगायत यावत गतिविधिको क्रीडाभूमि हो ।

ठीक यसरी नै विराट सहजीवनमा एउटा अति अति विशालकाय जीवको परिकल्पना गर्नुस् । यी तमाम आकाश गंगा, अनेकौ र अनेकन प्रकारका तारा, ग्रह, उपग्रह लगायत समस्त ज्ञात अज्ञात पिण्ड त्यस विशाल जीवका अंग प्रत्यंग हुन । ब्रह्माण्डमा रहेका समस्त सूर्य त्यस जीवको मस्तिष्कका न्युरान कोशिका हुन । पृथ्वी जस्ता समस्त ग्रह त्यस जीवका ‘स्किन’ कोशिका हुन् । पृथ्वीमा रहेको सम्पूर्ण जीवन मानौ (ज्ञात अज्ञात सबै, पृथ्वी जस्तो जीवन सम्पन्न ग्रहहरुको जीवन) त्यस विशाल प्राणीको ‘स्किन’ कोशिकाको सबैभन्दा बाहिरी भाग ‘इपिडर्मिस’ (EPIDERMIS) सदृश्य हो । हामी मनुष्यहरु यसै ‘इपिडर्मिस’ क्षेत्रमा बसोबास गर्ने ब्याक्टेरिया अथवा आर्चिया (ARCHEA) जस्तै जीवन (DOMIANS OF LIFE)   व्यतीत गर्ने परजीवी हौ । यसबारे एकपटक चिन्तन गरी हेर्नुस त !

आफ्नो जीवनमा अध्यात्म र विज्ञानको ‘फ्युजन’ र ‘फिजन’ गरेपछि मेरा लागि उतार र चढाव अथवा उतारचढाव शब्द व्यर्थ हुन गए ।