सत्ता हस्तान्तरणबारे तालिबान र अफगान सरकारबीच वार्ता

सत्ता हस्तान्तरणबारे तालिबान र अफगान सरकारबीच वार्ता

एजेन्सी  |  विदेश  |  श्रावण ३१, २०७८

अफगानिस्तानमा सरकार र तालिबान विद्रोहीबीच शन्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा वार्ता भइरहेको छ ।

सरकारविरोधी हमलालाई तीब्र पार्दै आइतबार राजधानी पसेको तालिबानले सत्ता हस्तान्तरणबारे सरकारसँग वार्ता भइरहेको जनाएको हो । यसअघि सरकारले गरेको सत्ता साझेधारीको प्रस्तावलाई तालिबानले अस्वीकार गरेको थियो । आइतबार विभिन्न प्रान्तलाई नियन्त्रण गर्दै काबुल पसेको तालिबानले राजधानी प्रवेश गर्ने सबै नाकामा आफ्ना लडाकु तैनाथ गरेको छ ।  

तालिबानले राजधानी छाड्न चाहने जोसुकैलाई  सुरक्षित ढंगले जान अनुमति दिँदै लडाकुलाई हिंसात्मक आक्रमण नगर्न निर्दैशन दिएको बताएका छन् । तर, काबुलका केही सडकमा गोली र बमका आवाज सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।

तालिबान काबुल प्रवेश गरेपछि अमेरिकाले काबुलस्थित आफ्नो दूताबासबाट कर्मचारीलाई स्वदेश फिर्ता गर्दै छ । त्यस्तै, आफ्ना नागरिक र राजदूतलाई सुरक्षित ढंगले स्वदेश फर्काउन बेलायतले झन्डै ६०० सेना परिचालन गरेको छ ।