आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले विश्वकप खेल्ने

आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले विश्वकप खेल्ने

एजेन्सी  |  खेलकुद  |  भदौ ३, २०७८

यूएई र ओमानले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी- ट्वान्टी विश्वकपको लागि अस्ट्रेलियन क्रिकेट टोलीको घोषणा भएको छ । १७ अक्टोबरदेखि सुरु हुने विश्वकपको लागि अस्ट्रेलियाले घुँडाको चोटबाट फर्किएका आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

फिन्चको कप्तानी टोलीमा डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कोस स्टोनिस, प्याट कमिन्स, केन रिचर्डसन जस्ता अनुभवी खेलाडी रहेका छन् । 

अस्ट्रेलियाले विश्वकप अघि अफगानिस्तान र वेष्ट इण्डिजसँग वार्म अप म्याच खेल्ने तयारी गरेको छ । २ समूहमा विभाजन गरिएको सुपर १२ विश्वकपमा अस्ट्रेलिया समूह 'ए'मा रहेको छ । अस्ट्रेलियाले २३ अक्टोबरमा दक्षिण अफ्रिकासँग खेल्दै टी- ट्वान्टी विश्वकप सुरुवात गर्नेछ । 

यस समूहमा अस्ट्रेलियासहित इङ्ग्ल्याण्ड, साउथ अफ्रिका र वेष्ट इण्डिज रहेका छन् भने २ टोली थप हुनेछन् । प्रतियोगिताको फाइनल खेल १४ नोभेम्बरमा हुनेछ । 

अस्ट्रेलियाले घोषणा गरेको टिम 

अस्ट्रेलियाको टिममा आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याग्स्वेल, मिचल मार्स,  म्याथ्यु वेड,  एस्टन अगर, प्याट कमिन्स, मिचल स्टार्क, केन रिचर्डसन, एडम जाम्पा,  जोस हाजलउड, मार्कोस स्टोनिस, मिचेल स्विप्सन र जोस इङ्ग्लिस रहेका छन् । 

यस्तै, रिजर्भ खेलाडीमा डेनिल क्रिष्टियन, नाथन एलिस र डेनियल साम्स रहेका छन् ।