अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

रासस  |  समाचार  |  भदौ २, २०७८

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरू आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । 

अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरूलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 'उनीहर"लाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइनेछ', उनले भने ।

मंगलबार २ चरणमा गरी २०५ जनालई काठमाडौं ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राती ८७ नेपाली स्वदेश फर्किएका थिए ।