प्रधानमन्त्री भेट्न बालुवाटारमा प्रचण्ड र माधव नेपाल

प्रधानमन्त्री भेट्न बालुवाटारमा प्रचण्ड र माधव नेपाल

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान देउवा, प्रचण्ड र नेपालबीच मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ । 

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारुढ गठबन्धनकै आलोचना भइरहेका बेला उनीहरूबीच छलफल भएको हो । शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएकाे थियाे ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टीले मन्त्री बन्ने नेताहरूको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भएको नेताहरूकाे भनाइ छ ।