हिम मानव : कल्पना कि वास्तविकता ?

हिम मानव : कल्पना कि वास्तविकता ?

बसन्त कुमार उपाध्याय  |  दृष्टिकोण  |  बैशाख २०, २०७६

अप्रिल ९ मा नेपालको मकालु वरुण बेस क्याम्प क्षेत्रमा हिम मानव ‘यती’को पदचाप (पैतलाको छाप) देखिएको तस्बिर भारतीय सेनाको अफिसियल ट्विटरमा सार्वजनिक भएपछि यसबारे विश्वभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा चलेको छ । 

तर, यसबारे नेपाल सरकारको आधिकारिक धारणा बुझ्न सकिएको छैन । भारतीय  सेनाले सार्वजनिक गरेको उक्त तस्बिरबारे नेपाल सरकारको औपचारिक धारणा के छ ? यो एउटा विषय भयो ।

हिम मानव, ‘यती’ के हो ? यस्तो कुनै जीव छ वा यो कुनै काल्पनिक कुरा हो ? यस्ता धेरै कौतुहलता उत्पन्न हुन्छन् ।

‘यती’को पनि फरक–फरक अर्थ छन् । यो तिब्बती भाषाबाट आएको भनिन्छ । तिब्बती भाषा हाम्रो उत्तरी भेगमा बस्ने शेर्पा समुदायसँग जोडिएर आउँछ ।

नेपाली शब्दकोष अनुसार ‘यती’ भनेको ‘हिमालमा रहने मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी हिम मानव वा वन झाँक्री’ हो । यस्तै, शब्दकोषले छन्दमा स्वास लिन रुकिने ठाउँलाई यती भनेर अथ्र्याएको पाइन्छ । 

शेर्पा समुदायमा प्रयोग हुने येह र तहको रूप नै यती भन्ने पनि पाइन्छ । त्यसो हो भने यहको अर्थ चट्टान र तहको अर्थ जीव भन्ने बुझाउँछ ।

Abominable Snowman अर्थात् घृणित मानव भनेर पनि यतीको विषयमा केही अध्ययन अनुसन्धान भएका छन् ।

यतीका पद चाप अथवा पाइला देखिएको र त्यसलाई नाप गर्दा ३२ बाई १५ इन्चसम्मको पाइएकाले यती १० फिटभन्दा अग्ला र २ सय ५० किलोग्रामभन्दा बढी तौलका हुन सक्ने अनुमान गरिएको छ । नेपाली शेर्पा समुदायले यो जीव अँध्यारोमा मात्रै निस्कने गरेको विश्वास गर्छन् । त्यसैले आजसम्म कसैले यसलाई प्रत्यक्ष देखेको प्रमाण नै भेटिएका छैनन्, केवल दाबी मात्रै गरिएका छन् । वैदिक सनातन हिन्दू धर्मका केही प्रर्वतकले यी पाइला अस्वस्थामा ऋषिको हुन सक्ने बताउँछन् । अष्ट चिरिञ्जीविमध्ये अस्वस्थामा पनि एक हुन् । जो अहिलेसम्म जीवित छन् भन्ने पौराणिक मान्यता छ । 

सन् १९५३ मा सगरमाथा आरोहण गर्दा सर एडमण्ट हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पनि यस्ता पदचिन्ह देखेको तेन्जिङले आफ्नो बायोग्राफीमा लेखेका छन् । उनले त आफ्ना बाबुले यस्ता यतीलाई दुई पटक भेटेको दाबी गरेका छन् ।

भारतीय सेनाले सार्वजनिक गरेको तस्बिरका विषयमा भारतीय सञ्चारमाध्यममा प्रमुखताका साथ कभरेज भएको छ । त्यसैगरी पिपुल्स डेली, चाइना  लगाएतका सञ्चार माध्यममा यसबारे समाचार प्रकाशित भएका थिए । 

डेली मेलमा सन् २०१६ मा प्रकाशित एक रिर्पोटले भुटानमा पनि यस्तै तस्बिर भेटिएको देखाएको थियो । उक्त रिर्पोटलाई आधार मान्ने हो भने त्यो तस्बिरमाथि वैज्ञानिकले अनुसन्धान गर्दा कुनै पनि जनावर नभएको तथ्य बाहिर आएको थियो । भुटानमा देखिएको भनिएको उक्त तस्बिर स्टिभ डेरी नाम गरेका एक व्यक्तिले लिएका थिए ।

सन् १९५१ मा सगरमाथा चढ्न हिँडेका एरिक सिप्टेनले समुद्री सतहबाट करिव ६ हजारको उचाइमा पुग्दा यस्तै पदचाप देखेका थिए । विश्वभरमा यो नेपाल तिब्बत र यही क्षेत्रको हिमालमा रहने विश्वास गरिन्छ । 

