काबुलबाहेक सबै शहर कब्जा गरेको तालिबानको दाबी

काबुलबाहेक सबै शहर कब्जा गरेको तालिबानको दाबी

एजेन्सी  |  विदेश  |  श्रावण ३१, २०७८

अफगानिस्तानको राजधानी काबुलबाहेकका सबै प्रमुख शहरहरूमाथि तालिबानले कब्जा गरेको दाबी गरेका छन् । अहिले तालिबान तीव्र रूपमा काबुलतर्फ अगाडि बढिरहेको छ ।

आइतबार बिहानै अफगानिस्तानको जलालबादमाथि नियन्त्रण कायम गरेको तालिबानको दाबी छ । यससँगै अफगान सरकारको नियन्त्रणमा रहेको प्रमुख शहर काबुल मात्र भएको बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानमा तनाव चुलिँदै जाँदा अमेरिकाले आफ्ना नागरिकको उद्धारका लागि ५ हजार सैनिक पठाउन लागेको जनाएको छ ।

जलालबादलाई भीडन्तबिना नै तालिबानले आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ । त्यहाँका गभर्नरले तालिबान समक्ष आत्मसमर्पण गरेको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटामा तालिबानले कब्जा जमाएको छ ।