जनतामाथिको खेल‍बाड: झूटा आश्वासनमा भुल्ने होइन, आफ्नै नेतासँग जबाफ माग्ने युवाको खाजी

जनतामाथिको खेल‍बाड: झूटा आश्वासनमा भुल्ने होइन, आफ्नै नेतासँग जबाफ माग्ने युवाको खाजी

पूर्ण ओली  |  दृष्टिकोण  |  भदौ १३, २०७८

७८ वर्षीय जनवादी गायक जुुठबहादुुर खड्गी (जेबी टुुहुुरे)को निधन भएको छ । जेबी टुुहुुरेका जनताका मन छुुने मर्मस्पर्शी गीतले तात्कालीन युुवाहरूलाई कम्युुनिस्टमा आकर्षित गराउन ठूलो मद्दत पुुगेको थियो । यस्ता कलाकारहरूलाई कम्युुनिस्टले आफ्नो प्रचारप्रसार र जनतालाई बामपन्थी धारमा आकर्षण गर्न प्रयोग गरेका थिए ।

उनीहरूलाई पार्टीको सांस्कृतिक फाँटमा राख्ने गरेका थिए । पहिला लुुकिछिपी प्रगतिशील गीत गाउने बाध्यता भए पनि बहुुदलीय व्यवस्था आएपछि खुुलेर आमसभाहरूमा पार्टीका कार्यक्रममा यस्ता लोकप्रिय कलाकारको उपयोग गरिन्थ्यो । 

लोकप्रिय बामपन्थी नेता मदन भण्डारीको भाषण अगाडि तात्कालीन हास्य कलाकार साम्दे शेर्पालाई केही प्यारोडीहरू भन्न लगाएर दर्शकलाई हँसाउने गरिन्थ्यो । अहिले धेरै वर्ष भयो, साम्दे शेर्पा गायब छन् । कसैबाट उनको खोजीनीति भएको पाइँदैन । 

जेबी टुुहुुरे आधा शताब्दी एमालेको जनसांस्कृतिक मंचका अगुुवा कलाकार भएर पनि पछि उनी माओवादीमा  जोडिएका थिए । मञ्जुल, राल्फाका कलाकारले एमाले पार्टीमा बसेर पार्टीको लोकप्रियता बढाउन धेरै मद्दत पुुर्‍याए । तर, उनीहरू पनि अहिले ओझेलमा परेका छन् । 

कम्युुनिस्ट नेताहरूको उद्देश्य जसरी हुुन्छ, आफ्नो वरिपरि जनतालाई गोलबद्ध गराउनुु मात्र देखियो । युुवाहरूको हित र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भनेर गंभीर भएर त्यसतर्फ नीति, योजना र कार्यक्रम ल्याएर कार्यान्वयन गरेको पाइएन । 

अझै पनि भावनामा बगेर, गीत र नाचमा रमेर झूटा आश्वासनमा भुुल्ने युुवाहरू होइन, गलत गर्ने आफ्ना दलका नेताका विरुद्ध तार्किक जबाफ दिन सक्ने सशक्त विचारसहितका इमान्दार युुवाहरूको देशमा खाँचो छ नकि झोले र दास प्रवृत्तिका दलालहरू ।

यसरी कलाकारको दुुरूपयोग मात्र गरिएन, गरिबका पक्षमा ठूलाठूला आश्वासनहरू बाँडिए । हरेक निर्वाचन अगाडि जनताका हकहितका विषयमा ठूला एजेण्डाहरू देखाइन्थे । निर्वाचनमा गएर चुुनाव जित्नासाथ उनीहरू फर्केर गाउँ नजाने मात्र होइन, जनताका आधारभूत आवश्यकतामा समेत ध्यान दिन छाडियो । उनीहरूको उद्देश्य कसरी हुुन्छ, छोटो समयमा अकुुत सम्पति कमाउनुु र आउँदो निर्वाचनका लागि  अत्यधिक रकम जम्मा गर्नुु मात्र भयो । यसका लागि दलाल र तस्कर प्रवृत्तिका मानिसहरूको काम गरिदिने तथा त्यस्ता निजी उद्योगहरूलाई स्वीकृति दिने गरियो, जसमा केही व्यापारीको हित हुुने र आफूलाई कमिसन आउने हुुन्छ ।  

यदि  नेताले जनताको हित चाहने हो भने आफूलाई समर्थन गरेका जनताका काममा सहयोग पुुर्‍याउन, कार्यकर्तालाई सामूहिक रूपमा आधुुनिक किसिमबाट व्यावसायिक कृषि तथा पशुुपालन गराउन तथा उद्योगहरूमा लाग्न प्रोत्साहन गर्न सकिन्थ्यो  । त्यस्तै, सिपमूलक तालिमहरू दिएर स्वरोजगार गर्न बल पुुर्‍याइन्थ्यो । 

