क्यानभासमा टम अल्टर

क्यानभासमा टम अल्टर

बसन्त कुमार उपाध्याय  |  लोकरञ्जन  |  बैशाख १६, २०७६

‘शक लोगो ने मुझ पे किया
उस शक को दूर मैने किया
शक करना उसका कसुर नहीँ
शक दूर करना मेरा काम था...’

– टम अल्टर, भारतीय अभिनेता

अंग्रेजी र हिन्दी लवजको बोली, ब्रिटिस वा अमेरिकनजस्तै अनुहार, झुस्स दाह्री, अनि कैलो कपाल । हिन्दी चलचित्रमा अक्सर ब्रिटिस (अंग्रेज)को भूमिकामा देखिने पात्र टम अल्टरको लुक्स हो यो । फिल्मी करिअरमा उनलाई आप्mनो अनुहारले प्राय ब्रिटिस शासकको पात्रमा मात्रै भूमिका मिल्थ्यो । पछि उनले थुप्रै चलचित्रमा भारतीय पात्रको भूमिका पनि निर्वाह गरेर आफूलाई सफल कलाकारको रूपमा प्रमाणित समेत गरे । उनी आफ्नो परिवारमा पाँचौ पुस्ताका रूपमा सन् १९५० जुन २२ मा तारिकमा भारतको मसुरीमा जन्मिएका थिए । उनी भारतीय नागरिक हुन् । तर, सन् २०१४ मा एक टिभी कार्यक्रम ‘संविधान : राज्यसभा सासंद’ मा उनले निभाएको मौलाना अबुल क्लाम आजादको भूमिकाले उनलाई थप उचाइमा लग्यो । 

उनको परिवार सन् १९१६ मा अमेरिकाको ओहायोबाट बाइबलको प्रचारका क्रममा भारत आएको थियो । तर, भारत विभाजन भएपछि उनको परिवार टुक्रियो । उनका हजुरबुबा–हजुरआमा पाकिस्तानमा बस्न थाले भने बुबा–आमा भारतमै । उनको पुरै परिवार मिसिनरी बाइबलको प्रचार अभियानमा थिए । परिवारका सदस्यमध्ये धेरैजसो पादरी नै थिए ।

उनका बुबा–आमाले मसुरी, इलाहवाद, शहारनपुर हुँदै सन् १९५४ मा आमा बाबुले मसिही ध्यान केन्द्र राजपुरमा स्थापना गरेपछि टम त्यहीँ बस्न थालेका थिए । राजपुर एउटा त्यस्तो स्थान चुने, जहाँ एकतर्फ यमुना नदी र अर्कोतर्फ गंगा नदीको तट, मनोरम स्थल । 

मसुरीको बुड स्कुलबाट टमको पढाई सुरु भएको हो । उच्च शिक्षाका लागि सन् १९६८ मा अमेरिका पुगेका टम अमेरिकाको पढाई नसकेर फेरि भारत फर्किए । उनले १९ वर्षकै उमेरमा हरियाणाको सेन्ट थोमस विद्यालयमा खेल प्रशिक्षकको जागिर खाए । टमले फिल्म एण्ड इन्स्टिच्युट अफ पुणेमा दुई वर्ष अध्ययन गरे । रोशन तडेजाको निगरानीमा सन् १९७२ देखि ०७४ सम्म त्यहाँ अध्ययन गरे । १९७७ मा नसरुद्दिन शाह र वेन्जामिन गिलानीसँग मिलेर मुग्ली थिएटर खोलेर रंगमञ्चमा उत्रिएका थिए ।

The Longest Race, Rerun at Rialto and The Best in the World टमले लेखेका पुस्तक हुन् । टमले क्रिकेट कमेन्ट्री पनि गरे । १९७९ मा आएर पृथ्वी थिएटरमा आवद्ध भएर काम गरेका टम जीवनको अन्तिम समयसम्म पनि थिएटरमै जमे । मिर्जा गालिवको जीवनीमा आधारित नाटकमा उनले गरेको अभिनयलाई भारतमा खुबै रुचाइयो ।

सन् १९८१ मा आएको चलचित्र क्रान्तिमा एक ब्रिटिस अधिकारीको भूमिका निभाएका टमले ३ सय ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । चलचित्र आराधना मा राजेश खन्नाको भूमिका र सर्मिला टैगोरको आर्कषक रोलबाट प्रभावित भएका टमले आफूलाई बलिउडतर्फ सोझ्याए । टमले इरफानसँग आप्mनो अन्तर्वार्ताका क्रममा आराधना फिल्म तीन पटकसम्म हेरेको खुलासा गरेका छन् । 

अनुसाशनमा नबस्नेले भन्ने गरेको स्वतन्त्र रहनु भन्नु बिग्रनु नै हो भन्ने मान्यता राख्ने टमले आप्mनो फिल्मी करियर सन् १९७६को रामानन्द सागरको चलचित्र चरशमा भन्सार अधिकारीको भूमिकाबाट सुरु गरेका थिए ।

