दशा लाग्दोरैछ

दशा लाग्दोरैछ

रवीन्द्र आनन्द  |  समाज  |  बैशाख १४, २०७६

सिंढी चढिरहने जोशको पनि नशा लाग्दोरैछ 
 मान्छेले मान्छेलाई बिर्सिने दशा लाग्दोरैछ ।

सम्वन्धको नेटवर्कमा भाइरस लागेपछि
 मान्छेको तस्विर धमिलिने दशा लाग्दोरैछ । 

दिनरात मायाको न्यानो राप नपाएपछि 
उखुको रसपनि अमिलिने दशा लाग्दोरैछ । 

आफ्नाहरु सबै मुटुमा जम्न लागेपछि 
निचोरिएर आँखाबाट बग्ने दशा लाग्दोरैछ । 

हिऊँझैं भएर कठोर जम्न लागेपछि 
घामै पनि लुखुरलुखुर हिड्ने दशा लाग्दोरैछ ।