अहिले अत्यधिक युुवा बेरोजगार भएर विदेशिएका छन् तर नेपालमा युुवाहरूको कमी भएर उद्योगहरूले श्रमिक पाउन सक्दैनन् । युुवाहरू तथा सिँचाइको अभावमा गाउँका खेतबारी बाँझै छन् । गाउँघरमा बूढाबूुढी र केटाकेटी मात्र छन् । दलहरूले कार्यकर्ताको उपयोग गर्दै त्यस्ता किसानका घरमा गएर खेती गर्न सघाउने, तरकारी खेती र पशुुपालनमा आधुुनिक तरिकाबाट कार्यक्रमहरू लैजाने कार्यहरू गर्न किन प्रयास गर्दैनन् ? अर्थात् उनीहरूलाई स्वरोजगार बनाएर आत्मनिर्भर किन बनाइँदैन ? 

बेरोजगार युुवाहरू नै पार्टीका अन्धभक्त हुुने हुुनाले उनीहरूलाई मीठा आश्वासनमा मात्र भुुलाइरहेका छन् ।  नेताहरू युुवा कार्यकर्ताहरूलाई आफ्ना ‘यस म्यान’ बनाएर चिउरा, मासुु खुुवाएर जुुलुस, आमसभामा दुुरूपयोग गर्छन् । त्यसैको परिणाम आज जनता र देशले भोगिरहेका छन् । 

अहिले केही कलाकारले यिनै भ्रष्ट नेताका विरुद्धमा प्रशस्तै प्यारोडी बनाएर गीत गाउन थालेका छन् । जनतालाई सचेत बनाउन फेरि पनि कलाकारकै उपयोग भइरहेको छ । 
    
जसरी जेबी टुुहुरेहरूले पार्टीका लागि पूरा जीवन सिध्याए, कति युुवाहरूले यी पार्टीका संगठन बढाउन जीवन उत्सर्ग गरेर मद्दत पुुर्‍याए । आज उनीहरूको लगानीको प्रतिफल पाउने तिनै २-४ जना टाउके धूर्त नेताहरू मात्र भएका छन् । बाँकी कोही झोले कार्यकर्ता भएका छन् भने लाखौँ युुवाहरू खाडीमा गएर आफ्नो अमूल्य जवानी, श्रम र ऊर्जा समाप्त पारिरहेका छन् । 

नेताहरूले जनताका भावनामा मात्र खेलिरहे । अहिले नेताहरू को लामो समयसम्म पदमा बसेर पैसा कमाउने भनेर प्रतिस्पर्धा छ । शासन शक्तिमा बसेर आफ्ना आसेपासेलाई कमाउने ठाउँमा राखेर भविष्यमा चुुनाव जित्ने बनाउने भन्ने प्रतिस्पर्धामा लागेका नेताहरू आपसमै झैझगडामा रुमल्लिइरहेका छन् । यही सत्ताको प्रतिस्पर्धा, रिसइवी र अहंकारले नेपालको विशाल पार्टी नेकपा (एमाले) चोइटिएर गएको छ । 

दोस्रो तहका नेताको अथक प्रयासका बाबजुुद पनि एमालेमा लगातार नेतृत्वमा बसेका माधवकुुमार नेपाल केही नेतालाई लिएर अलग पार्टी बनाएर हिँडेका छन् । यसले गर्दा माकुुनेलाई पार्टी अध्यक्ष केपी ओलीसँगको रिसइवी साँध्न पाएकामा खुुसी लागेको होला । तर, समग्र पार्टी कार्यकर्ता र समर्थकहरूको मन दुुखेको छ । 

यसले गर्दा भविष्यमा फेरि पनि कम्युुनिस्टले बहुुमत ल्याउने संभावना अत्यन्त न्यून भएको छ । त्यस कारण अब यी पुुराना नेताबाट हामीले सुुशासन र विकासको आशा नगरौँ । उनीहरूको सट्टामा नयाँ जोशिला राष्ट्रभक्त युुवाहरू अघि आउनुुपर्छ । उनीहरूले सुुशासनसहित स्वदेशमै बसेर रोजगारी पाउने गरी व्यावसायिक कृषि तथा पशुुपालन, पर्यटन, जडिबुुटीलगायतका नेपाली कच्चा पदार्थमा आधारित  उद्योगहरू खोलेर जनताको जीवनस्तर उठाउने कोसिस गर्नेछन् । 

अझै पनि भावनामा बगेर, गीत र नाचमा रमेर झूटा आश्वासनमा भुुल्ने युुवाहरू होइन, गलत गर्ने आफ्ना दलका नेताका विरुद्ध तार्किक जबाफ दिन सक्ने सशक्त विचारसहितका इमान्दार युुवाहरूको देशमा खाँचो छ नकि झोले र दास प्रवृत्तिका दलालहरू ।