एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने (विज्ञप्तिसहित)

एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने (विज्ञप्तिसहित)

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो ।

नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो ।