अफगानिस्तानबारे चासो: जी-७ राष्ट्रका नेताको बैठक बस्दै

अफगानिस्तानबारे चासो: जी-७ राष्ट्रका नेताको बैठक बस्दै

एजेन्सी  |  विदेश  |  भदौ ७, २०७८

अफगानिस्तानको संकटबारे जी-७ राष्ट्र समूहका नेताहरूले छलफल गर्ने भएका छन् । अफगानिस्तानबारे भावी रणनीति तय गर्ने उद्देश्यले जी-७ राष्ट्रका नेताहरूबीच मंगलबार छलफल हुन लागेको हो । 

अफगानिस्तानमा रहेका विभिन्न देशका व्यक्तिलाई सुरक्षित ढंगले स्वदेश फर्काउने र मानवीय सकंट रोक्नेबारेमा वैठक केन्द्रित हुने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री जोनसनबीच छलफल हुनेछ । जी-७ राष्ट्र समूहअन्तर्गत बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका छन् । बेलायत अहिले समूहको अध्यक्ष हो । 

बैठकपछि बिहीबार जी-७ का विदेशमन्त्रीहरूले राजधानी काबुल छोड्न चाहने व्यक्तिलाई निर्बाध ढंगले अनुमति दिन तालिबानसँग अनुरोध गर्नेछन् ।