उपत्यकामा राति ८ बजेपछि पनि सवारी संचालन गर्न पाइने

उपत्यकामा राति ८ बजेपछि पनि सवारी संचालन गर्न पाइने

रासस  |  स्वास्थ्य  |  भदौ ८, २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी  साधन संचालनमा लगाइएको रोक हटाएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन संचालनमा यसअघि व्यवस्था गरिएको ८ बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारी साधन संचालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए । 

उनले साविकबमोजिमको १६ भदौसम्म कोभिड- १९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताए । २८ साउनदेखि ८ भदौसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधनबाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।