सन् २००९ मा भारत सरकारले प्रदान गर्ने पद्यम श्रीबाट सम्मानित टमले राज कपुरको चलचित्र राम तेरी गंगा मैलीमा गंगाका भाई कर्मा सिंहको भूमिका निभाए । त्यो पात्रले उनलाई भारतमा उच्च कोटीको कलाकारमा समाहित गरायो । त्यो चलचित्र हेरेका भारतीय महिलाले टमलाई मसुरीमा खुट्टामा नै ढोग गरेको चर्चा समेत थियो ।
राजेश खन्नाका भक्त भन्न रुचाउने टमले आफूलाई नसरुद्दिन शाहका दिवाना पनि भन्थे । कुनै बेला थियो– भारतमा राजेश खन्ना र नसरुद्दिन एक अर्काका कट्टर आलोचक थिए । 

जुनुन भारतमा झण्डै १० वर्ष चलेको टेलिभिजन शृंखला हो । टमले उक्त शृंखलाका लागि केशव काल्सी पात्र बनेर आफ्नो  भूमिकामा लगातार प्रस्तुति दिइरहे ।
टमले १९७७मा आएको चलचित्र सतरजंके खिलाडी मा क्याप्टेन वेष्टनको दमदार भूमिका निभाए । नौकरी, देशप्रदेश, परवरीस, रामभरोसे, अत्याचार टम अभिनित सफल चलचित्र हुन् । त्यसैगरी सन् १९८१ मा आएको कुदरत चलचित्रमा मेजर थोमस वाल्टरको भूमिकामा उनले निकै मेहनत गरेका थिए । 

On wings of fire सन् १९८७ मा आएको अंग्रेजी चलचित्र हो, Priest भूमिका निभाएका टमले एकपछि अर्को अंग्रेजी भाषाका चलचित्रमा अभिनयसमेत गरे । सन् १९८९ को त्रिदेव, आशिकी १९९०, दूधका कर्ज १९९०, फरिस्ते १९९१, जब प्यार किया तो डरना  क्या १९९१ टम अभिनित हिट चलचित्र हुन् ।

सन् २००२ मा प्रदर्शन भएको भारत भाग्य विधाता चलचित्रमा मोहोम्द जलालुद्दिनको भूमिका निभाएका टमले आफूलाई एक पछि अर्को हरेक भूमिकामा अब्बल प्रमाणित गरे ।

Love at Times Square सन् २००३ मा आएको चलचित्रमा टमले मिस्टर ग्रेको भूमिका निभाएका थिए । यस्तै, २००४ मा आएको फिल्म विर जारा मा एक डाक्टरको भूमिका निभाएका थिए । उनी भारतीय चलचित्र मात्रै नभई अन्य मुलुकमा बन्ने चलचित्रका लागि पनि एक रोजाइका पात्र भए । २००९ मा आएको चलचित्र अवतार मा टमले एडिसनल नेभी पिपुलको भूमिका निभाएका थिए । २०१६ मा बनेको अंग्रेजी चलचित्र Life flows on मा टम नामक पात्रको भूमिकामा उनि निकै जमेका थिए । The Black cat उनको जीवनको उत्तरार्धको निकै चर्चित फिल्म हो । 

दूरदर्शनमा सन् १९९८ देखि २००५ सम्म चलेको शक्तिमान र स्टार प्लसका लागि सन् २००३मा हातिम चलचित्रका अलावा उनी अभिनय गरेका सफल टेलिशृंखला हुन् । 

कुनै बेला पत्रकारितामा समेत आफूलाई उभ्याएका थिए, टमले । टमले सन् १९८८मा लिएको भारतीय क्रिकेटका महान खेलाडी सचिन तेन्डुलकरको भिडियो अन्तर्र्वार्ता निकै चर्चित भएको थियो । त्यतिबेला सचिनको उमेर केवल १५ वर्ष थियो । त्यो नै सचिनको पहिलो अन्तर्वार्ता थियो । पत्रकारिताका दौरान क्रिकेटमा रुचि रहेका टमले भारतीय चलचित्र उद्योगमा खोलिएको चर्चित क्रिकेट टिम  म्याच कट क्लवबाट कप्तानको भूमिकासहित क्रिकेट खेलेका थिए । 

उर्दू र हिन्दीमा गरिने शेर शायरीका उनी जानकार थिए । सन् १९७७ मा केरल एवंससँग विवाह गरेका टमका एक छोरा र एक छोरी छन् । छोरा जमी र छोरी अस्फानाले क्रिकेटसँग सम्बन्धित अनलाइन क्रिक इन्फो डट कम र क्रिक बज डट कमका लागि काम गर्छन् ।

चलचित्र र रंगमञ्चमा ४३ वर्ष कटाएका टमको सन् २०१७ सेप्टेम्बर २९ मा निधन भयो ।