सबरगान शहरलाई कब्जामा लिएको तालिबान समूहको दाबी

सबरगान शहरलाई कब्जामा लिएको तालिबान समूहको दाबी

एजेन्सी  |  विदेश  |  श्रावण २४, २०७८

अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दाबी गरेको छ । अफगानिस्तानको ग्रामीण इलाकामा प्रभाव रहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।

उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी सबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ । यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।

यद्यपि, अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने बताएका छन् । तालिबान समूहले प्रानीय बहरलाई आफ्नो पकडमा ल्याएको घोषणा सरकारी सुरक्षा बलका लागि ठूलो धक्का हो । 

पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लस्कर गाहसहितका प्रमुख शहरहरू पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताए । सरकारले सेनालाई उक्त क्षेत्रमा सशक्त पारेको जनाएको छ ।