एभरेस्ट रिकन्सिन्सन एक्सपिडिसनको अभियानमा आएका चाल्र्स हर्वड वरीले सन् १९२१ मा माउण्ट एभरेस्ट द रिकन्सिसी पुस्तकमा ६ हजार ४ सय मिटरको ‘लक्पा ला’ क्षेत्र यात्रा गर्दा यस्तै पदचिन्ह भेटिएको विषयमा रोचकताका साथ लेखेका छन् । एक अर्का लेखक हेनरी न्युमनले द स्टेटमेन  कालागी ‘यती’  वा Abominable Snowman का विषयमा लामो समय लेखे । त्यसैगरी द टाइम्स बिल टिलमेनले पनि यही विषयमा लेखेका छन् ।

सन् १८३२ मा जेम्स प्रिन्सेपको जर्नल अफ द एसियाटिक सोसाइटीमा प्रकाशित लेखमा लेखक बि.एच. हजसनले नेपालको उत्तरी बेल्टको हिमालय क्षेत्रमा हिम मानवको पद चिन्ह देखेको उल्लेख गरेका छन् । यतीको पदचिन्हको तस्बिरका बारेमा लरेन्स वाडेलको पुस्तक अमगं द हिमालयज १८८९  उल्लेख गरेको पाइन्छ ।

२१ औं शताब्दिमा सन् १९२५ मा फोटोग्राफर एन.ए. टोम्बजीले जम्मु ग्लेसिएर नजिक आफूले यस्तो जन्तु देखेको दाबी गरेका थिए । सन् १९५३ मा सगरमाथा आरोहण गर्दा सर एडमण्ट हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पनि यस्ता पदचिन्ह देखेको तेन्जिङले आफ्नो बायोग्राफीमा लेखेका छन् । उनले त आफ्ना बाबुले यस्ता यतीलाई दुई पटक भेटेको दाबी गरेका छन् ।  

सन् १९५४ मार्च १९मा डेली मेलमा स्नोमेन एक्सपिडिसन अभियानका एक अभियन्ता जोन एन्जेलो ज्याक्सलने कञ्चनजंघा आसपासमा यस्तै पदचिन्ह देखेको बताएका छन् । त्यसैगरी द लग वाल्क १९५६ मा प्रकाशित पुस्तकमा स्लावोमिर रविक्जले सन् १९४० मा हिमालय क्षेत्रमा पदयात्रा गर्दा यस्तै एक जीवले आफ्नो यात्रामा अवरोध पुर्याएको उल्लेख गरेका छन् ।

टेली टम स्लिक जो एक अमेरिकी धनाढ्य हुन् । उनको लगानीमा सन् १९५७ देखि Snowman सम्बन्धी सूचनालाई अध्ययन गर्न केही यन्त्रको आविष्कार गर्ने अभियान थाले र १९५९ मा केही यन्त्र आविष्कार गरेका थिए । त्यसकै आधारमा क्रिप्टोलोजिस्ट वर्नाड ह्विलमेन्सले एक अज्ञात जनावर भएको निष्कर्ष निकालेका थिए ।

सन् १९७० मा ब्रिटिस पर्वतारोही डन ह्विलंसले पनि अन्नपूर्ण हिमालयको यात्राका दौरान यस्तै एक जीवलाई देखेको र उसको आवाज पनि सुनेको बताएका थिए । उनले माइ क्वेष्ट फर द यती नामक पुस्तकमा सन् १९८६ मा आफूले यतीसँग साक्षात्कार गरेको उल्लेख गरेका छन् ।

यती एक छल विषयमा आधारित चलचित्र स्नो वाल्कर  सन् १९९६ अप्रिलमा प्रदर्शनमा आएको थियो ।

सने २००४ मा विश्वसनिय जोर्नल नेचर का सम्पादक हेनरी गीले किवंदतीका रूपमा बताइने यतीका विषयमा गहन अध्ययन आवश्यक भएको उल्लेख गरेका छन् ।

सन् २००७मा अमेरीकी टेलिभिजन कार्यक्रम प्रस्तोता जोसुवा गेट्सको एभरेस्ट यात्रा डेस्टिनेसन  ट्रथ  यतीको पद चिन्ह खोज्ने कार्यक्रम बनाएको थियो ।

यती अर्थात् Abominable Snowman यती विषयमा बनेका चलचित्र द स्नो क्रियचर १९५४, The Abominable Snowman १९५७, मन्सर्टस इकं २००१, चर्चित छन् । त्यसैगरी अमेरिकी ब्याण्ड हाइ एण्ड फायरले आफनो दोस्रो एल्बम सराउण्डेड बाइ थिब्समा द यती... गीत समावेश गरेको छ ।

भारतीय सेनाले हालै मात्र सार्वजनिक गरेको उक्त हिम मानव वा यतीका विषयमा भारतीय मानवशास्त्री ए.के. कपुर हिम मानवका विषयमा गहिरो अध्ययन हुनु पर्ने धारणा राख्छन् ।