बम बानियाँ | साहित्य | असार १९, २०७८
थुनिएर बन्द कोठामा
भ्याक्सीन कुरिरहेका
सोर्समा लाइन लागिरहेका
भ्याक्सीनमा जविन छ या मृत्यु के ग्यारेन्टी
कहाँ छ सुरक्षा मृत्युको
फेरि तेस्रो भेरियण्टको त्रसादि पालेर
व्यवहारमा डमाडोल डुबेका
ए मेरा सन्तानहरु
जाग उठ र आऊ घर
फोरेर बन्दकोठा निस्क बाहिर
बाँच्न चाहान्छौ भने भाग भेण्टिलेटरबाट
प्राकृतिक हावा खाऊ
तिम्रो जिम्मेवारी धेरै छ
पाल्नुछ तीन तहको सरकार
तिर्नु छ कर
गर्नु छ संस्था कम्पनी नविकरण
डब्बल माक्सले उकुसमुकुस बनाएर फोक्सो
कहाँ खाजिरहेछौ संजीवनी बुटी
स्यानिटाइजरले पत्रिएका छालामा
के ग्यारेन्टी भाइरस सर्छ या मर्छ
यहि खोपले
यहि माक्सले
यहि सेनिटाइजरले
ऊ बन्दैछ संसारका व्यापारी
बन्दैछौ हामी कंगाल
कठिन भएपछि जीउन
सक्दैन तिम्रो भ्याक्सिनले वचाउन
कमजोर भएपछि फोक्सो
जरुरी पर्दैन तिम्रो माक्स
छिरेपछि भेण्टीलेटरमा
धेरै टिक्दैन तिम्रो अक्सीजन
त्यो केवल भ्रम हो
खास त
मेडिकल माफियाहरुको सुनौलो
विश्वव्यापि व्यापार हो
भो छाडिदेऊ यो सबै दर्दनाक कथा
बाँझै छन् जमीनहरु
आऊ जोत्नु छ जमिन
फलाउनुछ केही थान जीवन
विश्व स्वास्थ्य खेलमैदानमा
किनवेचको मतियार बनेको छ
विश्व स्वास्थ्य संगठन
कमिसनका एजेन्ट बनेकाछन् देश र सरकार
वाँच्नलाई कला चाहिन्छ
बरु सिकौ वाँच्ने कला
यहाँ खोजिरहेका छैनन् कसैले कसैलाई वचाउन
यहाँ त भै रहेछ मार्ने र सक्ने खेल
बर्षा लागेको छ
कमलो बनेको छ जमीन
जुरमुराइ रहेको छ उर्भर भुमी
चाहिन्दै सामाजिक दुरी
छिरौं खेतबारीमा
गरौं रोपाई
गर्दै उकाली ओराली
वरपिपल चौतारीमा खाउ अक्सीजन
बसौ संगै सपरिवार
गाउँमै छोडेर खुसीहरु
खोज्दै खुसी कहाँ पायौ र खुसीहरु
गाउँमै बन्ने छ मजबुत शरिर
पचाउनेछौं कुनैपनि भेरियन्ट