भरतमणि कमेडी च्याम्पियनको फाइनलमा

भरतमणि कमेडी च्याम्पियनको फाइनलमा

न्युज कारखाना  |  लोकरञ्जन  |  भदौ १३, २०७८

ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन- २’ को पहिलो फाइनलिस्ट बनेका छन् । 

शनिबार राती प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह गरेका छन् ।

कमेडी च्याम्पियन सिजन- २ को सुरुवातदेखि नै भरतमणि निकै चर्चामा आएका छन् । एमाले नेता गोकुल बाँस्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चामा आएका भरतमणिले शनिबार राती पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएका थिए, जसलाई धेरैले मनपराएका छन् ।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो, जुन ट्रेन्डिङको १४ नम्बरमा परेको थियो । भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मनपराएका छन् ।