भोलि स्वदेश फर्किंदै झलनाथ खनाल

भोलि स्वदेश फर्किंदै झलनाथ खनाल

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किंदै छन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल भोलि अपराह्न स्वदेश फर्किन लागेका हुन् । 

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

मुलुकमा एमालेभित्रको चरम शक्ति संघर्षका बेला उपचारमा रहेका खनाल माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य हुन् । नेपाल आइपुगेलगत्तै उनले निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ताका लागि गरेको सनाखतमा हस्ताक्षर गर्नेछन् ।