बालुवाटारमा सत्तारुढ गठबन्धनबीच सरकार संचालनबारे छलफल

बालुवाटारमा सत्तारुढ गठबन्धनबीच सरकार संचालनबारे छलफल

न्युज कारखाना  |  समाचार  |  भदौ १४, २०७८

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रित भएको बताइएको छ । 

 बैठकमा सरकारले गर्ने कार्यबारे र मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुनेछ ।

सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी बैठकमा सरकारलाई पूर्णता दिनेसँगै समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।