जीवनका कथाहरु

जीवनका कथाहरु

चिरन ‘चिदानन्द’  |  साहित्य  |  असार ५, २०७८

जिउँदो सपना देखाउने मुर्दाहरु 
जब श्वास फेर्न थालेपछि 
श्वास रोकिंदो रहेछ 
जिउँदो हुँ भन्ने मानिसहरु

बादहरुले कति जिस्काउँदो हो 
लगाम लगाएका घोडाहरु ?
धोति फुकाली पहिचान देखाउने 
तथाकथित हाम्रा अग्रजहरु

अति भो अब त कृतिम श्वास फेरी बाँच्नु पर्दा 
जीवनको मूल्य नै तोक्ने शासकहरु 
शास्त्रमा मात्र सँधै रटायौ 
अमूल्य जीवनका कथाहरु 

ती दिनहरु कुरि हेरिरहेछन्
निसास्सिएर बितेका ती मानिसहरु      
आउने त बाटो उही नै हो 
भन्दै दिनहरु कुर्दछन गनी गनी