माधव खेमाका ५४ जना नेताको हस्ताक्षर प्रमाणीकरण, काफ्ले निर्वाचन आयोग गएनन्

माधव खेमाका ५४ जना नेताको हस्ताक्षर प्रमाणीकरण, काफ्ले निर्वाचन आयोग गएनन्

न्युज कारखाना  |  समाचार  |  भदौ ९, २०७८

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्यमध्ये ५४ जनाको मात्र हस्ताक्षर प्रमाणीकरण भएको छ ।

निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार बुधवार निर्वाचन आयोग गएकामध्ये ४ जनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन । आयोगमा गत साता बुझाएको सूचीमा हस्ताक्षर गरेका नेताहरूमध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा अनुपस्थित भएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन गरी नेकपा (एस) गठन गरे पनि नेपालका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन । सुरुको सूचीमा हस्ताक्षर नगरेका कारण उनीहरूले हस्ताक्षर गर्न नपाएका हुन् ।