मिरिना आँधीको कहर: चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह

मिरिना आँधीको कहर: चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह

एजेन्सी  |  विदेश  |  श्रावण २४, २०७८

देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ ।

चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, 'आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश: लगभग २५ किलोमिटर प्रतिघण्टाका दरले उत्तरपूर्वमा सर्नेछ ।' 

यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा प्रतिघण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १२६ किलोमिटर प्रतिघण्टाको अधिकतम चापले हुरी चल्ने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी दिएका एनएचकेले बताएको छ ।