आर्सनलविरुद्ध चेल्सी: उत्तर पश्चिम लण्डन डर्बीका ५ सर्वाधिक गोलकर्ता

आर्सनलविरुद्ध चेल्सी: उत्तर पश्चिम लण्डन डर्बीका ५ सर्वाधिक गोलकर्ता

एजेन्सी  |  खेलकुद  |  भदौ ३, २०७८

इंग्लिस प्रिमियर लिगको उत्तर पश्चिम लण्डन डर्बीलाई २ महारथी क्बलहरूको बीचको प्रतिस्पर्धाको रूपमा हेरिन्छ । इमिरेट्स मैदानमा आइतबार यस सिजनको उत्तर पश्चिम लण्डन डर्बीमा २ टोली पहिलो पटक आमने सामने हुँदै छन् ।

दुवै क्लबले प्रिमियर लिगमा एक-एक खेल खेल्दै अन्तिम साता आफ्नो अभियान सुरु गरिसकेका छन् । आफ्नो उडान सुरु गर्ने क्रममा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध ३-० को जीत हात पारिसकेको छ ।

माइकल अर्टेटाको आर्सनलले आश्चर्यजनक रूपमा खराब नतिजा भोग्नुपर्‍यो । आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्ड सिटीसँग २-० गोल अन्तरले स्तब्ध रह्यो । यता, ब्रेन्टफोर्ट सिटी भने ७४ वर्षपछि टप फाइटमा उत्रिएको थियो ।

पहिलो खेलमै ठोस सुरुवात गरेको चेल्सीले यात्रा अगाडि बढाउन नयाँ सम्झौता गरेको छ । त्यो हो- पूर्वखेलाडी रोमेलु लुकाकु । पुरानो क्लब फर्कँदा अट्याकर लुकाकुले क्लबको रेकर्डमा नाम नै लेखाए । उनी ९७.५ पाउण्डमा स्टामफोर्ड ब्रिज पुगेका हुन् । लुकाकु आइतबारको खेलको हिस्सासमेत बन्न सक्छन् ।

आर्सनलविरुद्ध चेल्सी, प्रिमियर लिगको लागि ‘ब्लक बस्टर’ तालिका हो । यी २ को भिडन्तमा सधैँ ‘हाई स्कोर’ निस्कने गर्छ ।

डिडियर ड्रोग्वा उत्तर पश्चिम लण्डनका सबैभन्दा घातक फिनिसर हुन् । उनले १५ डर्बी क्यापमा १३ गोल गरेका छन् । यी पूर्वआइभरी कोष्टका अन्तर्राष्ट्रिय खेलाडीलाई आर्सनलका लिजेण्ड तथा सदाबहार सर्वाधिक गोलकर्ता थेयरी हेन्रीले पछ्याएका छन् ।

उत्तर पश्चिम लण्डनको खेलमा २० क्याप जितेका हेन्रीले १० गोल गरेका छन् । फ्रान्सका अन्तर्राष्ट्रिय स्टार हेन्री आर्सनलमा सन् १९९९ देखि २००७ सम्म रहे ।

लान राइट लण्डन डर्बीमा सर्वाधिक गोल गर्नेमा तेस्रो नम्बरमा पर्छन् । आर्सनलका यी खेलाडीले १६ क्याप जित्दा ९ गोल गरेका थिए । इंग्लाण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी लानले आर्सनलबाट सन् १९९१ देखि १९९८ सम्म खेले ।

पूर्व चेल्सी स्टार खेलाडी इडेन हाजार्ड पनि अन्तिम ५ मा रहन्छन् । हाल स्पेनिस पावर हाउस रियल म्याड्रिडमा रहेका हाजार्डले १९ क्याप जित्दै ५ गोल गरेका छन् । हाजार्डले चेल्सीमा ७ वर्ष खेले ।

उत्तर पश्चिम लण्डन डर्बीमा सर्वाधिक पाँचौँ गोल गर्ने अन्तिम खेलाडी हुन् थियो वाल्कोट । उनले २५ क्याप जित्दा ५ गोल गरेका छन् । सन् २००६ देखि २०१८ सम्म इंग्ल्याण्ड अन्तर्राष्ट्रिय खेलाडी वाल्कोट लण्डन रहे ।

उत्तर पश्चिम लण्डन डर्बीका सर्वाधिक ५ गोलकर्ता :

१     डिडियर ड्रोग्वा  - चेल्सी (क्लब) -  १३      (गोल)    -    १५ (खेल)

२     थियरी हेन्री  -  आर्सनल  -    १०   (गोल)    -    २० (खेल)

३     लान राइट     -  आर्सनल    -   ९      (गोल)   -   १६ (खेल)

४     इडेन हाजार्ड  -       चेल्सी  -    ७  (गोल)     -    १९  (खेल)

५     थियो वाल्कोट   -  आर्सनल -     ६   (गोल) -     २५  (खेल)