एकीकृत समाजवादी संसदीय दलका नेतामा माधव नेपाल सर्वसम्मत

एकीकृत समाजवादी संसदीय दलका नेतामा माधव नेपाल सर्वसम्मत
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन)को ह्लोत्से हलमा बसेको आज अपराह्न बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको हो ।  

कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा (एस)सँग संघीय संसदमा ३० जना सांसद छन् । नेपाल नेतृत्वको नेकपा (एस)ले गत ९ भदौमा दलको मान्यता प्राप्त गरेको थियो ।