नेकपा (एस)ले कुनै पार्टीसँग एकता नगर्ने

नेकपा (एस)ले कुनै पार्टीसँग एकता नगर्ने
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । 

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरूले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । 

पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए । 

आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए । राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताएका उनले बाह्य मुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए । 

वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।