प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

प्रदेश २ सरकारका २ जना मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहाकारीमन्त्रीको जिम्मेवारी दिएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहाकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ । जिम्मेवारी हेरफेरप्रति विजय यादवले भने असन्तुष्टि जनाएका छन् । 

प्रदेश सरकारको कामकारबाहीलाई चुस्त दुरुस्त बनाउन मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको निर्वतमान आन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।