मुख्यमन्त्री नबन्दै भीम आचार्यलाई भ्रातृशोक, भाइ रामप्रसाद मृत फेला

मुख्यमन्त्री नबन्दै भीम आचार्यलाई भ्रातृशोक, भाइ रामप्रसाद मृत फेला

न्युज कारखाना  |  समाचार  |  भदौ १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको छ । मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा बिहीबार सर्वसम्मत चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको हो ।

आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामप्रसाद आफ्नै कोठमा मृत भेटिएका हुन् । कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अवस्थामा उनको शव भेटिएको हो । 

भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेतामा चयन गरिएकै दिन भाइ रामप्रसाद मृत फेला परेका हुन् । घटनास्थलमा मृतकका आफन्तहरू आउने क्रममा रहेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

घरमा श्रीमती र आचार्य बस्ने गरेका थिए । श्रीमतीसमेत अलग कोठामा सुत्ने गरेको प्रहरीले जनाएको छ ।