अफगानिस्तानमा २७४ तालिवान लडाकु मारिए

अफगानिस्तानमा २७४ तालिवान लडाकु मारिए

एजेन्सी  |  विदेश  |  श्रावण २१, २०७८

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ जना तालिवान लडाकु मारिएका छन् । 

देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको र अरू ११९ जना घाइते भएका अधिकारीले जनाएका छन् ।  

विशेष गरेर नान्गार्हार, कान्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् । लडाकुको आश्रयस्थल र उनीहरूले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।

अफगानिस्तानका धेरै शहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकुबीच झडप तथा भीडन्त हुने गरेको छ । 

अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ मानिस पीडित भएका छन् ।