माधव नेपालसँगै महन्थ ठाकुर पनि पुगे निर्वाचन आयोग

माधव नेपालसँगै महन्थ ठाकुर पनि पुगे निर्वाचन आयोग

न्युज कारखाना  |  समाचार  |  भदौ ९, २०७८

जनता समाजवादी पार्टीबाट अलग्गिएका महन्थ ठाकुर खेमाका नेताहरू पनि नयाँ दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव खेमाले पाएपछि ठाकुर खेमाले लाेकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । 

दल दर्ता प्रक्रियाका लागि बुधबार आयोगले सनाखत गर्न ठाकुर खेमाका नेताहरूलाई बोलाएको हो । सोही कारण अहिले प्रस्तावित लोसपाका नेताहरू सनाखत गर्न आयोगको कार्यालयमा पुगेका छन् । 

यसैबीच एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनीहरू पनि अहिले सनाखतका लागि आयोगमा पुगेका छन् ।