सीताराम नेपाल | साहित्य | असार १२, २०७८
युवा गर्जदा
राष्ट्र ब्युझेको हेर
बैरो नबनी ।
नेता पुत्रको
अभिलाषा चुलिदा
थेग्न के सक्नु ?
अन्नको याम
भागमा खल्यामट्या
कमैया रुष्ट ।
हुँदा खाने म
धनको जग्जगीमा
घून बनीछु ।
हामी नेपाली
सिरुपाते खुकुरी
मूलको पानी ।
आदर्श बिर्सियो
सत्तामा पुगेपछि
त्यागी नेताले ।
बषन्त याम
बैसालु फूल खेल्दा
बृद्ध जोशिए ।
नक्कली दाँत
खल्वाँटे टाउकोमा
फुर्ती के झार्नु ?
नफुर्क तिमी
फूलबुट्टा भरेर
भोको पेटमा ।
कुस्ती खेलेर
अज्ञानता नजिती
ज्ञान पाइन्न ।