माधव नेपालले ओलीलाई भने: 'महालेखाको प्रतिवेदन पढ्नुहोस्'

माधव नेपालले ओलीलाई भने: 'महालेखाको प्रतिवेदन पढ्नुहोस्'

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन् । 

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन् । 

ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको घटना धेरै भएको आरोप लगाएका नेपालले हालै सार्वजनिक महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले सबै छर्लङ्ग पारेको बताए । 

‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटि पढे हुन्छ नि !’, अध्यक्ष नेपालले भने ।