ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्‍यौँ : माधव नेपाल

ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्‍यौँ : माधव नेपाल
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूहरूले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । 

एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेपछि पहिलो पटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात् नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताए । 

पार्टीभित्र पक्षपात गर्ने ओलीले बैठकहरुमा बोल्नसमेत नदिएको नेपालको भनाइ छ । पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद विघटन गरेर पार्टी एकतालाई भाँडेको अध्यक्ष नेपालको आरोप छ ।