खनालको हस्ताक्षर प्रमाणीकरण, २०५ मध्ये माधव खेमामा ५५ केन्द्रीय सदस्य खुले

खनालको हस्ताक्षर प्रमाणीकरण, २०५ मध्ये माधव खेमामा ५५ केन्द्रीय सदस्य खुले

न्युज कारखाना  |  समाचार  |  भदौ ९, २०७८

सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत् अडानबाट निर्वाचन आयोग पछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

दिल्लीमा उपचाररत बरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासवाट मञ्जुरीनामा पठाए पनि नमान्ने अडान राखिरहेको आयोगले अन्ततः मञ्जुरीनामालाई स्वीकार गर्दै उनको हस्ताक्षर प्रमाणीकरण गरिदिएको हो ।

खनालको हस्ताक्षर प्रमाणीकरणसँगै माधव नेपाल खेमामा नेकपा एमालेका २०३ जनामध्ये नेपाल खेमामा ५५ जना औपचारिक रूपमा खुलेका छन् । एमाले परित्याग गरेर माधव खेमामा लागे पनि सोमप्रसाद पाण्डे र माया ज्ञवालीको भने हस्ताक्षर प्रमाणीकरण हुन सकेन ।

सुरुमा नै माधव खेमाबाट आयोगलाई हस्ताक्षर बुझाएका केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा नै पुगेनन् । उनीसँग सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ छ ।