टिकटक बनाउँदा एक युवतीको ज्यान गयो

टिकटक बनाउँदा एक युवतीको ज्यान गयो

न्युज कारखाना  |  समाज  |  भदौ ८, २०७८

टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको ९ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौँ तलाबाट खसेकी हुन् ।

कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो । 

अपार्टमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे ७ बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्बीरका लागि पोज दिँदा उनी खसेकी थिइन् । 

पछिल्लो समय टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न खतरनाक पोजमा तस्बीर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ । अनौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरूको भनाइ छ । यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्यान गएको थियो ।