कोरोना कहर र विकराल भविष्यको अनुमान: यसो भएमा जबाफ कसले दिनेछ ?

कोरोना कहर र विकराल भविष्यको अनुमान: यसो भएमा जबाफ कसले दिनेछ ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  श्रावण ३२, २०७८

आज १६ अगस्ट अर्थात् साउन महिनाको ३२ गतेसम्म नेपाल र भारतको कोरोनामिटर यस प्रकार देखिन्छ:  

भारत:

आजसम्म कुल संक्रमित: ७,३५,७२३ (कुल जनसंख्याको २.४५ प्रतिशत)
संक्रमणमुक्त हुने संख्या: ६,८५,१४० (निको हुनेको प्रतिशत ९३.१२)
कोरोनाबाट मृत्यु हुनेको संख्या: १०,३२७ (मृत्यु दर प्रतिशत १.४०)
भारतमा कुल सक्रिय संक्रमित संख्या: ४०,२५६ ( सक्रिय संक्रमित प्रतिशत ५.४८)
सक्रिय संक्रमितमध्ये गम्भीर बिरामी: ९९२ (संक्रमितमध्ये प्रतिशत २.४६)

भारतमा दैनिक देखिने नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छ । गत २४ घन्टामा त्यहाँ ३२ हजार ९३७ जना नयाँ संक्रमित आएका छन् । यसमध्ये आधाभन्दा बढी संख्या अर्थात् १८ हजार ५८२ जना केरला राज्यमा छन् । 

महाराष्ट्रमा ४ हजार ७९७, तमिलनाडुमा  १ हजार ८९६ , आन्ध्र प्रदेशमा १ हजार ५०६, कर्नाटकमा १ हजार ४३१, उडिसामा १ हजार ५८ जना नयाँ संक्रमित भेटिएका छन् ।  

नेपालसँग सिमाना जोडिएको बिहारमा नयाँ २८ जना संक्रमित देखिएर त्यहाँ सक्रिय संक्रमितको संख्या जम्मा २४१, उत्तर प्रदेशमा नयाँ ३० जना देखिएर सक्रिय संक्रमितको संख्या ४३९, उत्तराखण्डमा नयाँ संक्रमित १६ जना देखिएर सक्रिय संक्रमितको संख्या जम्मा ३८० जना रहेको छ । यसै अवधिमा उत्तर प्रदेशमा १ जना, बिहारमा शून्य र उत्तराखण्डमा मृतक संख्या शून्य रहेको छ ।

नेपाल:

१५ अगस्ट वा ३१ साउनसम्मको तथ्यांक:

हिजोसम्म कुल संक्रमित संख्या: ७,३२,२७२ (कुल जनसंख्याको २.४४ प्रतिशत)
संक्रमणमुक्त हुनेको संख्या: ६,८२,६८२ (निको हुनेको प्रतिशत ९३.२४)
मृत्यु हुनेको संख्या: १०,२९२ (मृत्यु दर प्रतिशत १.४०)
नेपालमा कुल सक्रिय संक्रमित संख्या: ३९,२९८ ( सक्रिय संक्रमित प्रतिशत ५.३६)
गम्भीर बिरामीको संख्या: ९५१ (संक्रमितमध्ये प्रतिशत २.४१)

अन्तिम दिनको उपलब्ध तथ्यांकअनुसार भारतको तुलनामा नेपालको स्थिति विकराल छ । नेपालमा हुने दैनिक पीसीआर परीक्षणमा एकरूपता छैन । कुनै दिन यो संख्या १७–१८ हजार हुन्छ भने कुनै दिन १२ –१३ हजारमा सीमित हुन आउँछ । सरदर नेपालमा संक्रमण दर २५ प्रतिशतको हाराहारीमा रहेको छ । 

३१ साउनको तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेको छ । सबैभन्दा अन्तिम दिनको तथ्यांकअनुसार मृतक संख्या ३३ जना रहेको थियो ।  सक्रिय संक्रमितमध्ये ९५१ जनाको अवस्था गम्भीर छ, उनीहरू आईसीयूमा उपचाररत छन् ।

दुवै देशको तुलना गर्दा भारतमा कोरोना संक्रमण भएर  संक्रमणमुक्त हुनेको प्रतिशत नेपालभन्दा उच्च रहेको छ ।  भारतको ९७.४९ प्रतिशतको तुलनामा नेपालमा यो ९३.२४ प्रतिशत रहेको छ । भारतमा मृत्यु दर १.३३ प्रतिशत छ भने नेपालको मृत्यु दर १.४० प्रतिशत रहेको छ । भारतमा सक्रिय संक्रमितको प्रतिशत १.१८ प्रतिशत रहँदा नेपालमा यसको प्रतिशत ५.३६ रहेको छ ।

सक्रिय संक्रमितमध्ये गम्भीर बिरामीको प्रतिशत भारतमा २.३ हुँदा नेपालमा यो २.४ प्रतिशत कायम रहेको छ । भारतमा अहिले नयाँ संक्रमित देखिने क्रममा ह्रास आउँदै गएको देखिन्छ भने नेपालमा यो बढ्दो क्रममा छ । यसको सोझै अर्थ हो, नेपालमा कोरोनाको कहरले अहिलेसम्मको तुलनामा अझै बढी विनासलीला देखाउन सक्छ ।

कारण स्पष्ट छ, नेपालमा कुल संक्रमितमध्ये सक्रिय संक्रमित संख्या उच्च रहेको छ । सक्रिय संक्रमितमध्ये गम्भीर अवस्थाको प्रतिशत २.४ अर्थात् अहिलेसम्मको मृत्यु दरभन्दा बढी रहेको छ ।

एउटा गजब र विचित्रको संयोग भनौँ कि के भनौँ, भारतमा ५० करोड जनाभन्दा बढीलाई खोप लगाइसकिएको छ । नेपालमा पनि ७५ लाख जनालाई खोप लगाइसकिएको छ । तर, दुवै देशमा सक्रिय संक्रमितमध्ये संक्रमण गम्भीर अवस्थामा भई आईसीयू र भेन्टिलेटर सपोर्ट चाहिनेको प्रतिशत झण्डैझण्डै उस्तै रहेको छ ।  भारतमा यो प्रतिशत २.३ एवं नेपालमा २.४ रहेको छ ।  

अहिले भ्याक्सिनको बारेमा चासो राख्दा अथवा कुनै प्रश्न अथवा जिज्ञासा राख्दा समाजविरोधी हुने डर छ । ज्यानै जोखिममा पर्ने डर हुन्छ । तर, अबको ६ महिनापछि पनि विश्व्यापी रूपमा ( विश्वभर व्यापक खोप लगाएपछि पनि) कोरोना संक्रमणबाट हुने मृत्यु दर उस्तैउस्तै देखिन आयो भने जुन अहिले विश्व स्तरमा  २.१० प्रतिशत कायम छ (खोप नआउँदा पनि वैश्विक तथ्यांक यति नै थियो )। अर्बौं जनसंख्याले खोप लगाएपछि पनि यही दर कायम रह्यो भने कुनै लाटोले पनि यो के हो भनी सोध्न सक्छ कि सक्दैन ?

गम्भीर अवस्थाको संक्रमित प्रतिशतले यही देखाउँछ कि कोरोनाबाट हुने मृत्यु दर उस्तैउस्तै रहन सक्छ । अर्बौंको भ्याक्सिन (जुनसुकै देशको)को उपयोगिताबारे त्यसबेला कुन निकायले जबाफ दिन्छ होला ?