वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु, ४ जना बेपत्ता

वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु, ४ जना बेपत्ता

एजेन्सी  |  विदेश  |  श्रावण २९, २०७८

चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।  

वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरूमा परी अरू ४ जना अहिले पनि हराइरहेका अधिकारीहरूले जनाएका छन् । 

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरूले शुक्रबार जानकारी दिएका छन् । वर्षाका कारण ८ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले बताएका छन् ।